जर्मनीले नेपाललाई बीस हजार थान पीसीआर दिने
नेपालबहस संवाददाता
बैशाख २०, २०७७ शनिबार २३:३८:२
२० बैशाख काठमाडौं । जर्मनीले कोभिड–१९ विरुद्ध जुध्न नेपाल सरकारलाई २० हजार थान पीसीआर उपलब्ध गराउने भएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिने नेपाल सरकारको प्रयासमा सघाउन जर्मनीले पहिलो चरणमा तीन हजार थान पीसीआर नेपाल ल्याइएको बताएको छ ।
यहाँस्थित सङ्घीय गणतन्त्र जर्मनीको राजदूतावासले आज एक प्रेस विज्ञप्ति जारी गर्दै बाँकी पीसीआर र अन्य उपकरण स्थलमार्ग हुँदै चीनबाट ल्याइने बताएको छ । आजै तीन हजार थान पिसीआर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।
नेपालका लागि जर्मनीका राजदूत रोलाण्ड सेफेरले महामारीको वर्तमान अवस्थामा गुणस्तरीय स्वास्थ्य उपकरणबाट सङ्क्रमण भएनभएको परीक्षण गर्नु अपरिहार्य भएकाले सहयोगस्वरुप ती उपकरण उपलब्ध गराइएको बताए।
यसैबीच जर्मनीले कोभिड–१९ प्रतिकार्यमा सघाउन जर्मन विकास सहयोगमार्फत नेपाली– जर्मनी स्वास्थ्य परियोजनाका लागि जर्मनीको आर्थिक सहयोग मन्त्रालयबाट अतिरिक्त लगानी गर्ने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार