सिटिजन्स बैंकले गर्न सकेन प्रगति, वितरणयोग्य मुनाफामा पहिरो, संचित मुनाफा ६४ प्रतिशतले घट्दा संचालन जोखिम १० कराेड पुग्याे
![आर्थिक संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_jYm4x4A9NS.jpeg
)
आर्थिक संवाददाता
बैशाख २२, २०७७ मंगलबार १:१:४०
![](https://nepalbahas.prixacdn.net/media/albums/citizen-bank-logo-photo_DJUr4uFkxW.jpg)
२२ वैशाख, काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेशनलले आर्थिक वर्ष ०७६/७७ को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलाे वाणिज्य बैंक भएपनि कम्पनीले राम्रो वित्तीय विवरण निकाल्न भने सकेन ।
उच्च पदमा रहेका सबै कर्मचारीहरुले बैंकबाट आर्कषक तलब भत्ता तथा सेवा सुविधाहरु उपयोग गरिरहेका छन् तर सोही अनुपातमा बैंकले प्रगति भने गर्न सकेको छैन् । कर्मचारी खर्च वृद्धिको तुलनामा बैंकले आफ्नो प्रमुख आम्दानीको श्रोतमा वृद्धि ल्याउन सकेको छैन । बैंककाे हरेक त्रैमासमा वितरणयोग्य मुनाफा घटेको देख्दा लगानीकर्ताहरु निकै निराश भएका हुन थालेका छन् ।
बैंकमा संचालक समितिकाे अध्यक्षमा बैंकका संस्थापक सीईओ राजनसिंह भण्डारी छन् । बैंकको नयाँ संचालक समितिमा प्रतिष्ठित व्यवसायी प्रवलजंग पाण्डेदेखि चर्चित बैंकर सुदेश खालिङ, प्रकाशचन्द्र मैनाली, बिजयध्वज कार्की, साजन शर्मा, सीता कार्की केसी रहेका छन् ।
त्यस्तै बैंकको उच्च व्यवस्थापनमा सीईओ गणेशराज पोखरेलदेखि डेपुटी सीईओमा बोधराज देवकोटा रहेका छन् । यस बैंकमा चार चार जना त सहायक प्रमुख कार्यकारी अधिकृत नै छन् । जसमा रामधन श्रेष्ठ, सुमितबाबु खत्री, पारशकुमार काफ्ले र उमंग शर्मा छन् । यस्तै संजीव कुमार श्रेष्ठ र प्रमेशराज कायस्थ पनि बैंकको उच्च तहमा कार्यरत रहेका छन् ।
बैंकका ठुला शेयरधनी :
२०७६ असार मसान्तसम्मको तथ्याङ्क हेर्दा ० दशमलव ५ प्रतिशत भद्ना धेरै स्वामित्व रहेका ३४ जना शेयरधनी रहेका छन् । जसमध्ये सिटिजन इन्भेस्टमेन्टको नाममा सर्वाधिक ३७ लाख ६१ हजार कित्ता शेयर रहेको छ ।
कम्पनीको आर्थिक वर्ष ०७६/७७ को तेश्रो त्रैमास र आर्थिक वर्ष ०७५/७६ को तेश्रो त्रैमासलाई दाँजेर हेर्दा :
खुद ब्याज आम्दानीमा सामान्य वृद्धि :
बैंकको प्रमुख आम्दानीको श्रोतकाे रूपमा रहेको खुद ब्याज आम्दानीमा सामान्य वृद्धि देखिएको छ । बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा २ अर्ब २४ करोड खुद व्याज आम्दानी गरेकोमा गत आर्थिक वर्षको तेश्रो त्रैमासमा कम्पनीले २ अर्ब ८ करोड खुद व्याज आम्दानी गरेको थियो । यसरी खुद व्याज आम्दानी ८ प्रतिशतले मात्र वृद्धि भएको छ । प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानीमा ठूलो वृद्धि आउँन नसक्दा कम्पनीले तेश्रो त्रैमासको वित्तीय विवरण आकर्षक निकाल्न सकेन ।
खुद मुनाफामा नगन्य वृद्धि :
संचालन मुनाफामा सामान्य २ प्रतिशतको वृद्धि भएसंगै कम्पनीको खुद मुनाफा पनि सामान्य २ प्रतिशतले मात्र वृद्धि भएको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमासमा १ अर्ब ६ करोड खुद मुनाफा गरेको कम्पनीले अहिले भने जम्मा १ अर्ब ९ करोड मात्र खुद मुनाफा गरेको छ । यसरी खुद मुनाफामा २ प्रतिशतको मात्र वृद्धि देखिएको छ । कम्पनी तेश्रो त्रैमाससम्म आइपुग्दा संचालन जोखिम बापत भने धेरै नै व्यवस्थापन गर्नु परेको छ । गत आर्थिक वर्षको चैत्र महिनासम्म ७६ लाख ८५ हजार जोखिम बापत व्यवस्थापन गर्नु परेकोमा यस त्रैमाससम्म आईपुग्दा १० करोड पुगेको छ । यसरी जोखिमका लागि निकै ठूलो रकम व्यवस्थापन गर्नु पर्दा बैंकको नाफामा असर परेको देखिन्छ ।
जगेडा कोष वृद्धि हुँदै संचित मुनाफा घट्दै :
कम्पनीको जगेडा कोषमा २४ प्रतिशतको वृद्धि भएको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमासमा २ अर्ब ८२ करोड रहेको जगेडा कोष अहिले ३ अर्ब ४९ करोड पुगेको छ । तर संचित मुनाफा भने ६४ प्रतिशतले घट्दै ४५ करोड ३३ लाख पुगेको छ । शेयर प्रीमियम शिर्षकमा भने कुनै रकम नै छैन ।
निक्षेप र कर्जा प्रवाहमा सन्तुलित वृद्धि :
बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमास र अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासलाई आधार मान्दा बैंकको निक्षेप संकलन १० प्रतिशतले मात्र वृद्धि गर्न सफल भएको छ भने कर्जा प्रवाह १९ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा ७७ अर्ब ८३ करोड निक्षेप संकलन गरी ७५ अर्ब १ करोड कर्जा प्रवाह गरेको छ ।
प्रतिशेयर आम्दानी आकर्षक हुन सकेन :
खुद मुनाफामा ठुलो वृद्धि नभएसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि वृद्धि हुन् सकेन । कम्पनीको अहिलेको प्रतिशेयर आम्दानी १६ रुपैंया ८७ पैसा मात्र रहेको छ ।
मूल्य आम्दानी अनुपात १० गुणा:
कम्पनीको अन्तिम बजार मूल्य १८० लाई आधार मान्दा कम्पनीको मूल्य आम्दानी अनुपात १० दशमलव ६७ गुणा आउँछ । कम्पनीको बजार मूल्य र प्रतिशेयर आम्दानीलाई आधार मान्दा कम्पनी “अण्डरभ्यालुड” जोनमा रहेको देखिन्छ ।
खराब कर्जा घटाउन सफल:
गत वर्ष तेश्रो त्रैमासमा १ दशमलव ५८ प्रतिशत रहेको खराब कर्जा अहिले भने १ प्रतिशत भन्दा केही कममा आएको छ । प्रकाशित रिपोर्ट अनुसार कम्पनीको खराब कर्जा ० दशमलव ९७ प्रतिशत रहेको छ ।आधार व्याजदर घट्यो :
कम्पनीले आधार व्याजदर घटाउन सफल भएको छ । कम्पनीको अहिले आधार व्याजदर ९ दशमलव ८८ प्रतिशत रहेको छ ।
वितरणयोग्य मुनाफा:
कम्पनीको तेश्रो त्रैमाससम्म वितरणयोग्य मुनाफा ४१ करोड ९ लाख मात्र रहेको छ । त्यस्तै गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीको वितरण योग्य मुनाफा ६६ करोड ५ लाख रहेको थियो । यसरी वितरण योग्य मुनाफामा निकै ठुलो गिरावट आएको छ । कम्पनीको वितरण योग्य मुनाफालाई शेयर संख्याले भाग गर्दा ६ दशमलव ३४ प्रतिशत आउछ । यो अनुपात गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म भने १० दशमलव ४९ प्रतिशत थियो ।
घट्दो क्रममा लाभांश :
कम्पनीकाे लाभांश दर घट्दै छ । अहिलेकै हिसाबमा बैंक चौथो त्रैमाससम्म जाने हो भने अर्को वर्ष पनि लगानीकर्ताले खासै आकर्षक लाभांश नपाउने देखिन्छ ।
तलव भत्ता भने १५ प्रतिशतले बढ्यो
प्रमुख आम्दानीको श्रोत व्याज आम्दानी ८ प्रतिशतले वृद्धि भएको छ र खुद मुनाफा जम्मा २ प्रतिशतले वृद्धि भएको अवस्थामा कम्पनीले तलव भत्ता शिर्षकमा भने १५ प्रतिशतको वृद्धि देखाएको छ । तलव भत्तामा तेश्रो त्रैमाससम्म ७८ करोड ७३ लाख पुगेको छ ।
निस्कर्ष:
यसरी लकडाउनमा वित्तीय विवरण निकाल्न सफल भएको यस बैंकले राम्रो वित्तीय प्रतिवेदन निकाल्न तेश्रो त्रैमासमा पनि असफल भएको छ । खुद मुनाफामा सामान्य वृद्धि गरेको बैंकले वितरणयोग्य मुनाफामा ठुलो गिरावाट आउनु राम्रो पक्षको रुपमा लिन सकिंदैन । अहिलेकै वित्तीय विवरणमा अघि बढ्ने हो भने आर्थिक वर्ष ०७६/७७ मा लगानीकर्ताले निकै थोरै लाभांश पाउने देखिन्छ । कम्पनीले चैत्र महिनासम्म राम्रो प्रदशन गर्न नसेकोमा कोरोनाको असरले आगामी दिनमा बैंकलाई थप चुनौती थपिएको छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार