सर्वसाधारणबाटै लकडाउन उल्लङ्घन गर्ने क्रम बढ्यो
नेपालबहस संवाददाता
बैशाख २४, २०७७ बुधबार २१:२२:३९
२३ बैशाख, पाँचथर । पाँचथरमा सर्वसाधारणबाट लकडाउनको प्रभावकारी कार्यान्वयनमा असहयोग भएको छ । सर्वसाधारणकै हितका लागि कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न लकडाउन जारी गरिएको भए पनि यहाँ सर्वसाधारणबाट लकडाउन उल्लङ्घन गर्ने क्रम बढ्दो छ । बजारी तथा ग्रामीण इलाकामा बढेको लकडाउन उल्लङ्घनले सङ्क्रणको जोखिम बढाएको छ । कोरोना भाइरस सङ्क्रमणको लामो समयपछि समेत कोभिड–१९ का लक्षणहरु देखिने हुँदा लकडाउन उल्लङ्घनले समस्या निम्तन सक्ने भन्दै प्रशासनले लकडाउनको प्रभावकारी कार्यान्वयनमा सघाउ पु¥याउन जिल्लावासीलाई अपिल गर्दै आएको छ ।
जिल्लाको सदरमुकाम फिदिममै अत्यावश्यकबाहेकका बजार पसलसमेत खोल्ने, अनावश्यक भीडभाड गर्ने तथा सवारी साधन सञ्चालन गर्ने क्रम बढेको छ । सदरमुकाममा अत्यावश्यकबाहेकका शृङ्गार, लत्ताकपडा, निर्माण सामग्रीलगायत पसलसमेत आंशिकरूपमा खुल्न थालेका छन् । प्रहरीले कडाइ गरेको समयमा यस्ता पसल बन्द गर्ने र प्रहरीको आँखा छलेर खोल्ने क्रम बढ्दो छ । प्रहरीले दैनिकरूपमा गस्ती गर्नुका साथै सर्वसाधारण तथा व्यवसायीलाई समेत तुल्याउँदै आएको भए पनि लकडाउन कार्यान्वयनमा सर्वसाधारणबाट सहयोग भएको छैन ।
यहाँका सानादेखि ठूलासम्म किराना पसल विगतबाटै आंशिकरूपमा खुल्दै आएकामा पछिल्लोपटक अन्य पसलसमेत खुल्न थालेका हुन् । यहाँ धेरै किराना पसल तथा स–साना होटल एकै स्थानबाट सञ्चालित छन् । जसकारण धेरै मानिस भेला हुने तथा भीडभाड हुने गरेको छ । सुरक्षा निकाय, स्थानीय तह, निजी क्षेत्रलगायतले लकडाउनको प्रभावकारी कार्यान्वयनमा सहयोग गरी कोभिड–१९ को सङ्क्रमणबाट बच्न सहयोग गर्न सर्वसाधारणलाई नियमितजसो अपिल गर्दै आएका छन् ।
यस्तै यहाँका ग्रामीण सडकमा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधन सञ्चालन गर्ने क्रमसमेत बढिरहेको छ । प्रहरीको आँखा छलेर अत्यावश्यक काम नहुनेले समेत सवारी साधन सञ्चालन तथा प्रयोग गरिरहेका छन् । यस्तै खाद्यान्नलगायत अत्यावश्यकीय काममा खटिएका सवारीका साधनले समेत यात्रु बोक्ने गर्नाले सङ्क्रमणको जोखिम बढेको हो । प्रहरीले दैनिकजसो अत्यावश्यक काममा बाहेक सञ्चालित सवारी साधन नियन्त्रणमा लिने गरेको छ । तर, जनप्रतिनिधि तथा अन्य पहुँचवालाको दबाबमा नियन्त्रणमा लिइएका सवारी साधन एक-दुई दिनमै छाड्ने क्रमले सवारी साधन सञ्चालन निर्वाधजस्तै बनेको छ ।
लकडाउनको प्रभावकारी कार्यान्वयनका लागि सुरक्षा निकायले मेची राजमार्ग, पुष्पलाल ‘मध्यपहाडी’ लोकमार्ग र अन्य मुख्य सडकहरुमा नियमित गस्ती तथा अनुगमन गर्दै आएको सहायक प्रमुख जिल्ला अधिकारी निर्मल तुम्रोकले जानकारी दिए । यस क्रममा सवारीका कारण राजमार्ग क्षेत्रमा कोभिड–१९ को सङ्क्रमण फैलन सक्ने भन्दै सुरक्षा निकायले सचेत तुल्याउन थालेका छन् ।
यद्यपि यहाँ निसङ्क्रमण, सचेतना तथा सतर्कता, लकडाउनको प्रभावकारी कार्यान्वयन, अत्यावश्यक सवारी साधन सञ्चालनमा रोक लगाउने कार्यमा स्थानीय तहहरुको प्रभावकारी भूमिका देखिएको छैन । अत्यावश्यक क्षेत्रका लामो दूरीका सवारीका साधनमा निसङ्क्रमण गरिएको छैन । सडक तथा बजारी क्षेत्रमा सचेतना र सतर्कताका लागि प्रभावकारी काम भएको छैन । निसङ्क्रमण तथा सचेतना अभावले राजमार्ग क्षेत्रमा सङ्क्रमणको त्रास कायम रहेको छ । जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाले स्थानीय तहहरुलाई कोभिड–१९ नियन्त्रण तथा रोकथाममा सबै शक्ति प्रयोग गर्न आग्रह गरिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
अमेरिकी राष्ट्रपतिको तलब कति हुन्छ ?
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
पृथ्वीराजमार्गमा दुई लेनको ६३ किमी सडक कालोपत्र
कात्तिक २०, २०८१ मंगलबार
लुम्बिनीका मुख्यमन्त्री आचार्य चीन जाँदै
कात्तिक २०, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट एक जनाकाे मृत्यु
कात्तिक २०, २०८१ मंगलबार
विदासहित जोडर लामिछानेको म्याद १० दिन थपियो, २३ गतेसम्म कास्की हिरासतमै रहने
कात्तिक २०, २०८१ मंगलबार
सर्लाहीको बगुवा खोलाबाट गाँजासहित दुई जना पक्राउ
कात्तिक २०, २०८१ मंगलबार
पोखरामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
कात्तिक २०, २०८१ मंगलबार