लकडाउनमा स्वास्थ्यकर्मीलाई दैनिक एक हजार भत्ता !
नेपालबहस संवाददाता
बैशाख २२, २०७७ सोमबार १८:४:५७
२२ बैशाख, जुम्ला । मुलुकभर फैलिँदो कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्न डेढ महिनादेखि देश लकडाउनमा छ । सङ्घीय सरकारभन्दा एक दिनअगावै गत चैत १० गते नै जुम्लाका सरोकारवाला निकायको सक्रियतामा लकडाउन घोषणा गरिएको थियो ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अहिले स्वास्थ्यकर्मी अग्रपङ्तिमा छन् । उनीहरुलाई यस महामारीविरुद्धको विशाल अभियानमा उत्प्रेरित गर्न दैनिक भत्ताको व्यवस्थापन गरिएको छ । जुम्लाको चन्दननाथ नगरपालिकाले यस महामारीविरुद्धको अभियानमा स्वास्थ्यकर्मीलाई उत्प्रेरित गर्न दैनिक रु एक हजारको भत्ताको व्यवस्थापन गरेको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले बताए । उनले भने, “नगरपालिकाले कार्यपालिकाको निर्णय गरी दैनिक भत्ताको व्यवस्थापन गरेको हो ।”
त्यसैगरी नगरपालिकाले पालिकाको सिमानामा पर्ने कर्णाली राजमार्गअन्तर्गत गमगाडमा हेल्थ डेस्क स्थापना गरेको छ । अन्य गाउँपालिका र जिल्ला बाहिरबाट आउने नागरिकको स्वास्थ्य परीक्षण गर्नका लागि हेल्थ डेस्क स्थापना गरिएको जनस्वास्थ्य निरीक्षक महतले बताए।
दमकलमार्फत पानी
नगरपालिकाले सदरमुकाम खलङ्गा आसपासका उपभोक्तालाई तिला नदीको पानी उपलब्ध गराएको छ । दमकलमार्फत पानी ल्याएर उपभोक्तालाई पानी उपलब्ध गराइएको हो । दुई हप्तादेखि बजारमा नियमितरुपमा धारामा पानी नआएपछि सरसफाइका लागि दमकलमार्फत तिला नदीको पानी ल्याएर उपभोक्तालाई उपलब्ध गराउनुपरेको नगरप्रमुख कान्तिका सेजुवाल बताए ।
उनले भने, “नदीको पानी पिउनयोग्य छैन, तर सरसफाइ गर्न, तरकारी बारीमा सिँचाइ गर्न, शौचालयमा प्रयोग गर्न र कपडा धुन यो पानी प्रयोग हुनेछ ।” लकडाउन सँगसँगै जुम्लामा दुई हप्तादेखि पानीको अभाव भएको छ ।
खलङ्गा खानेपानी उपभोक्ता समितिले सञ्चालन गर्दै आएको खानेपानीको पाइप ठिन्के उर्थु्र सडक खन्ने क्रममा डोजरले पाइप काटेपछि पानी धारामा नआएको हो । खलङ्गा खानेपानी उपभोक्ता समितिका महासचिव मीनबहादुर थापाका अनुसार विकास निर्माणका काम गर्दा खानेपानीका पाइपलाई ध्यान नदिँदा समस्या भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने
मंसिर १४, २०८१ शुक्रबार
अब अस्पतालहरू सेवाका आधारमा वर्गीकरण हुन्छन्ः मन्त्री पौडेल
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अर्जुनधारामा बालाचर्तुदशी मेलाको तयारी पूरा
मंसिर १४, २०८१ शुक्रबार
बागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
शुक्रबार मात्रै किन गरिन्छ लक्ष्मीको पूजा ?
मंसिर १४, २०८१ शुक्रबार
बिक्री हुन छाडे मुला
मंसिर १४, २०८१ शुक्रबार
सुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने
मंसिर १४, २०८१ शुक्रबार