आरडीटी रिपोर्ट पोजेटिभ, पीसीआर रिपोर्ट नेगेटिभ
नेपालबहस संवाददाता
बैशाख १६, २०७७ मंगलबार १७:९:४३
१६ वैशाख, काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कोभिड–१९का शङ्कास्पद १० जनाको नमूना जाँचमा आरडीटी पद्धतिबाट पोजेटिभ नतिजा आउँदा पीसीआर पद्धतिबाट नेगेटिभ नतिजा आएको छ । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले सोमबार आयोजित ‘मिडिया ब्रिफिङ’मा प्रदेशमा आरडीटी पद्धतिबाट सोमबारसम्म कोरोना भाइरसका शङ्कास्पद १२ हजार २८३ व्यक्तिको नमूना सङ्कलन गरी परीक्षण गरिएकामा १२ हजार २७३ को नजिता नेगेटिभ आएको जानकारी दिए ।
परीक्षण गरिएकामध्ये १० जनाको आरडीटीबाट पोजेटिभ र पीसीआरबाट नेगेटिभ नतिजा आएको उनले बताए । पीसीआर पद्धतिबाट आजसम्म सङ्कलन गरिएको दुई हजार ७६३ को नमूनामध्ये दुई हजार ७६१ को परीक्षण भएकामा दुई हजार ७५६ को नतिजा नेगेटिभ आएको छ । यो विधिबाट गरिएको परीक्षणबाट कोरोना सङ्क्रमण भएको पुष्टि भएका पाँचमध्ये पोजेटिभ देखिएका चार जना केही दिनअघि नै निको भई डिस्चार्ज भइसकेका छन् । दुई नमूना परीक्षणको क्रममा रहेको बताइएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित एकजनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
प्रदेशका विभिन्न जिल्लामा व्यवस्था गरिएका क्वारेन्टाइनमा सोमबारसम्म एक हजार ३०७ जना बसिरहेका छन् । यस्तै विभिन्न अस्पतालको आइसोलेसनमा रहेकामध्ये सोमबारसम्म १०९ जनालाई उपचारपछि डिस्चार्ज गरिएको जनाइएको छ । पछिल्ला दुई हप्तामा यो प्रदेशमा कोरोना सङ्क्रमणको दर स्थिर छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनौ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण
पुष ५, २०८१ शुक्रबार
भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान’ र ‘मेमोग्राम’ सेवा सञ्चालनको तयारी
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार