क्वारेन्टाइनमा बसेकालाई दैनिक योग प्रशिक्षण
नेपालबहस संवाददाता
बैशाख २५, २०७७ बिहिबार १८:३४:३०
२५ बैशाख, झिमरुक । प्युठानमा स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा रहेका व्यक्तिलाई योग प्रशिक्षण दिइएको छ । पताञ्जलि योग जिल्ला समितिले निःशुल्क योग प्रशिक्षण दिन शुरु गरेको हो । उनीहरुलाई दैनिक बिहान साढे ४ देखि ७ बजेसम्म प्रशिक्षण सञ्चालन गरिएको समितिका अध्यक्ष केदारमान कक्षपतिले बताए ।
प्युठान नगरपालिका वडा नं ८ बाग्दुलामा रहेका व्यक्तिबाट शुरु गरिएको प्रशिक्षण झिमरुक गाउँपालिका मच्छीका क्वारेन्टाइन, मल्लरानी गाउँपालिका खलंगा, स्वर्गद्वारी नगरपालिका भिङ्ग्री र प्युठान नगरपालिकाका दुई स्थान दाखाक्वाडी र हरिखोला विद्यालयमा गरी जिल्लाका आठ स्थानमा दिइएको अध्यक्ष कक्षपतिले बताए । समितिले अन्य बाँकी स्थानीय तहमा पनि केन्द्रबाट अनुमति आएपछि प्रशिक्षण सञ्चालन गर्ने योजनामा रहेको उनले बताए ।
योगले आत्मबल बढाउन, शारीरिक तथा मानसिक रुममा क्रियाशील बनाउन, रोग प्रतिरोधात्मक क्षमता बढाउन र मनोरञ्जन प्रदान गर्न सहयोग पुग्ने जनाइएको छ । सामाजिक दूरी राखेर क्वारेन्टाइनमा रहेका व्यक्तिलाई योग प्रशिक्षण दिइको छ ।
अरनिको आधारभूत विद्यालय प्युठान २ दाखाक्वाडी क्वारेन्टाइनमा काठमाडौँबाट आई क्वारेन्टाइनमा बसेका योग प्रशिक्षक बमवहादुर खड्काले योग प्रशिक्षण सञ्चालन गरेको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार