कांग्रेस यूवानेता खुमा अर्यालले दिए साढे ७ लाख बराबरको खाद्यान्न सहयोग
नेपालबहस संवाददाता
बैशाख १९, २०७७ शुक्रबार १८:२५:४७
♦ खगेन्द्र भण्डारी
१९ बैशाख, स्याङ्जा । नेपाली कांग्रेसका यूवा नेता एवं सफल व्यवसायी खुमाप्रसाद अर्यालले स्याङ्जाका तीन नगरपालिकाका जनतालाई साढे सात लाख बराबरको खाद्यान्न सहयोग उपलब्ध गराएका छन् । खुमा अर्याल फाउण्डेसन मार्फत यसैसाता उनले नगरपालिकाको समन्वयमा सो खाद्यान्न उपलब्ध गराएका हुन् ।
लकडाउनबाट प्रभावित र बिहान बेलुका आफ्नो परिवारको हात मुख जोड्नसमेत मुस्किल भएका अति विपन्न स्याङ्जाका ३ पालिकाहरु भीरकोट नगरपालिका, वालिङ् नगरपालिका र चापाकोट नगरपालिकाका जनतालाई राहत होस् भनी यूवानेता अर्यालले ३ नगरपालिका खुमा अर्याल फाउण्डेसनमार्फत रु ७ लाख १६ हजार ४ सय ४५ वरावरको खाद्यान्न र स्याङ्जाको राम्दीधाममा रहेको वृद्धाआश्रमलाई २६ हजारको खाद्यान्न गरी ७ लाख ४२ हजार ४ सय ४५ बराबरको खाद्यान्न हस्तान्तरण गरेको हो ।
फाउण्डेशनले स्याङ्जाको बालिङ नगरपालिकालाई ४५ सय किलो, चापाकोट नगरपालिकालाई ४५ सय किलो, भीरकोट नगरपालिकालाई ४५ सय किलो स्याङ्जाको राम्दी स्थिति बृदाआश्रमलाई ५०० केजी सावा मन्सुली चामल गरी जम्मा १४ टन खाद्यान्न वितरण गरेको हो । उक्त खाद्यान्न फाउण्डेशनका उपाध्यक्ष लेखनाथ शर्मा र सचिव ध्रुव शर्माले एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् ।
राहत हस्तान्तरणपछि संस्थाका संरक्षक समेत रहेका समाजसेवी भेषराज अर्यालले फाउन्डेशन सधै विभिन्न किसिमका सामाजिक कार्यहरूमा निरन्तर लागिरहने र सामाजिक कार्यहरुमा आफुहरु सदैव प्रतिबद्ध रहेको भन्दै महामारीसँग जुध्न सरकारले गरेको निर्णयलाई पालना गर्नु सबैको दायित्व रहेको बताए । यसरी वितरण गरिएको खाद्यान्न स्थानीय तहमार्फत लकडाउन प्रभावितहरुलाई वितरण गरिने फाउन्डेशनले जानकारी दिएको छ ।
विश्व यतिबेला कोराना भाईरसले सन्त्रास र आक्रान्तमा पारेका बेला नेपाल पनि अछुतो रहन सकेको छैन । यस विषम परिस्थितिमा आम नागरिकको जीवनयापन निकै कष्टकर बनेको छ । लामो समयको लकडाउनले नागरिकमा गाँसको समस्या नै प्रमुख समस्या छ । कोविड १९ को संक्रमणबाट बच्न नेपालमा पनि यतिबेला लकडाउन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
राष्ट्रिय किताब खानाका शाखा अधिकृत प्रसाईं घुससहित पक्राउ
पुष १४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा राणाद्वारा भारतीय पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली
पुष १४, २०८१ आइतबार
बैतडीमा निस्सासिएर मजदुरको ज्यान गयो
पुष १४, २०८१ आइतबार
कानून नमान्ने खेल संघलाई कारबाही हुन्छः खेलकुदमन्त्री चौधरी
पुष १४, २०८१ आइतबार
कुखुराको मासु खाँदा अछाममा एकको मृत्यु, तीन जना बिरामी !
पुष १४, २०८१ आइतबार