मकवानपुरमा १७ दुग्ध उद्योग, ५० प्रतिशत घट्यो खपत
नेपालबहस संवाददाता
बैशाख १९, २०७७ शुक्रबार २३:४६:४६
१९ बैशाख, हेटौँडा । लकडाउनको समयमा मकवानपुरमा ५० प्रतिशत दूध खपत घटेको छ । दुग्ध सहकारी सङ्घका अनुसार काठमाडौं जाने दूध कम भएसँगै खपतमा कमी आएको हो । दैनिक २० हजार लिटर दूध काठमाडौं पठाइरहेको भए पनि लकडाउनमा १० हजार लिटर मात्र पठाइरहेको सङ्घले जनाएको छ ।
करिब ४० हजार लिटर दूध सङ्कलन गरेर वितरण गर्दै आएको सङ्घले हाल २० हजार लिटर मात्र दूध सङ्कलन तथा वितरण गरिरहेको जनाएको छ । दूधको खपतमा कमी आएपछि सङ्घले किसानलाई एकदिन बिराएर दूध सङ्कलनमा ल्याउन अनुरोध गरेको छ भने वितरण संस्थालाई पनि एकदिन बिराएर खोल्न निर्देशन दिएको बताइएको छ ।
हाल मकवानपुरमा १७ दुग्ध उद्योग रहेका सङ्घले जनाएको छ । जिल्ला दुग्ध सहकारी सङ्घका अध्यक्ष वासुदेव अधिकारीले उद्योगमार्फत साधारण अवस्थामा २० हजार लिटर दूध वितरण हुने गरेको भए पनि हाल १० हजार लिटर दूध वितरण भइरहेकाले किसानलाई एकदिन बिराउन अनुरोध गर्नु परेको बताए। उनका अनुसार हाल किसानलाई दूधका परिकार बनाउन अनुरोध गरिएसँगै किसानले पनि एकदिनको दूध परिकार बनाउने र एकदिनको दूध सङ्कलनमा दिने गरेका छन् ।
उनले भने, “दूध बिक्री घटेपछि हामीले किसानलाई रोटेसन लगायौँ उनीहरुले पनि त्यसै गरे, अहिले उनीहरुले घिउ, पनिर बनाएकाे र कसैले घरबाट नै व्यापार गरेका छन्, भने कसैले आफैँले प्रयोग गरेको जानकारी गराइरहेका छन् ।” उनले हालको अवस्थामा दूध बोक्ने गाडीको ब्यानरमा गैरकानूनी सामान ओसारपसार भएको गुनासो आइरहेको बताउँदै सबै उद्योगको आफ्नो आधिकारिक सवारी नभएको र भाडाको सवारी प्रयोग गर्नुपरेका कारण त्यसको फाइदा गलत काम गर्नेले उठाइरहेको बताए । सङ्घका अध्यक्ष अधिकारी आफैँले पनि एकदिनको दूध घिउ र पनिर बनाउने गरेको जानकारी दिए ।
हेटौँडा उपमहानगरपालिका–१२ का राजक पाठकले आफूले बनाएको घिउ र पनिर बेचेर आम्दानी भइरहेको बताए । हेटौँडा–१९ की लक्ष्मी बर्तौलाले पनि लकडाउनको समयमा घिउ जम्मा गरिरहेको जानकारी दिए । हेटौँडा–४ की रुकु मैनालीले भने घरबाट नै दूध बिक्री गर्ने गरेको जानकारी दिए । उनले दैनिक २० माना दूध बेचिरहेको र अहिले किन्ने ग्राहक घरमै मास्क तथा पञ्जा लगाएर आउने गरेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १३, २०८१ आइतबार
नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्दा डोजर चालकको मृत्यु
जेठ १३, २०८१ आइतबार
तिनाउ नदीमा डुबेर आज एक जनाको मृत्यु
जेठ १२, २०८१ शनिबार
छ सय ६० जना गर्भवती र सुत्केरीको हवाई उद्धार
जेठ १३, २०८१ आइतबार
तराईमा केही दिन अत्यधिक गर्मीको सम्भावना, सतर्कता अपनाउन अनुरोध
जेठ १३, २०८१ आइतबार
पौने चार करोडको कोकिनसहित ठमेलबाट विदेशी महिला पक्राउ
जेठ १३, २०८१ आइतबार
फेरिए नारायणी अस्पतालको मेसु , डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
इजिप्टबाट केरम शालोम हुँदै सहायता ट्रकहरू गाजामा प्रवेश
जेठ १३, २०८१ आइतबार
राजकोट आगलागी : मालिक र व्यवस्थापक सोधपुछका लागि प्रहरी नियन्त्रणमा
जेठ १३, २०८१ आइतबार