बर्दियाको कर्णाली चिसापानी पुल र सीमानाकामा कडाइ
नेपालबहस संवाददाता
बैशाख २४, २०७७ बुधबार १६:४:५८
२४ बैशाख, बर्दिया । बाँके र कैलालीमा कोरोना संक्रमित पुष्टि भएसँंगै बर्दिया जिल्लामा सजगता अपनाउन थालिएको छ । सीमा जोडिएका ती जिल्लामा संक्रमित पुष्टि भएपछि बर्दियामा सजगता अपनाउन कडाइ थालिएको हो । जिल्ला जिल्ला प्रशासन कार्यालय बर्दियाले सजगता अपनाउँदै सीमानाकामा आउजाउ कडाइ गरेको छ ।
जिल्लामा संक्रमण हुन नदिन बाँकेबाट हुँदै आएका सबै किसिमका सवारी साधनका जाँचमा कडाइ गर्दै हरियो तरकारी, फलफूल, कोइला, तोरी र जंकफुड भित्र्याउने ढुवानीका साधनलाई तत्काललाई रोक लगाइएको प्रशासनले जनाएको छ । जिप्रकाका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिले बाँके जिल्लाबाट हुने आवागमन तथा ढुवानीमा भइरहेको जाँचलाई थप कडाइ गरी बाँकेतर्फबाट आउने ती वस्तु ढुवानी गर्न तत्काललाई रोक लगाएको हो ।
त्यस्तै लकडाउन अवधिभर खाद्यान्न ढुवानी र खाली सवारी साधन, निर्माण र अन्य उपभोग्य सामग्री, कुखुरा, अण्डा, दाना तथा कृषिमललगायत चार पांग्रे सवारी साधनबाट हुने ढुवानी बेलुकी ७ बजेपछि मात्र गर्न पाइने जनाइएको छ । बाँके नेपालगञ्ज नाका जोड्ने नगरपालिका, गाउँपालिका र छिमेकी जिल्लामा कोरोना संक्रमित बढेसँगै बर्दियामा उच्च सतर्कता अपनाइएको बढैयाताल गाउँपालिकाका अध्यक्ष लालवहादुर श्रेष्ठले बताए। त्यसैगरी बाँसगढी नगरपालिकामा पूर्वपश्चिम राजमार्गमा पर्ने बाँके जोड्ने सीमानाकामा मानखोलाको पुलमा जाँच कडाइ गरिएको बाँसगढी नगरपालिका प्रमुख शालिकराम अधिकारीले बताए ।
त्यसै गरी कैलाली जिल्ला जोड्ने सीमानाका, राजापुर नगरपालिकाका सम्पूर्ण नाका सत्तिघाट कर्णालीको पुलबाट आउजाउ कडाइका साथ बन्द गरिएको राजापुर नगर प्रमुख शिव थारुले जानकारी दिए । ठाकुरबाबा नगरपालिकाले पनि कैलाली जिल्ला जोड्ने बर्दियाको कर्णाली चिसापानी पुल र नगरका सम्पूर्ण नाका कडाइका साथ बन्द गरिएको नगर प्रमुख घननारायण श्रेष्ठले जानकारी दिए । मधुवन नगरपालिकाले कोठीयाघाट पुलमा बार लगाएर आवतजावत बन्द गरेको छ भने डल्ला गाउँ प्रवेश गर्ने सडकमा बार लगाएर आवतजावत ठप्प पारिएको छ ।
त्यस्तै बारबर्दिया नगरपालिकाले बारबर्दिया र मधुवन नगरपालिका जोड्ने कुसुम्माघाटको झोलुंगे पुलमा ताला लगाएर आवागमन बन्द गरेको छ । बाँकेबाट हुने आवागमन र ढुवानीमा रोक र सीमानाकामा जाँचमा थप कडाइ गरिएको बर्दियाका प्रजिअ प्रेमनाथ लामिछानेले बताए। जिल्ला प्रशासन कार्यालय बर्दियाले कोही व्यक्ति भारत वा तेस्रो मुलुक वा संक्रमण देखिएको जिल्लाबाट लुकिछिपी आएमा त्यसको सूचना नजीकको सुरक्षा वा स्थानीय निकायमा जानकारी दिन सबैसँग आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले यसअघि नै कैलाली र भारततर्फका नाकामा कडाइ गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार