विश्वविद्यालयद्धारा स्यानिटाइजर उत्पादन शुरु
नेपालबहस संवाददाता
बैशाख १५, २०७७ सोमबार २३:९:५
१५ वैशाख, काठमाडौं । कर्णाली प्रदेशस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्यानिटाइजर उत्पादन शुरु गरेको छ । विश्वविद्यालयअन्तर्गत विज्ञान तथा प्राविधिक सङ्काय केन्द्रीय क्याम्पसले स्यानिटाइजर उत्पादन शुरु गरेको हो । “अहिले सानोस्तरमा मेसिनबाट दैनिक ६० एमएलका ७३० बोत्तल उत्पादन भइरहेको छ”, विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा नन्दबहादुर सिंहले भने, “विश्वविद्यालयलाई उत्पादनसँग जोड्दै जाने योजनाअनुरुप पहिलो चरणमा स्यानिटाइजर उत्पादन शुरु गरिएको हो ।” निकट भविष्यमा नै त्यसलाई आइएसओ सर्टिफाइड गर्ने र बजारमा पठाउने उनले बताए ।
“यसका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयसँग सहकार्य भइरहेको छ”, उनले भने, “हाल विश्वविद्यालयले रु एक लाख लगानी गरेर स्यानिटाइजर उत्पादन गरिरहेको छ ।” विश्वविद्यालय व्यवस्थापन सङ्कायले व्यवस्थापन गर्ने र विज्ञान तथा प्रविधि सङ्कायले उत्पादन गर्ने योजनाअनुसार थप कार्ययोजना बनाई अघि बढेको उपकुलपति प्रा डा सिंहले बताए । “शिक्षालाई सीपसँग जोड्ने र उक्त सीपलाई उत्पादनसँग जोड्ने अभियानमा छौ”, उनले भने, “यसबाट हामी आर्थिक वृद्धि गर्ने गरी अघि बढ्ने योजनासमेत बनाएका छौँ ।”
“आमनागरिकलाई त्रसित बनाइरहेको कोरोनाविरुद्ध लड्न स्यानिटाइजरमा आमनागरिकको सहज पहुँच अभाव देखिएकाले त्यही अभावलाई पूर्ति गर्न यसको उत्पादनमा लागेका हौँ”, उनले भने, “विश्वविद्यालयलाई उत्पादनसँग जोड्नका लागि यसले महत्वपूर्ण भूमिका खेल्नेछ ।” विश्वविद्यालयलाई सर्टिफिकेट प्रदान गर्ने मात्रै नभई आत्मनिर्भर बन्नका लागि आवश्यक पर्ने सीपयुक्त दक्ष जनशक्ति निर्माण गर्ने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
सर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
श्रीलङ्काको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने केन्द्रीय बैंकको प्रक्षेपण
पुष ६, २०८१ शनिबार
पावर प्लेमा जनकपुरको जादु, जनकपुरका दुई खेलाडी भए आऊट
पुष ६, २०८१ शनिबार