एक प्रहरी जवानको गर्भ रहेपछि युवतीले गरीन् आत्महत्या, प्रहरी विरुद्ध दुरुत्साहन मुद्दा दायर
नेपालबहस संवाददाता
बैशाख १८, २०७७ बिहिबार १५:२४:२५
♦ खेमराज गौतम
१८ वैशाख, गलकोट । सलको पासो लगाएर मङ्गलबार आत्महत्या गर्नुभएकी बागलुङ नगरपालिका–३ निवासी ३० वर्षीया सम्झना किसानका परिवारले प्रहरीकै नाममा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गराएका छन् ।
बागलुङ नगरपालिका–२ माझकोटमा डेरा गरी बस्दै आएकी सम्झनाले प्रहरीकै नाममा ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेको थियो । बुधबार धौलागिरि अञ्चल अस्पताल बागलुङमा किसानको शव पोस्टमार्टम गरिए पनि उनका आफन्तले शव बुझेका छैनन् । प्रहरीले मुचुल्का सङ्कलन गरेर फर्किएपछि स्थानीय महिलाहरुले कोठाको खोजतलासी गर्दा जिल्ला प्रहरी कार्यालय बागलुङको नाममा सम्बोधन गरिएको सुसाइड नोट फेला परेको भन्दै उनका आफन्तले आत्महत्या गर्न बाध्य बनाउनेलाई कारबाही गर्न माग गर्दै बुधबार जिल्ला प्रहरी कार्यालयमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ ।
मृतकको नामबाट लेखिएको सुसाइड नोटमा २०७५ भदौ ५ गतेदेखि जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान राकेश दवाडीसँग आफू प्रेम सम्बन्धमा रहेको र उसको गर्भ रहेपछि जानकारी गराउँदा बेवास्ता गरेकाले आत्महत्या गर्नुपरेको उल्लेख गरिएको छ । गैरदलित युवासँग विवाह गरेकी उनले आरोपित दवाडीकै कारणले श्रीमान्सँग सम्बन्धविच्छेद भएको सुसाइड नोटमा उल्लेख गरेको थियो ।
सुसाइट नोटमा श्रीमान्सँग पनि सम्बन्धविच्छेद गरेको र प्रहरी जावनले पनि गर्भ स्वीकार गर्न नमानेपछि यता न उताको भएर आत्महत्याको बाटो रोज्नुपरेको उल्लेख गरिएको छ । उनले नोटमा गर्भको डिएनए परीक्षण गरी दोषीलाई कारवाहीको माग गरेको थियो । छोरीको सुसाइड नोट भेटिएपछि मृतकका बाबा खड्काबहादुर सार्कीले सम्झनालाई मर्न बाध्य बनाएको भन्दै तनहुँ घर भएका जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी जवान राकेश दवाडी विरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गराएको छ ।
जिल्ला प्रहरी कार्यालयमा प्रहरी जवानकै विरुद्धमा दुरुत्साहन मुद्दा भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए । “शङ्कास्पद घटना भएका कारण प्रहरीले प्रारम्भिक अनुसन्धान शुरु गरिसकेको थियो”, प्रहरी प्रमुख भट्टले भने, “मृतकका परिवारले सुसाइड नोटसहितको उजुरी लिएर आएपछि दुरुत्साहन मुद्दा दर्ता गरेर गम्भीरताका साथ अनुसन्धानलाई अगाडी बढाएका छौँ ।” अपराध गर्ने जो कोही पनि सजायको भागीदार हुनुपर्छ भन्दै भट्टले प्रहरीले आत्महत्या दुरुत्साहन गरेको भए पनि उम्कन नदिने बताए । रासस
स्वास्थ्यकर्मीकै स्वाब परीक्षण
कोरोना भाइरसको शङ्कास्पद लक्षण देखिएपछि बागलुङका दुई स्वस्थ्यकर्मीको स्वाब परीक्षण गरिएको छ । दुई कोरोना सङ्क्रमितको सफलतापूर्वक उपचार गरेको धौलागिरि अञ्चल अस्पताल बागलुङमा कार्यरत एक चिकित्सक र एक निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको शङ्कास्पद लक्षण देखिएपछि स्वाब परीक्षण गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले जानकारी दिए ।
गुरौंका अनुसार कोरोना लक्षण देखिएका निजी क्लिनकमा काम गर्ने स्वास्थ्यकर्मी र धौलागिरि अञ्चल अस्पतालका एक चिकित्सकको स्वाब परीक्षणका लागि पठाइएको थियो । कोरोना सङ्क्रमितको उपचार गरेको अस्पतालका चिकित्सकलाई नै लक्षण देखिएका कारण तुरुन्दै स्वाब परीक्षणका लागि पठाइएको हो । चिकित्सकको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको र अर्का स्वास्थ्यकर्मीको रिपोर्ट आउन बाँकी रहेको अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले जानकारी दिए ।
“सङ्क्रमितको उपचारका लागि खटिएका स्वास्थ्यकर्मीलाई लक्षण देखिँदा निकै भयभित भएका थियौं”, गुरौंले भने, “डाक्टरलाई कोरोना देखिएको छैन, तर सर्तकता अपनाउन निकै जरुरी छ ।” रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
उपप्रधानमन्त्री सिंहद्वारा विश्वसामु जलवायु न्यायको माग
कात्तिक २०, २०८१ मंगलबार
उत्तर कोरियाली सैनिकहरू रूसमा युक्रेनी फौजको आक्रमणमा परेको दाबी
कात्तिक २०, २०८१ मंगलबार
चाडपर्वमा बागमती प्रदेशका १० जिल्लामा २४ जनाको मृत्यु
कात्तिक २०, २०८१ मंगलबार
उडान समय छोटिएपछि बुद्ध एयरले जारी गर्यो छ बुँदे निर्देशिका
कात्तिक २०, २०८१ मंगलबार
अमेरिकी चुनाव २०२४ : ट्रम्प–ह्यारिसका लागि डी–डे, आठ राज्यमा मतदान सुरु
कात्तिक २०, २०८१ मंगलबार
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
कात्तिक २०, २०८१ मंगलबार