विश्वकै उत्कृष्ट ५ महिलामा नेपालकी रुना झा !
नेपालबहस संवाददाता
बैशाख २०, २०७७ आइतबार ०:२९:५७
२० बैशाख, काठमाडौं । विश्वव्यापी कोरोना भाइरससँगको लडाईमा अग्रमोर्चामा रहेर भाइरस नियन्त्रण तथा रोकथाममा उत्कृष्ट काम गरेको भन्दै नेपाली रुना झा संयुक्त राष्ट्र संघको उत्कृष्ट पाँच महिलामा पर्न सफल भएकी छन । सयुक्त राष्ट्रसंघको यूएन वुमेनले सार्वजनिक गरेको सुचीमा , टेकुको निर्देशक डा रुना झा पनि परेकी हुन ।
झाले नेपालमा कोरोना भाइरस परीक्षणको नेतृत्व गरिरहेकी छन । झा नेतृत्वको टोलीले दैनिक ७० ओटा नमुना परीक्षण गर्छ । झाको लागि आफ्नो टोलीको सुरक्षा प्राथमिकतामा छ । यो क्रम फेब्रुअरी मध्यदेखि शुरु भएको थियो, जतिबेला उनको टोली चीनको वुहानबाट ल्याइएका १७५ नेपाली विद्यार्थीलाई राखिएको क्वारेन्टाइनमा पहिलोपटक प्रवेश गरेको थियो ।
आफ्नो टोलीले नमुना संकलनको लागि स्वयंसेवकको भूमिका निर्वाह गर्न नहिच्किचाएको उनी बताउँछिन् । उनको टोलीले पूरा रात नमुना संकलनमा बिताएको थियो र अर्को दिन १७५ जनाकै रिपोर्ट तयार पारिएको थियो ।
महामारी बढेसँगै उनीहरुको कामको चाप बढेको छ । तर उनी आफ्नो तर्फबाट कर्मचारीहरुलाई सहयोग गर्ने र मनोबल बढाउन सक्दो प्रयास गरिरहेकी छिन् । उनी आफूले कर्मचारीलाई सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको बताउँछिन् ।
अरु को-को छन त ?
संयुक्त राष्ट्रसंघको उत्कृष्ट ५ महिलामध्ये जोर्डनमा नयाँ प्रविधिको प्रयोग गर्ने अमल अल महाईराह र महाडील दबाइबेह पनि छन । यस्तै चीनको ग्रामीण क्षेत्रमा सार्वजनिक सेवा प्रदान गर्ने यान शेङ्लियान पनि यो सूचीमा परेकी छिन ।
यस्तै काजकस्तानमा हिंसामा परेकालाई सहयोग गर्ने नेमोल्चि अर्थात चुप नबसौँ अभियान पनि उत्कृष्ट ठानिएको छ । नेमोल्चिकी नेतृ डिना स्माइलोभा पनि संयुक्त राष्ट्रसंघको उत्कृष्ट ५ महिलामा पर्न सफल भएकी छन । क्यारेबियन समुदायकी र्याङ्किया हेनरी पनि यो सुचीमा परेकी छन । अमेरिकाको क्यालिफोर्नियामा रहेको एक होटलमा काम गर्ने उनी आफ्नो समुदायका नागरिकलाई कोरोनाबाट बच्न सक्दो सहयोग गरिरहेकी छन ।
कोरोनाले विश्वभर ३४ लाख मानिस संक्रमित छन । अहिलेसम्म २ लाख ४० हजारको ज्यान गइसकेको छ । विश्वव्यापी महामारी नियन्त्रणमा सहयोग गर्नेहरुलाई अन्तराष्ट्रिय संघ संस्थाले हौसला प्रदान गर्दै आएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार