लकडाउनमा अनुगमन तीब्र, मूल्यबिनाको सूचीले ठगिदै उपभोक्ता
नेपालबहस संवाददाता
बैशाख २४, २०७७ बिहिबार ०:४१:१५
◊ धीरुभाइ
२४ बैशाख, सप्तरी । कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले जारी राखेको लकडाउनको मौकाछोपी कालोबजारी भइरहेको उपभोक्ताबाट गुनासो बढेको छ । उपभोक्ताबाट यस्तो गुनासो आउन थालेपछि सप्तरीमा खाद्यान्न पसलहरुको संयुक्त अनुगमन थालेको छ ।
कालोबजारीलाई नियन्त्रण गर्न, सुपथ मूल्यमा उपभोग्यबस्तु खरिदबिक्री गर्न, सरल र सहज रुपमा उपभोक्ताले उपभोग गर्न पाउने उद्देश्यले जिल्लाका बजारहरुका खाद्यान्न पसलहरुको अनुगमन गरेको हो । पछिल्लो तीन दिन यता करिब एक दर्जन पसलमा अनुगन गर्दा कुनैपनि पसलमा मूल्यसहितको सूची पाइएको छैन । अनुगमन टोली पुगेपछि कालोबजारी गरिने व्यापारीहरुले पसल बन्द गरी भाग्ने गरेको पाइएको छ ।
कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले निरन्तर जारी राखेको लकडाउनको मौकाछोपी कालोबजारी भइरहेको उपभोक्ताबाट गुनासो आउन थालेपछि बजार अनुमनलाई तीब्र पारेको हो । जिल्लाको राजविराज, हनुमाननगर कंकालीनी नगरपालिकाको हनुमाननगर, भारदह बजारका पसलहरुमा अनुगमन गरेको छ ।
कुन-कुन पसलमा भयो अनुगमन ?
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजको अगुवाईमा खटिएको संयुक्त अनुगमन टोलीले हनुमाननगर बजार स्थित माँ कंकालीनी किराना पसल, श्रीबाबा किराना पसल, नारायणी खाद्य उद्योग, अशोक स्टोर, भारदह स्थित सुखसेन किराना पसल, माँ सरस्वती फुड प्रोडक्ट, ओमप्रकाश सप्लायर्स लगायतमा अनुगमन गरेको छ । अनुगमन गरिएको पसलहरुमा मूल्यसूची नरहेको, बील भौचर दुरुस्त नरहेको पाइएपछि आवश्यक कारबाहीका लागि तीन दिनभित्र कार्यालयमा उपस्थित हुन पत्र काटेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिए ।
ती पसलहरुमा म्याद गुज्रिएका मसला, फ्रुटी, पेय पदार्थ, विस्कुट, भेटिएपछि चेतावनीसहित पहिलो पटकलाई सुध्रिन मौका दिई तत्कालै सामग्रीहरु नष्ट गरिएको उनले जानकारी दिए । त्यस्तै कालोबजारीलाई नियन्त्रण गर्न, सुपथ मूल्यमा उपभोग्यबस्तु खरिदबिक्री गर्न, सरल र सहज रुपमा उपभोक्ताले उपभोग गर्न पाउने उद्देश्यले राजविराज नगरको महेश चामल पसल, गुप्ता किराना पसल, गंगा किराना पसल, प्रमोद किराना पसल, रमेश किराना पसल, निर्मल किराना पसल तथा मिलन डेरीमा अनुगमन गरेको छ ।
ती पसलहरुले खरिद गरेको थोक सामग्रीको बिल, बिक्री गर्न राखिएको मूल्यसूची, म्याद गुज्रिएका सामग्री, कोराना संक्रमणबाट बच्न अपनाइएको स्वास्थ्य सुरक्षा व्यवस्था साबुन पानी, सेनिटाइजर, ग्लोभ प्रयोग नगरेको पाइएको डिभिजन प्रमुख सिंहले जानकारी दिए । अनुगमनकै क्रममा मूल्य सूची नराखेका पसलहरुमा अबिलम्ब उपभोक्तालाई देखिने गरी मूल्य सूची राख्न, म्याद गुज्रिएका खाद्यबस्तुलाई नष्ट गरी उचित व्यवस्थापन गर्न पहिलो पटक चेतावनी दिएको उनले जानकारी दिए । अर्को पटक अनुगमन गर्दा यस्तो नगरेको पाइएमा थप कडा कारबाही गरिने उनको कथन थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेशकुमार सिंहले अनुगमन निरन्तर चलिरहेको बताए ।
जिल्ला प्रशासनका कार्यालय सप्तरीका प्रतिनिधि प्रकाश देवकोटा, सप्तरी उद्योग बाणिज्य संघका कार्यबाहक अध्यक्ष शंकर दास, उपभोक्ता मञ्चका अध्यक्ष राजकुमार गुप्ता, सञ्चारकर्मीसहितको संयुक्त अनुगमन टोलीले बजारका एउटा पसलमा अनुगन गर्न लाग्दा थाहा पाएर अन्य व्यापारीहरु पसल बन्द गरी भाग्ने गरेको बताइएको छ ।
उपभोक्ताको गुनासो
लकडाउनको मौका छोपी व्यापारीहरुले सामान्य मूल्य भन्दा किलोमा ३०-४० रुपियाँ बढी लिने गरेको अनुगमन टोली समक्ष उपभोक्ताले बताइएको छ । मूल्यसूची नराखी व्यापारीको मुखे मूल्य अनुसार बेच्ने गरेको उपभोक्ता आकाशराज भण्डारीले टोली समक्ष बताएको छ ।
वर्षमा दुई-तीन पटक गरिने बजार अनुगमनमा संयुक्त अनुगमन टोलीले जस्तोसुकै कमजोरी फेला पारेपनि सुधार गर्नु भन्दै फर्कने गरेको छ । कारबाही नै नगरिएपछि सोही प्रकारका गल्ती बारम्बार दोहोरिने र त्यसको मार उपभोक्ताले खेप्नु परिरहेको नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली बताउछन । बजारमा म्याद गुज्रेको खाद्यवस्तु नबेच्ने पसल पाउन गाह्रो छ, उनले भने, टोलीले गरेको अनुगमन थप प्रभावकारी बनाउनु पर्दछ ।
बजार अनुगमन टोली निस्किएपछि कतिपय व्यापारीहरुको भागदौड मच्चिने गरेपनि त्यस्ता व्यापारीलाई नियन्त्रणमा लिने वा कारबाहीको दायरामा ल्याउने विषयमा कडा पहलको आवश्यक भएको उनको कथन छ । राजविराज–७ का उपभोक्ता डोमन साहले बजारमा रहेका औषधि पसलले समेत म्याद गुज्रेका औषधि बिक्री गर्छन् । तर, त्यस बारेमा जानकारी भएरपनि कारबाही गर्ने निकाय मौन छ भने ।
जिल्लाभरी कालोबजारी
जिल्लाको राजविराजसहित पातो, कल्याणपुर, कठौना, कञ्चनपुर, फत्तेपुर, हनुमाननगर, मधुपट्टी, कुशाहा, मौवाहालगायतका सहर तथा ग्रामीण बजारमा म्याद गुज्रेका खाद्यवस्तु, मूल्य भन्दा बढीमा सामग्री बिक्री भइरहेको व्यापक गुनासो आउने गरेको सप्तरी उद्योग बाणिज्य संघका काबा अध्यक्ष शंकार दासले बताए ।
लकडाउनको मौका छोपेर निर्धारित मूल्यभन्दा दोब्बरसम्म मूल्य लिएर समान खरिद बिक्री भइरहेको स्थानीयले गुनासो गरिरहेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार