सिन्धुपाल्चोकमा ढुवानीकर्ताको अनिवार्य स्वास्थ्य परीक्षण गरिने
नेपालबहस संवाददाता
बैशाख २०, २०७७ आइतबार ४:३२:५०
२० बैशाख मेलम्ची । जिल्लाभित्र विकास निर्माणका आयोजना सञ्चालन हुन थालेपछि सिन्धुपाल्चोकका स्थानीय तहले निर्माण सामग्री ढुवानीकर्ताको अनिवार्य स्वास्थ्य परीक्षण गर्ने भएका छन् । सिन्धुपाल्चोक प्रवेश गर्ने मुख्य नाका बन्देउमा चौतारा साँगाचोकगढी नगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा, यात्रु, सवारी चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गर्न थालिएको हो ।
सिन्धुपाल्चोकमा सञ्चालन हुने सबै आयोजनामा काभ्रेको बनेपासहित तराईका जिल्लाबाट रड, सिमेन्ट र फलामलगायत सामग्री ढुवानी गरिन्छ । यसरी अन्य जिल्लाबाट आएका मालवाहक सवारीसाधनमा किटनाशक औषधि छर्किएर व्यक्तिको स्वास्थ्य परीक्षण गरेर मात्र प्रवेश दिइने चौतारा साँगाचोकगढीका नगरप्रमुख अमानसिं तामाङले बताए ।
सोही नाका हुँदै दोलखा र रामेछाप जाने सवारी साधन पनि गुड्ने भएकाले सबै यात्रुको समेत परीक्षण गरेर मात्रै पठाइने प्रमुख तामाङले उल्लेख गरे । लकडाउनको अवधि बढ्दै गएपछि जिल्लामा रोकिएका विकास निर्माणका कार्यलाई निरन्तरता दिने निर्णय गरेसँगै मालवाहक सवारी साधानको आवतजावत बढेको छ । गाउँमा अन्य जिल्लाबाट सवारीसाधन आउन थाले पनि स्थानीय त्रसित भएका थिए । त्यसैले जिल्लामा कोरोना भित्रिन नदिन स्थानीयलाई समेत आश्वस्त बनाउन यस्तो काम थालिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार