स्वास्थ्यकर्मीको सम्मानमा वैशाख २५ गते बेलुकी दीप प्रज्वलन गरिने
नेपालबहस संवाददाता
बैशाख २३, २०७७ बुधबार ४:१२:१८
२३ बैशाख, काठमाडौं । सरकारले कोरोनाबाट बचाउने स्वास्थ्यकर्मीको सम्मानमा वैशाख २५ गते बेलुकी दीप प्रज्वलन गर्न सबैलाई आग्रह गरेको छ ।
मंगलबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले बैशाख २५ गते बेलुकी ७ बजे कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मी, सञ्चारकर्मी, स्वयमसेवक लगायतको सम्मानमा दीप प्रज्वलन गर्न आह्वान गरेको हो ।
२५ गते वुद्धजयन्ती पनि परेको छ । त्यस दिन लुम्बिनीमा नेपालले अन्तर्राष्ट्रिय वौद्ध सम्मेलन पनि आयोजना गरेको थियो । तर कोरोना भाइरसको महामारीका कारण स्थगित भएको छ । सम्मेलन स्थगित भएपनि बुद्धजयन्तीलाई कोरोना भाइरसको लडाईविरुद्ध एक हुन दीप प्रज्ज्वलन गर्नुपर्ने सरकारको धारणा छ ।
नेपालमा अहिलेसम्म संक्रमित ८२ जनामध्ये १६ जना उपचारपछि घर फर्किएका छन । हालै तिब्र रुपमा कोरोना परीक्षण गरेको भन्दै संयुक्त राष्ट्र संघले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झालाई कोरोना भाइरसविरुद्धको अभियानमा लागेकामध्ये संसारकै उत्कृष्ट ५ महिलामा छनौट गरेको थियो ।
यसअघि सरकारले नयाँ बर्षको दिन पनि कोरोना भाइरसविरुद्धको लडाईमा अग्रमोर्चामा खटिएकाहरुको सम्मानमा दीप प्रज्ज्वलन गर्न आह्वान गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै
जेठ १४, २०८१ सोमबार
रौतहटमा दर्जनौं अवैध अस्पतालले बिरामीसँग लाखौं रकम लुट्दै, नियमनकारी निकाय मौन
जेठ १४, २०८१ सोमबार
भक्तपुर अस्पतालमा पाठेघरको निःशुल्क उपचार
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र : अध्यक्ष ओली
जेठ १५, २०८१ मंगलबार
कालीगण्डकीको कटान रोकथाम गर्न पर्खाल निर्माण
जेठ १५, २०८१ मंगलबार
सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
जेठ १५, २०८१ मंगलबार
प्रिमियर लिगमा फर्किए यी तीन क्लब
जेठ १५, २०८१ मंगलबार
भावी रणनीति बनाउन देउवाले बोलाए विपक्षी दलहरुको बैठक
जेठ १५, २०८१ मंगलबार