कांग्रेसका युवानेता भण्डारीको चेतावनीपछि लकडाउनमा शैक्षिकसत्र सुरु गर्न सरकार तयार
नेपालबहस संवाददाता
बैशाख २१, २०७७ आइतबार १४:११:७
२१ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका युवानेता क्षितिज भण्डारीले लकडाउनले देशको भबिष्य नै अन्धकारमा परेको बताउदै शिक्षा मन्त्रालय र मन्त्रीलाई एजुकेसन गेम चेन्जर रोडम्यापसहित चेतावनी दिएका छन् । सरकार र पार्टीले अनुमति दिए आफूसहित नेपाली कांग्रेसका १ लाख तरुण विद्यार्थीलाई ६ महिना निशुल्क टोल स्वयंसेवक शिक्षक बनेर राष्ट्रका कर्णधार बालबालिका र क्याम्पसका विद्यार्थीलाई शिक्षाको उज्यालो ज्ञान छर्ने सेवा गर्न तयार रहेको बताएका छन् ।
नेपालको शैक्षिक सुधार आन्दोलनमा दुई दशक नेतृत्व दिई हाल काठमाडौं मेडिकल कलेज र ईन्जिनियरिङ क्याम्पसको संचालक समेत रहेका नेबिसंघका पुर्ब कावा केन्द्रीय अध्यक्ष भण्डारीले सरकारले कोरोना संकटलाई अवसरमा बदल्दै परम्परागत बेरोजगारी बढाउदै र युवालाई खाडी पठाउने रटन्ते शिक्षा प्रणालीलाई बदल्दै नयाँ युगमा प्रबेशको उद्घघोष शिक्षा मन्त्री र मन्त्रालयले नगर्ने हो भनेर आफुहरु एजुकेशन गेम चेन्जर रोडम्यापसहित खुला असहयोग गर्न तयार रहेको चेतावनी दिएका हुन् ।
शिक्षाबिज्ञ युवानेता भण्डारीले आज धनीवर्ग र हुनेखाने नेताकर्मचारी, ब्यापारीका छोराछोरीले महँगो बोर्डिङमा बच्चा पढाउने तर गरिबलाई हरेक बर्ष शैक्षिकसत्र भन्दा ढिलो जनक शिक्षामा पुस्तक छाँपेर बाडेर निस्किएको झिनो परिणामको लागि खर्बौ रकम र समयको बर्बादी रोक्नुपर्ने बताउँछन । निजी स्कुल र क्याम्पस भन्दा सरकारी शिक्षाको रिजल्टमा फेल झै ग्रेड ल्याउने काम बन्द गर्दै सेमेस्टर प्रणालीको झै शुरुमा अलिअलि बिरोध भएपनि नडराईकन डिजिटल ई शिक्षा आत्मसात गर्न शिक्षा मन्त्रालयलाई सुझाएका छन् । भण्डारी भन्छन्, राज्यको कुल बजेटको अर्बौं रुपियाँ सरकारी बिधालयमा खर्च गर्दा भ्रष्टाचार र अदक्ष नियुक्तिले अपेक्षित परिणाम निस्किएन ! उल्टै ब्रेन ड्रेन, बेरोजगारी र भारतदेखि खाडी मुलुकमा पलायन बढेकोले बिकल्पमा देशको बिपन्न बर्गका विद्यार्थीलाई निशुल्क ल्यापटप र ईन्टरनेट प्याकेज दिएर भर्चुअल शिक्षा दिनु अनिवार्य भएको छ ।
अब नयाँ शैक्षिक प्रणाली अनुसार ५०५ डीजीटल शिक्षा र ५०५ प्रयोगात्मक, नैतिक र योग शिक्षा दिई हरेक नागरिकलाई ईच्छानुसार पेशालाई केन्द्रित गरेर टोलछिमेक मै प्राविधिक तालिम शिक्षा दिईनुपर्छ ‘जस्तै घरमै मै मास्क’ सेनेटाईजर निर्माण, स्वास्थसेवा प्रशिक्षण, बिजुली वायरिङ्ग, प्लम्बिङ्ग, सजावट सामाग्री निर्माण, कृषि-फलफूल तरकारी उपज, गाडी, वाईल्डिङ्ग, मोबाइल आदि ईलोक्ट्रोनिक्स मर्मत, कुकिङ्ग र साईन्टेफिक प्रयोग आदि दिनु पर्छ ।
त्यसैले नयाँ बजेटमा सरकारले ढिलो नगरिकन नेपाल टेलिकम र सबै निजी ईन्टरनेट सेवाप्रदायक कम्पनीलाई करमा कट्टा सम्झौता गरि विद्यार्थीलाई पढन चाहिनेसम्मको ईन्टरनेट निशुल्क गर्नुपर्छ । हिमाल, पहाड र तराईका गाउँकान्दाराको टोलमा उपलब्ध घुम्ती स्वयंसेवक शिक्षकमार्फत कम्तिमा अफ्ट्यारो ४ बिषयको भएपनि सामाजिक दुरीसहितको टोलछिमेक पढाई अबिलम्ब शुरु गर्न निजी तथा सरकारी बिधालय र क्याम्पसलाई मेरो आव्हान छ । नेपालमा ईन्टरनेटको पहुँच बाहिरको ग्रामिण क्षेत्रमा सरकारले नेटवर्क क्षमता बढाउदै मूल्य पनि घटाउनुपर्छ ।
लकडाउनमा अत्यावश्यक सामानहरु, बीउ-मलखाद बितरण, बैंकिङ्ग सेवा, स्वास्थ्य सेवासंगै पढाउनलाई सामुदायिक घुम्ती शिक्षा ‘मोबाइल एम्बुलेन्स’ एउटै गाडी बाट संचालन गरेर खर्च ब्यवस्थापन गर्न प्रदेश र स्थानीय तहलाई बजेट बिनियोजित गर्दै संघिय सरकारले कडा निर्देशन दिनुपर्छ । एसईई, उच्च माबी र क्याम्पस तहको सबै परिक्षा दशैतिर गर्ने गरि नयाँ शैक्षिकसत्र डिजिटलसेवा मार्फत प्रारम्भ गर्न बिज्ञहरुको सुझाव लिएर अनि शिक्षित अभिभावकलाई समेत जिम्मेवारी दिएर अघि बढ्नुपर्छ । अझै केही महिना कोरोनाले विद्यालयर क्याम्पस खोल्न संभावना नभए देशभर उपलब्ध शिक्षक र प्राध्यापक बाहेक थप अनि आवश्यक स्वयंसेवक शिक्षकको लागि नेपाली कांग्रेसले सहयोग गर्ने नेता भण्डारीको दाबी छ ।
नेपालको पटकपटक लोकतान्त्रिक आन्दोलनको लागि लडेको कांग्रेस अनि नेबिसंघ, तरुण दलसहित सबै भातृ र शुभेच्छुक संघसंगठनले नागरिकको शिक्षाको अधिकार कुन्ठित हुन नदिन सरकारले अनुरोध गरे वा अनुमती दिएमा प्राबिधिक शिक्षासहित सबै खाले स्वयंसेवक दिनलाई कांग्रेस नेता भण्डारीले एजुकेशन गेम चेन्जर रोडम्याप चेतावनीसहित दिएपछि अहिले सर्वत्र समर्थनको लहर देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने
मंसिर १४, २०८१ शुक्रबार
अब अस्पतालहरू सेवाका आधारमा वर्गीकरण हुन्छन्ः मन्त्री पौडेल
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
तातोपानी कुण्डमा स्नान गर्दै
मंसिर १४, २०८१ शुक्रबार
अर्जुनधारामा बालाचर्तुदशी मेलाको तयारी पूरा
मंसिर १४, २०८१ शुक्रबार
बागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
शुक्रबार मात्रै किन गरिन्छ लक्ष्मीको पूजा ?
मंसिर १४, २०८१ शुक्रबार