लकडाउनका बेला सनराइज बैंकद्धारा विशेष सुविधा अब घरबाटै निक्षेप खाता खोल्न सकिने
नेपालबहस संवाददाता
बैशाख १६, २०७७ मंगलबार १६:४५:३०
१६ वैशाख, काठमाडौं । सनराइज बैंकले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि बन्दाबन्दीको अवस्थामा आफ्ना ग्राहकलाई डिजिटल बैंकिङ् प्रयोग गर्न प्रोत्साहन गर्दै घरबाटै मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ । निक्षेपकर्ता ग्राहकले आफ्नो बचत खातामा रहेको रकमलाई मुद्दती निक्षेपमा स्थानान्तरण गरी थप ब्याज आम्दानी गर्ने चाहाना भए ‘सनराइज स्मार्ट’बाट अनलाइन मुद्दती खाता खोल्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
उक्त मुद्दती निक्षेप खातामा सर्वाधिक उच्च ब्याज आठ दशमलव २५ प्रतिशत ब्याजमा शून्य दशमलव ५० प्रतिशत प्रिमियम ब्याज थप गरी प्रदान गर्ने व्यवस्था गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। उक्त मुद्दतीको न्यूनतम अवधि तीन महिना हुने, ‘सनराइज स्मार्ट’ प्रयोग गरी सजिलै मुद्दती खाता खोल्न सकिने र कुनै पनि अतिरिक्त शुल्क नलाग्ने जनाइएको छ । बैंकका अनुसार ग्राहकले घरबाटै सनराइजको मोबाइल बैकिङ्ग प्रयोग गरी सरल रुपमा मुद्दती निक्षेप खाता खोल्न सकिनेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
क्रूर नरसंहारमा भाग लिने हमास लडाकूहरूलाई मार्ने इजरायलको घोषणा
पुष १५, २०८१ सोमबार
गोरु जुधाइ प्रतियोगिता
पुष १५, २०८१ सोमबार
किवीको 'जाम' र 'वाइन' बनाउँदै दुप्चेश्वर गाउँपालिका
पुष १५, २०८१ सोमबार
चिसोका कारण हुने बिरामीको सङ्ख्यामा वृद्धि, सावधानी अपनाउन आग्रह
पुष १५, २०८१ सोमबार
युक्रेनमा पश्चिमी शान्ति सैनिकको रुसद्वारा विरोध
पुष १५, २०८१ सोमबार
च्याउको गुणस्तरीय बिउ उत्पादनमा ध्यान दिन कृषि मन्त्री अधिकारीको आग्रह
पुष १५, २०८१ सोमबार