विश्वका एक अरब ६० लाख कामदारको रोजगारी सङ्कटमा
नेपालबहस संवाददाता
बैशाख १८, २०७७ शुक्रबार १:५०:२३
विश्वभरी झण्डै तीन अरब तीन करोड कामदार
१८ बैशाख एजेन्सी । अनौपचारिक क्षेत्रका कार्यरत विश्वका झण्डै एक अरब ६० लाख कामदारहरुको रोजगारी सङ्कटमा परेको पाइएको छ । यो सङ्ख्या कुल कामदारको झण्डै आधा सङ्ख्या भएको संयुक्त राष्ट्रसंघीय निकायहरुले जनाएका छन् ।
अन्तराष्ट्रिय श्रम संगठन ‘आइएलओ’को तथ्यांक अनुसार उनीहरूले अहिले नै बेरोजगारीको सङ्कट भोगिसकेका छन् ।विश्वभरी महामारीको रुपमा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि अनौपचारिक क्षेत्रका मजदुरहरू मर्कामा परेका हुन् ।
अनौपचारिक क्षेत्र अन्तर्गत पर्ने उत्पादन व्यापारलगायतका क्षेत्रमा काम गर्ने कामदारहरु ‘गम्भीर सङ्कट’मा परेको सङ्गठनले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण विश्वभरी फैलिएपछि सङ्गठनले विश्वभरी गरेको सर्वेक्षणको बुधबार सार्वजनिक भएको तेस्रो संस्करणमा यस्तो विवरण उल्लेख गरिएको छ ।
विश्वभरी झण्डै तीन अरब तीन करोड कामदार भएको जनाइएको छ । ती मध्ये दुई अरबले औपचारिक क्षेत्रमा काम गर्ने गरेका छन् भने बाँकी अनौपचारिक क्षेत्रमा कार्यरत कामदारको रुपमा रहेका छन् ।
कोरोनाका कारण सङ्कटमा परेकाहरू अधिकांश शारिरीक श्रम गर्नेहरु रहेको अध्ययनबाट देखिएको छ । उनीहरूले आम्दानी गुमाएकाले जीवन धान्न पनि समस्या हुने गरेको पाइएको र यसले उनीहरुलाई ठूलो घाटा भएको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कोरोना फैलिने डरले लकडाउनको घोषणा गरिएको ठाउँमा मजदुरहरुलाई बढी समस्या परेको छ । त्यसको तुलनामा लकडाउन नभएका ठाउँमा असर कम परेको छ । त्यसैगरी प्रभावित भएकामध्ये अफ्रिका र अमेरिकामा ८० प्रतिशत, युरोप र मध्य एसियामा ७० प्रतिशत र एसियामा २१.६ प्रतिशत कामदारहरूले मात्रै काम गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार