कोभिड–१९ : ६१ हजारको परीक्षण, २३ हजार क्वारेन्टाइनमा
नेपालबहस संवाददाता
बैशाख २०, २०७७ शनिबार २३:३२:१५
२० बैशाख, काठमाडौं । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि सरकारले बाहिरबाट आउने शङ्कास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने काम प्रभावकारीरुपमा अघि बढाएको छ ।
प्राप्त विवरणअनुसार हाल मुलुकभर २२ हजार ९७८ व्यक्ति क्वारेन्टाइनमा रहेका छन् । सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा १३ हजार ८२३ व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ । प्रदेश नं १ मा दुई हजार ८६५, प्रदेश नं २ मा एक हजार ३९१, वाग्मती प्रदेशमा ५११, गण्डकी प्रदेशमा ६३२, प्रदेश नं ५ मा ११ हजार ३०४, कर्णाली प्रदेशमा पाँच हजार ५७१ व्यक्ति क्वारेन्टाइनमा रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
हालसम ६१ हजार बढीको स्वास्थ्य परीक्षण गरिएको छ । त्यसमध्ये पीसीआर विधिबाट १३ हजार ९८ र आरडीटीमार्फत ४८ हजार ५२९ व्यक्तिको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै एक हजार २५२ को परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदेश नं १ मा पाँच हजार २८२, प्रदेश नं २ मा पाँच हजार ६८७, वाग्मती प्रदेशमा पाँच हजार ५१५, गण्डकी प्रदेशमा पाँच हजार ४११, प्रदेश नं ५ मा चार हजार २४०, कर्णाली प्रदेशमा पाँच हजार ५७१ र सुदूरपश्चिम प्रदेशमा १३ हजार ८२३ आरडिटी परीक्षण गरिएको हो ।
हाल काठमाडौंमा चार र उपत्यका बाहिर ८५ गरी ८९ शङ्कास्पद व्यक्तिलाई आइसोलेसनमा राखेर निगरानी भइरहेको छ । मन्त्रालयले कल सेन्टरमा दुई हजार ८४ कलको सम्बोधन गरिएको जनाएको छ । अहिले स्वमूल्याङ्कन विवरण बुझाउनेको सङ्ख्या २९ हजार पुगेको छ । हाल ३१९ जना रेड जोनमा रहेका र उनीहरुलाई ट्रेसिङ गर्ने कार्य जारी रहेको छ ।
विराटनगरमा कोशी अस्पतालको प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण भइरहेकामा त्यहाँ रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट समेत परीक्षण शुरु भएकाले कूल १७ स्थानबाट सेवा थालिएको डा देवकोटाले जानकारी दिए । आज पनि कोभिड–१९ सङ्क्रमणको सङ्ख्या ५९ नै रहेको मन्त्रालयले जनाएको छ ।
जसमध्ये ४९ जना पुरुष र १० महिला छन् । हालसम्म १६ जना निको भएर फर्किएका छन् । कूल ४३ जना उपचाररत छन् । रुपन्देही, नेपालगञ्ज, भरतपुर र धनगढीमा एक-एक, वीरगञ्जमा आठ र विराटनगरमा ३१ जना उपचाररत छन् । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने
मंसिर १४, २०८१ शुक्रबार
अब अस्पतालहरू सेवाका आधारमा वर्गीकरण हुन्छन्ः मन्त्री पौडेल
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अर्जुनधारामा बालाचर्तुदशी मेलाको तयारी पूरा
मंसिर १४, २०८१ शुक्रबार
बागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
शुक्रबार मात्रै किन गरिन्छ लक्ष्मीको पूजा ?
मंसिर १४, २०८१ शुक्रबार
बिक्री हुन छाडे मुला
मंसिर १४, २०८१ शुक्रबार
सुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने
मंसिर १४, २०८१ शुक्रबार