आगलागीमा १० लाखको क्षति, एक बालक घाइते
नेपालबहस संवाददाता
बैशाख १८, २०७७ बिहिबार २३:४०:११
१८ बैशाख, सप्तरी । सप्तरीमा गएराती आगलागी हुँदा १० लाख बराबरको सम्पति जलेर नष्ट भएको छ भने एक बालक जलेर घाइते भएका छन । जिल्लाको सुरुङ्गा नगरपालिका ३ बिसनरिया टोलमा आगलागी हुँदा छ जनाको घर जलेर नष्ट भएपछि सो क्षति भएको हो ।
वार्ड नं. ३ का हरि मण्डलको घरबाट अचानक आगो सल्किएर आगलागी हुँदा हरि मण्डल, छिमेकी बद्री मण्डल, सन्तोष सदा, चिचाई सदा, जोगेन्द्र सदा, तिमा सदाको घर जलेका छन । उनीहरुको घरभित्र रहेको अन्नपात, लत्ताकपडा, सूनचाँदी, नगद लगायतको सरसमानसहित करिब १० लाखको सम्पति जलेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।
सो आगलागीमा परी बद्री मण्डलका ३ बर्षीय छोरा कृष्णा मण्डल जलेर घाइते भएका छन् । घरमा खेलिरहेको अवस्थामा आगलागी हुँदा बालकको, दुबै हात र दाहिने खुट्टा जलेको अवस्थामा तत्कालै उद्वार लाहानस्थित नरसिंह अस्पतालमा उपचार भइरहेको प्रहरीले बताइएको छ । बालकको अवस्था मध्यम रहेको छ ।
अग्निपीडित हरि मण्डलको तीन क्वीन्टल चामल, १० तोलाको पाउजु, १० तोलाको बाला र नगद एक लाख १० हजार जलेको बताइएको छ । आगलागीमा बद्री मण्डलको ५० हजार, सन्तोष सदाको चामल ६० किलो र नगद १० हजार, चिचाई सदाले कान्छी छोरीको विवाहका लागि जोहो गरेको नगद ६० हजार र दुई क्वीन्टल चामल, जोगेन्द्र सदाको छोराले विदेशबाट पठाएको नगद एक लाख र दुई आना सुन, तिमा सदाको चामल ५० किलो, धान चार मन र नगद १० हजार जलेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकरेन्ट लागेर किशोरीको मृत्यु दुई जना घाइते
कात्तिक २, २०८१ शुक्रबार
घाँस काट्न जाने क्रममा बाघको आक्रमणबाट एकको मृत्यु
कात्तिक २, २०८१ शुक्रबार
दशैंमा कोशीमा दुई सय ६९ सवारी दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाए
कात्तिक २, २०८१ शुक्रबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
कात्तिक १, २०८१ बिहिबार
देउवा फकाएर ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर दल फुटाउन सक्ने प्रतिपक्षीको आशंका
कात्तिक २, २०८१ शुक्रबार
सहकारीको रकम अपचलन प्रकरणमा रास्वपाका सभापति लामिछाने चाँडै पक्राउ पर्ने, प्रचण्डसँग हारगुहार
कात्तिक २, २०८१ शुक्रबार
गौशाला धर्मशाला विवादमा उच्च अदालतले दियो अल्पकालीन अन्तरिम आदेश, दुबै पक्ष झिकाउने
कात्तिक २, २०८१ शुक्रबार
अन्नपूर्णले गर्यो पर्यटकीय स्थलबाट एक करोड बढी आम्दानी
कात्तिक २, २०८१ शुक्रबार
तीन करोडको लगातमा महाशिलामा आश्रम भवन निर्माण
कात्तिक २, २०८१ शुक्रबार
पुनःनिर्माणमा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको निर्देशन
कात्तिक २, २०८१ शुक्रबार
५४ वर्षयताकै सबैभन्दा बढी वर्षा: दुई सय ५० को मृत्यु, ४६ अर्ब बराबरको क्षति
कात्तिक २, २०८१ शुक्रबार
विद्युतीय गाडी वृद्धिसँगै चार्जिङ स्टेसन कम हुँदा भाडादर गुणासम्म महङ्गो
कात्तिक २, २०८१ शुक्रबार