यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टद्धारा स्वास्थ्य सामग्री वितरण
नेपालबहस संवाददाता
बैशाख २०, २०७७ शनिबार २२:३६:१२
२० बैशाख नुवाकोट । नेपाली कांग्रेस नुवाकोट र सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील संस्था यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टले जिल्लाका सबै गाउँपालिकामा कोरोनासम्बन्धी स्वास्थ्य सामग्री वितरण गरेका छन् ।
नेपाली कांग्रेसका नेता एवं ट्रस्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसीले जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङको रोहबरमा शनिबार सबै गाउँपालिकाका अध्यक्ष वा प्रतिनिधिलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । जिल्लाका १० गाउँपालिकामा नेपाली कांग्रेसले ज्वरो नाप्ने एक एकवटा डिजिटल थरमागन हस्तान्तरण गरेको हो ।
अमेरिकामा रहेका धनञ्जय नरसिंह केसी,अमृत सापकोटा, रामबाबु पाण्डे, दिनेश पाण्डे, कैलाश थापा, राजेन्द्र अधिकारी, राजेन्द्र श्रेष्ठ, सुवाश गुणी, रामकृष्ण भट्ट रबिस वाइबा, इन्द्र शिटौला, नबराज न्यौपाने ने लगायतका नेपालीहरूबाट आर्थिक सहयोग प्राप्त गरी पार्टीले यो सहयोग गरेको हो ।
यसैगरी यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टले सबै गाउँपालिकामा कम्तीमा एक हजार थान मास्क र स्यानिटाइजर उपलब्ध गराएको छ । कार्यक्रममा ट्रस्टका अध्यक्ष डा केदारनरसिंह केसी, ‘महासचिब’ तथा नेका नुवाकोट सभापति जगदीश्वर नरसिंह केसी तथा कोषाध्यक्ष महेश्वर नरसिंह केसी एवं जिल्लाका विभिन्न गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षहरूको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने
मंसिर १४, २०८१ शुक्रबार
अब अस्पतालहरू सेवाका आधारमा वर्गीकरण हुन्छन्ः मन्त्री पौडेल
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अर्जुनधारामा बालाचर्तुदशी मेलाको तयारी पूरा
मंसिर १४, २०८१ शुक्रबार
बागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
शुक्रबार मात्रै किन गरिन्छ लक्ष्मीको पूजा ?
मंसिर १४, २०८१ शुक्रबार
बिक्री हुन छाडे मुला
मंसिर १४, २०८१ शुक्रबार
सुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने
मंसिर १४, २०८१ शुक्रबार