आगलागीमा घाइते वडाध्यक्षको निधन, गाउँपालिकाद्वारा शोक बिदा
नेपालबहस संवाददाता
बैशाख १९, २०७७ शुक्रबार १७:२६:३४
१९ वैशाख, बागलुङ । बरेङ गाउँपालिका–३ बाटाकाचौरका वडाध्यक्ष पूर्ण खनालको निधनले सिङ्गो गाउँपालिका शोकमा डुबेको छ । शोकमा डुबेको गाउँपालिकाले आज गाउँपालिकामा शोक बिदासमेत दिएको छ । वैशाख ८ गते गुल्मीको शान्तिपुर बसपार्कमा रहेको घरमा आगलागीमा घाइते भएका खनालको काठमाडौँको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको थियो । आगलागीमा खनालका एक छोराको वैशाख ८ गते नै मृत्यु भएको थियो । उनकी श्रीमतीको उपचार चलिरहेको छ ।
स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेको तर्फबाट वडा नं ३ को वडाध्यक्षमा निर्वाचित ४९ वर्षीय खनाल सफल व्यवसायीका रूपमा स्थापित थिए । बरेङ गाउँपालिकाले आफ्ना न्यायिक समितिका सदस्य तथा आर्थिक विकास समितिका संयोजकसमेत रहेका खनालको निधनमा आज पालिकाभर नै शोक बिदा दिने घोषणा गरेको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए ।
अध्यक्ष शर्माले विहीबार शोक प्रस्ताव पारित गर्दै पालिकाले आज सार्वजनिक बिदाको घोषणा गरेको बताए । आज गाउँपालिकाभित्रका सरकारी र गैरसरकारी निकायबाट प्रदान गरिने सम्पूर्ण सेवा प्रवाह र अन्य कामकाज बन्द हुने गाउँपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन् २०२४ विश्वव्यापीरुपमा हवाई दुर्घटनाको दुःखद् वर्ष, नेपालमा भने केही सुधार
पुष १८, २०८१ बिहिबार
राखु भगवतीमा नियमित पूजा गर्न ९१ लाखको अक्षयकोष स्थापना
पुष १८, २०८१ बिहिबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
ढुम्रु गीत गाउँदै
पुष १८, २०८१ बिहिबार
सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
पुष १८, २०८१ बिहिबार
विमानस्थल यातायात चालकको बोली र व्यवहार राम्रो हुनुपर्छ: पर्यटन राज्यमन्त्री
पुष १८, २०८१ बिहिबार