घर भाडाको समस्या हल गर्न होस्टल व्यवसायीले सरकार गुहारे

नेपालबहस संवाददाता
बैशाख १८, २०७७ बिहिबार १८:२४:३२

१८ बैशाख, काठमाडौं । कोरोना भाइरसको कारण उत्पन्न परिस्थितिले आफ्नो व्यवसाय गम्भीर जोखिम र समस्यामा परेको भन्दै होस्टल व्यवसायीहरूले सरकारसँग सहयोग माग गरेका छन् ।
राष्ट्र बैंकले महामारीको कारण समस्यामा परेका व्यवसायको सूचिमा होस्टल व्यवसाय समावेश नगरेपछि अर्थमन्त्री डा.युवराज खतिवडा समक्ष नेपाल होस्टल एसोसिएसनले माग पत्र पेस गरेको हो । बुधबार आफ्नो आठौँ वार्षिक उत्सव मनाइरहेको एसोसिएसनले सरकारलाई बुझाएको माग पत्रमा घर भाडा छुटको लागि सरकारबाट समन्वयको अपेक्षा गरिएको छ ।
अध्यक्ष भक्ति प्रसाद पाठक र महासचिव रुपाली पौडेलद्वारा हस्ताक्षरित सो पत्रमा लेखिएको छ, ‘व्यवसायीलाई सर्वाधिक गाह्रो परेको घर भाडा सम्बन्धी विषयमा राज्यको तर्फबाट आम होस्टल व्यवसायीका घरधनीलाई भाडा छुटको लागि सरकारद्वारा आव्हान गरिदिनुहुन समेत विशेष अनुरोध गर्न चाहन्छौ ।‘
त्यसै गरी, काठमाडौं उपत्यका जस्तो महँगो सहरमा समेत औसतमा ८ हजार ५ सय मासिक शुल्क लिएर शैक्षिक वातावरण सहित गाँस र बासको व्यवस्था गर्ने क्रममा यो व्यवसायले लगभग नाफा रहित ढङ्गले सेवा प्रदान गर्दै आएको दाबी एसोसिएसनले गरेको छ ।
उक्त माग पत्रमा होस्टल व्यवसायलाई जोगाउन र यसले पुर्याउँदै आएको सेवालाई पुनर्स्थापित गर्न सरकारले तयार गर्ने राहत उपलब्ध गराउनु पर्ने व्यवसायको सूचीमा होस्टल व्यवसायलाई समेत समावेश गर्न अनुरोध गरिएको छ । होस्टल व्यवसायलाई समेत सुलभ ऋण प्राप्त हुने व्यवस्थाका लागि अर्थमन्त्रीको सो माग पत्रमा ध्यानाकर्षण गराइएको छ ।
होस्टल व्यवसायीहरूले आफूलाई घर बहाल छुट दिने घरबेटीलाई समेत राज्यले असुल गर्ने कतिपय करमा छुट गरिदिन समेत सरकारसँग अनुरोध गरेको छ । यसैबिच, वार्षिकोत्सवको शुभकामना सन्देशदिंदै अध्यक्ष तथा महासचिवले आमा होस्टल व्यवसायीलाई एकजुट हुन र सामूहिक शक्ति र एकताको बलमा सामुन्ने रहेका चुनौतीसँग जुध्न आव्हान गरेका छन् । व्यवसायीको हित रक्षाका लागि एसोसिएसन जस्तोसुकै निर्णय गर्न तयार रहेको भन्दै यो सङ्कटमा धैर्य धारण गर्न सो सन्देशमा व्यवसायीलाई आग्रह गरिएको छ ।
देशभर १२ सय भन्दा बढी होस्टल रहेका छन् । होस्टलमा व्यवसायीहरुको सवा अर्व भन्दा बढी लगानी रहेको छ । यसले ६० हजार भन्दा बढी सेवाग्राहीलाई सुलभ आवास र खानपानको व्यवस्था गर्दै आएको एसोसिएसनले जनाएको छ । यो ब्यवाशायले १० हजार भन्दा बढीलाई रोजगारको अवसर समेत प्रदान गरेको एसोसिएसनको दाबी रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थ मन्त्रालयले बनायो बजेट लेख्ने टीम, संयोजकमा श्रीकृष्ण नेपाल
फागुन १५, २०८१ बिहिबार
सात महिनामा वीरगञ्ज नाकाबाट ४० अर्ब बढीको सामान निर्यात
फागुन १५, २०८१ बिहिबार
एक सातापछि मन्त्रालय फर्किए अर्थमन्त्री पौडेल
फागुन ११, २०८१ आइतबार
युएसएआईडीका कामदारहरूलाई आफ्नो कार्यस्थल दुई दिन भित्र खाली गर्न ट्रम्प प्रशासनको निर्देशन
फागुन १५, २०८१ बिहिबार
त्रिभुवन विमानस्थलबाट ३ केजी ७७५ ग्राम सुनसहित चार जना विदेशी नागरिक पक्राउ
फागुन १५, २०८१ बिहिबार
सिन्धुलीमा गोली लागेर एक जनाको मृत्यु, दुई पक्राउ
फागुन १५, २०८१ बिहिबार
अफगानिस्तानमा ५० लाखभन्दा बढी मानिस विस्थापित
फागुन १५, २०८१ बिहिबार
महाशिवरात्रि सकिएसँगै पशुपति क्षेत्रमा सफाइ सुरु
फागुन १५, २०८१ बिहिबार
झापामा जंगली हात्तीको आक्रमणबाट बृद्धको मृत्यु
फागुन १५, २०८१ बिहिबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
फागुन १५, २०८१ शुक्रबार
काठमाडौंको सुकेधारामा फोहरले पुरेको अवस्थामा शव फेला, हत्याको आशंका
फागुन १५, २०८१ बिहिबार
सिन्धुलीमा गोली लागेर एक जनाको मृत्यु, दुई पक्राउ
फागुन १५, २०८१ बिहिबार
अफगानिस्तानमा ५० लाखभन्दा बढी मानिस विस्थापित
फागुन १५, २०८१ बिहिबार
महाशिवरात्रि सकिएसँगै पशुपति क्षेत्रमा सफाइ सुरु
फागुन १५, २०८१ बिहिबार
झापामा जंगली हात्तीको आक्रमणबाट बृद्धको मृत्यु
फागुन १५, २०८१ बिहिबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
फागुन १५, २०८१ शुक्रबार
काठमाडौंको सुकेधारामा फोहरले पुरेको अवस्थामा शव फेला, हत्याको आशंका
फागुन १५, २०८१ बिहिबार
सिन्धुलीमा गोली लागेर एक जनाको मृत्यु, दुई पक्राउ
फागुन १५, २०८१ बिहिबार
अफगानिस्तानमा ५० लाखभन्दा बढी मानिस विस्थापित
फागुन १५, २०८१ बिहिबार
महाशिवरात्रि सकिएसँगै पशुपति क्षेत्रमा सफाइ सुरु
फागुन १५, २०८१ बिहिबार
झापामा जंगली हात्तीको आक्रमणबाट बृद्धको मृत्यु
फागुन १५, २०८१ बिहिबार