लकडाउनका कारण नेपाली कामदारको मृत्यु, देहेरादुनमै दाहसंस्कार
नेपालबहस संवाददाता
बैशाख १८, २०७७ बिहिबार १८:८:४७
१८ बैशाख, काठमाडौं । कोरोना भाइरसको कारण लकडाउनमा परि उचित उपचारको अभावमा भारतको देहरादुनमा मृत्यु भई बेवारिसे अवस्थामा रहेका एक नेपालीको देहेरादुनमा अन्तिम दाहसंस्कार गरिएको छ ।
बाग्लुङको निसिखोला गाँउपालिका ३ छापाखानीका जित बहादुर घर्ती मगर कामको शिलशिलामा भारतको उत्तराखण्ड हरिद्धारमा पुगेका थिए । कोरोना भाईरसको लकडाउनको बेला घर्ती मगरलाई अचानक स्वास्थ्य समस्या देखिएको थियो । उनलाई साथीहरुको सहयोगमा हरिद्धारमा भएको एक अस्पतालमा पुर्याईए पनि लकडाउनको समय मुटुको उपचार नहुने भन्दै त्यहाँको डाक्टरले देहेरादुनको ःऋऋ अस्पतालमा पठाइदिएका थिए ।
एक हप्ता उपचार गराएका मगरको मंगलबार उक्त अस्पतालमा नै निधन भएको थियो । मृतक जितबहादुरको अस्पतालमा आफन्त कोहि नभएकोले उनको लास बेवारिसे बनेको बेला देहरादुन केल्मन्टाउनमा बस्ने टेकु थापा मगरलाई उनका आफन्तले सम्पर्क गरेका थिए । त्यसपछि त्यहाँको वस्तुस्थिति बुझेर मगरले गोर्खा परिषद् अध्यक्ष (राज्य मन्त्री) टि टि भुटियालाई सम्पर्क गरेपछि भुटियाले उत्तराखण्ड सरकारका मुख्य मन्त्री सँग सम्पर्क गर्नु भएको थियो ।
त्यसपछि कोरोना माहामारीको विषम परिस्थितिमा मानविय सहयोग स्वरुप मुख्यमन्त्रीद्धारा घर्ती मगरको उपचारमा लागेको भारु ९५ हजार र दाहसंस्कार खर्च उपलब्ध गराई मृतकको अन्तिम दाह संस्कार देहेरादुनमा नै गरिएको विर गोर्खा कल्याण समितिका कोषाध्यक्ष समाजसेवी टेकु थापा मगरले जानकारी दिनु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार