लकडाउन थपिएकै दिन १७ जनामा कोरोना संक्रमण !
नेपालबहस संवाददाता
बैशाख २४, २०७७ बुधबार २२:३७:१६
२४ बैशाख, काठमाडौं । लकडाउन थप १० दिन थपिएकै दिन बीरगञ्जमा एकैचोटी १७ जना कोरोना संक्रमित भेटिएका छन् । जसमा दुई महिने शिशु पनि रहेकी छन् । आज १७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनाको रिपोर्ट पोजिटभ आएको उनले बताए । संक्रमितहरु २ महिनादेखि ६६ वर्षसम्मका भएको पनि उनले जानकारी दिए । संक्रमण पुष्टि भएकाहरुमध्ये १० जना पुरुष र ७ जना महिला रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।
बुधबार नै कोशी अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमित भारतीय नागरिक डिस्चार्ज भएसँगै निको हुनेको संख्या २२ पुगेको छ । यद्दपि उपचाररत संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार