आज साँझ नेकपाकाे सचिबालय बैठक बस्दै, प्रधानमन्त्री ओली चिन्तित !
नेपालबहस संवाददाता
बैशाख १७, २०७७ बुधबार १७:५०:६
प्रधानमन्त्री स्वयं भने अर्काे धारसँग बढी घुलमिल गर्दै
१७ बैशाख काठमाडौं । निरन्तरको दवावपछि प्रधानमन्त्री केपी ओली आज साँझ पार्टी सचिबालय बैठक राख्न राजी त भए । तर बैठकमा संभावित आक्रमणलाई कसरी सामना गर्ने भन्ने विषयमा भने खासै तयारी गरेका छैनन् ।
साँझ ५ बजेका लागि तय गरिएको सचिबालय बैठकमा शीर्ष नेताहरुबाट हुनसक्ने आलोचनाको गुदी चाल पाएर हुनसक्छ प्रधानमन्त्री ओली त्यति धेरै चिन्तित हुनुहुन्न– बालुवाटार निकट स्रोत भन्छ । तर ओली निकट एउटा समूह भने संभावित आक्रमणलाई निस्तेज गर्न मिहिन छलफलमा जुटेको छ ।
यसको अगुवाई प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले गरिरहेका छन् भने उनलाई सघाउने काम महासचिब विष्णु पौडेल र परराष्टमन्त्री प्रदीप ज्ञवालीले गर्दै छन् । यो समूह चाहिं मध्यवर्ती धारबाट समस्यको हल खोज्ने पक्षमा लागिरहेको छ । तर प्रधानमन्त्री स्वयं भने अर्काे धारसँग बढी घुलमिल गर्दै छन् । अर्काे धार चाहिं कुनै पनि मूल्यमा सम्झौता गर्न नहुने भन्दै ओलीलाई उक्साउने काम गरिरहेका छन् ।
त्यसको नेतृत्व अहिले सांसद् महेश बस्नेतले गर्न थालेका छन् । बस्नेतलाई साथ दिने काम नवराज सिलवाल, किसान श्रेष्ठ, विजय सुब्बा लगायतले गरिरहेका छन् । हिजो दिउँसो पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएर ओलीले आफू घेराबन्दीमा परेको तर अन्तिमसम्म सामना गर्न तयार रहेको सन्देश दिएका थिए ।
प्रचण्डसँगको भेट लगत्तै प्रधानमन्त्री ओलीले बस्नेतहरुसँगको भेटमा भनेका थिए– मलाई पदच्यूत गर्न निर्णायक प्रहार गरिंदैछ, अब एकपटक फेरि तपाईंहरुको साथ चाहियो । जवाफमा बस्नेत लगायत सहभागी सांसद्हरुले कुनै पनि हालतमा पछाडि नफर्कन हौस्याएका थिए । यसको अर्थ प्रधानमन्त्री ओली सम्भावित सबै परिस्थितिको सामना गर्न तयार देखिएका छन् । जसको अर्थ ठूलै दुर्घटनासमेत हुन सक्छ– प्रचण्ड निकट एक नेता भन्छन् ।
ओलीको अनिच्छाका बाबजुद आज साँझका लागि सचिबालय बैठक राख्न सफल भएका प्रचण्ड कसरी प्रस्तुत हुने भन्ने सन्दर्भमा गृहकार्य गरिरहेका छन् । ओलीसँगको भेट लगत्तै उनी भैंसेपाटीस्थित पार्टी उपाध्यक्ष वामदेव गौतमलाई भेट्न पुगे । साथै उनले गौतमको अडान के हो भनेर प्रश्न समेत गरेका थिए ।
जवाफमा गौतमले आफू ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट च्यूत गर्नुपर्ने पक्षमा अडिग रहेको प्रष्ट्याए ।तीन दिनअघि प्रधानमन्त्रीसँगको भेटमा वामदेवले यही कुरा राखेको भन्दै भनाभन भएको खबर सार्वजनिक भएको थियो । तर गौतमले त्यसको खण्डन गर्दै विज्ञप्ति जारी गरेका थिए । सायद त्यही भएर प्रचण्ड प्रष्ट हुन वामदेवकहाँ पुग्नु भएको हो– निकट स्रोत भन्छ ।
अब प्रचण्डलाई सबैभन्दा ठूलो चुनौती आफ्नै साथीहरु भएका छन् । ओलीको विकल्पमा उनले माधव नेपाललाई अगाडि सारेपछि प्रचण्ड निकट केही नेता हच्किएका छन् । यसको छनक प्रचण्डले त्यतिखेर पाए जब ओलीविरुद्ध सांसद्हरुको हस्ताक्षर जुटाउने प्रयास गरियो । हिजो माधव – प्रचण्ड पक्षले ओलीलाई संसदीय दलमा कमजोर भएको सन्देश दिन यस्तो अभियान सुरु गर्न लागेका थिए ।
तर सो अभियानलाई प्रचण्ड पक्षीय गृहमन्त्री रामबहादुर थापा बालदलगायत आपूर्ति मन्त्री लेखराज भट्टले ढाडै अस्वीकार गरे । साथै अर्का नेता टोपबहादुर रायमाझीले समेत यतिखेर पार्टीमा बखेडा गर्न यस्तो अभियान नचलाउन आग्रह गरेपछि परिस्थितिले कोल्टे फेरेको हो । प्रधानमन्त्रीले सांसद्हरुसँग भेटघाट बढाएकाले प्रचण्ड–माधवले पनि यस्तो अभियान सरु गर्न लाग्नुभएको थियो–प्रचण्ड निकट स्रोतले भन्यो ।
आपूm पक्षीय नेताहरुबाट असहयोग हुने अवस्था देखिएकाले प्रचण्ड हच्किएका हुन् । अबको परिस्थितिलाई कसरी उपयोग गर्ने भनेर प्रचण्ड ज्यादै छटपटिएका छन् । आज बिहान उनले वरिष्ठ नेता झलनाथ खनालसँग फोन वार्ता गरेका छन् । साँझको बैठकमा ओलीलाई कसरी तह लगाउने भन्ने विषयमै वार्ता केन्द्रित थियो–स्रोतले भनेको छ ।
वरिष्ठ नेता खनाल अहिले नै ओलीलाई तह लगाउन सकिने नत्र पछि अझै गाह्रो पर्ने धारणा राख्दै छन् । त्यसैगरी अर्का नेता माधव नेपाल पनि साँझको बैठकमा प्रधानमन्त्री ओलीलाई कसरी गलाउने भन्नेमा केन्द्रित छन् । हिजो साँझ उनले आफू पक्षीय नेताहरु भीम रावल, रघुजी पन्तलगायतसँग लामो छलफल गरे । सहभागी नेताहरुले जसरी भएपनि स्थायी कमिटी बैठक डाक्ने अजेण्डा पास गराउनुपर्ने सुझाव दिएका छन् ।
सचिबालय बैठकमा यही अजेण्डामा मात्र छलफल हुनुपर्छ भन्दै नेपाल पक्षीय केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले स्थायी कमिटीले टुंग्याएन भने केन्द्रीय कमिटीले निकास दिने धारणा राखेका छन् ।नेता नेपालले आज बिहान ओली मन्त्रिपरिषदमा सहभागी दुई नेता योगेशकुमार भट्टराई र घनश्याम भूषालसँग करिब एक घण्टा छलफल गरेको स्रोतले बताएको छ ।
छलफलमा नेताद्वय भट्टराई र भूषालले अहिले ओलीलाई प्रधानमन्त्रीबाट हटाउन जवर्जस्ती गर्दा पार्टी दुर्घटनामा पर्नसक्ने भन्दै अध्यक्ष पदबाट राजीनामा गराउन सहमति खोज्न सुझाब दिए । दुबै मन्त्रीज्यूको समान दृष्टिकोण देखियो भन्दै स्रोतले नेता नेपालले गम्भिरतापूर्वक लिने बतायो । नेता नेपाल पनि त्यही पक्षमा हुनु हुन्छ भन्दै स्रोत भन्छ – ओलीलाई दुबै पदबाट हटाउन सम्भव पनि छैन र न्यायोचित पनि हुँदैन । यसै पेरिफेरिमा आज साँझको सचिबालय बैठक रुमल्लिने संभावना देखिन्छ भन्दै स्रोतले आजै स्थायी कमिटी बैठकबारे नटुंगिएपनि सम्वाद भने सुरु हुने अनुमान गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार
आगामी माघ २२ देखि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने
पुष २६, २०८१ शुक्रबार
‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार
कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
पुष २६, २०८१ शुक्रबार