आपूर्ति सहज नहुँदा सर्लाहीमा औषधि अभाव
नेपालबहस संवाददाता
बैशाख १८, २०७७ बिहिबार २३:२९:४५
१८ वैशाख, सर्लाही । लकडाउनका समयमा आपूर्ति सहज नहुँदा जिल्लामा औषधि अभाव देखिन थालेको छ । सरकारले अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै रोक नलगाएको भए पनि ढुवानीको असहजताका कारण औषधि अभाव देखिन थालेको औषधि व्यवसायीले बताएका छन् ।
विशेषगरी दम, मधुमेह, उच्चरक्तचाप, थाइराइड र मानसिक समस्या भएका बिरामीले सेवन गर्ने औषधि बजारमा अभाव देखिन थालेको डा घनश्याम सिंहले जानकारी दिए । कोरोनाको सङ्क्रमण फैलिन नदिन सीमानाका सिल गरिएका कारण नेपाली बजारमा नपाएका औषधि भारतबाट समेत ल्याउन नपाएको स्थानीयवासीले गुनासो गरेका छन् । सरकारले कोरोना सङ्क्रमण रोक्न लगाएको लकडाउन स्वागतयोग्य रहेको बताउँदै गम्भीर रोगबाट ग्रसित बिरामीको औषधि आपूर्तिका लागि पनि सरकारले कुनै ठोस निर्णय लिनुपर्ने स्थानीयवासीले बताएका छन् ।
नेपालका औषधि उत्पादक कम्पनीले प्रायः आपूर्ति सहज हुने ठूला शहरमा मात्र बढी जोड दिएका कारण साना शहरबजारमा औषधि अभाव देखिने अवस्था आएको व्यवसायीको गुनासो छ । औषधि व्यवसायीले लकडाउनका कारण आपूर्तिमा आएको असहजता, औषधि कम्पनीबाट नगद कारोवारको अनिवार्य प्रावधान लागू र आवश्यक औषधि बिरामी आफैँ गएर ल्याउनुपर्नेजस्ता कारणले बजारमा औषधिको अभाव देखिन थालेको स्थानीय औषधि व्यवसायीले बताएका छन् । बजारमा औषधि अभाव भएका कारण सामान्य स्वास्थ्य परेका बिरामीको जाँचमा समेत समस्या शुरु भएको चिकित्सक बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनौ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण
पुष ५, २०८१ शुक्रबार
भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान’ र ‘मेमोग्राम’ सेवा सञ्चालनको तयारी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार