सरकारी नीतियोजना बनाउँदा श्रमिकप्रति विशेष ध्यान दिन मुख्यमन्त्री गुरुङको जोड
नेपालबहस संवाददाता
बैशाख १९, २०७७ शुक्रबार १६:४८:४३
१९ वैशाख, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोभिड–१९ को महामारीका कारण श्रमिक वर्गको अवस्था अत्यन्तै नाजुक बनेको, धेरैको रोजगारी गुमेको र तलब सुविधा कटौती भएकाले सरकारी नीति तथा योजना बनाउँदा त्यसतर्फ विशेष ध्यान जान जरुरी रहेको बताएका छन् । अन्तरराष्ट्रिय श्रमिक दिवस–२०७७ (मे दिवस) का अवसरमा सम्पूर्ण मजदूर वर्गलाई शुभकामना सन्देश दिँदै उहाँले विशेषगरी दैनिक ज्याला मजदूरी गरी खाने श्रमिकलाई स्थानीय तहमार्फत राहत वितरणको व्यवस्था मिलाइएको बताएका छन् ।
पछिल्लो लकडाउन अवधिमा कोरोना भाइरसको संक्रमणबाट बच्न सतर्कता र सचेतना अपनाई अधूरा निर्माण तथा अत्यावश्यक वस्तु उद्योगलाई पुनः सञ्चालन गर्ने नीति लिइएको बताउँदै श्रम र श्रमिकप्रति सम्मान गर्दै श्रमिकहरुलाई मर्यादित जीवन प्रदान र उनीहरुको पूर्ण क्षमताको सदुपयोग गर्न–गराउन आजको दिनले सबैमा प्रेरणा प्रदान गर्न सक्ने विश्वास व्यक्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
पार्टी संगठनलाई व्यवस्थित गर्न केन्द्रीय सदस्यलाई जिम्मेवारी
पुष ६, २०८१ शनिबार
एनपीएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार