हात्तीको आक्रमणबाट सप्तरीमा एक महिलाको मृत्यु
नेपालबहस संवाददाता
बैशाख २५, २०७७ बिहिबार १९:१४:४८
२५ वैशाख सप्तरी । सप्तरी शम्भुनाथ नगरपालिका २ मा हात्ती आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३८ वर्षीय जानकी मगर भएको प्रहरीले जनाएको छ ।
घरमा हात्ती प्रवेश गरेपछि भाग्ने क्रममा जानकी श्रीमान पेशलसँगै भोगेकी थिइन् । भाग्दै गर्दा उनलाई हात्तीले आक्रमण गरेको श्रीमान पेशलले बताए । हात्ती आक्रमणबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको पेशलले बताए । मृतकको शव परीक्षणका लागि यसै अस्पतालमा राखिएको छ ।
हात्तीले लक्ष्मण मण्डल र बलराम ईसरको घरसमेत भत्काइदिएको स्थानीयले बताएका छन् । डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सन्तोषकुमार झाले मृतकको परिवारलाई तत्कालै किरिया खर्चवापत ५० हजार उपलब्ध गराउने र क्षतिपूर्तिवापत सरकारी पक्षबाट दिइने १० लाखका लागि कोशी टप्पु वन्यजन्तु आरक्षमा अबिलम्ब प्रक्रिया अगाडि बढाइने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएल विजेता जनकपुर बोल्टसलाई गौरमा भव्य स्वागत
पुष १४, २०८१ आइतबार
महोत्तरीसहित मधेशका जिल्लामा सख्खर र तिलको कारोबार सुरु
पुष १२, २०८१ शुक्रबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
राष्ट्रिय किताब खानाका शाखा अधिकृत प्रसाईं घुससहित पक्राउ
पुष १४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा राणाद्वारा भारतीय पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली
पुष १४, २०८१ आइतबार
बैतडीमा निस्सासिएर मजदुरको ज्यान गयो
पुष १४, २०८१ आइतबार
कानून नमान्ने खेल संघलाई कारबाही हुन्छः खेलकुदमन्त्री चौधरी
पुष १४, २०८१ आइतबार
कुखुराको मासु खाँदा अछाममा एकको मृत्यु, तीन जना बिरामी !
पुष १४, २०८१ आइतबार