तिलाठी कोइलाडी गाउँपालिकाले सुरु गरे एफएमबाट कक्षा शिक्षण
नेपालबहस संवाददाता
बैशाख १९, २०७७ शनिबार ०:९:२
◊ धीरुभाइ
१९ बैशाख, सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले एफएमबाटै कक्षा सञ्चालन सुरु गरेको हो । कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन नदिन जारी लकडाउन प्रभावित विद्यार्थीलाई लक्षित गरी सप्तरीमा पहिलो पटक एफएमबाट यस्तो कक्षा शिक्षण सुरु भएको हो ।
लामो समयदेखिको लकडाउनका कारण विद्यालयहरुमा पठनपाठन बन्द रहेकोले ती विद्यार्थीहरुलाई लक्षित गरी राजविराज ६ स्थित सीएफएमसँगको सहकार्यमा ‘पाठशाला अपना घरेमे’ नामक कार्यक्रम मार्फत कक्षा शिक्षण सुरु गरेको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिए । एफएमबाट सुरु गरिएको पठनपाठन एसइई परीक्षामा सहभागी हुने तथा कक्षा ९ बाट १० मा जाने विद्यार्थीहरुलाई लक्षित गरिएको उनले बताए ।
पछिल्लो एक महिना बढी समयदेखि विद्यार्थीहरुको पठनपाठन पूर्ण रुपमा ठप्प रहेकोले वैकल्पिक कक्षाको रुपमा एफएमबाट कक्षा शिक्षण सुरु गरिएको सो गाउँपालिका स्थित मावि बभनगामाकट्टीका अंग्रेजी विषयका शिक्षिका अरहुल कुमारी साहले बताईन् ।
विद्यालयहरुमा कक्षा शिक्षण सुचारु नभए सम्मका लागि दैनिक दुई घण्टा मातृभाषा तथा विषय अनुसार सम्वन्धित भाषामा पठनपाठन गरिने बताइएको छ । एफएममा ३० मिनेटको घण्टी अनुसार विषयगत शिक्षकहरुद्वारा शिक्षण सञ्चालन गरेको छ । दैनिक चार वटा विषयमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म एफएमबाट कक्षा शिक्षणको व्यवस्थापन गरिएको एफएमका कार्यक्रम संयोजक तथा वरिष्ठ पत्रकार शिवहरी भट्टराईले जानकारी दिए ।
जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका गरी १८ वटा स्थानीय तहमा सामुदायिक र संस्थागत गरी ४१३ विद्यालयहरुमध्ये माध्यमिक स्तरका १४० वटा विद्यालयहरु रहेको शिक्षा विकास तथा समन्वय इकाइ राजविराजले जनाएको छ । एमफमबाट कक्षा शिक्षण तिलाठी कोइलाडीका विद्यार्थीहरुलाई केन्द्रित गरी सञ्चालन गरेपनि एफएम सबैतिर सुनिने गरिएकोले जिल्लाका अन्य विद्यालयका विद्यार्थीहरुलाई सहयोग हुने देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार