कोरोना संक्रमित बढ्दैमा आत्तिनुपर्दैन : डा. बासुदेव पाण्डे
नेपालबहस संवाददाता
बैशाख २५, २०७७ बिहिबार १९:२१:४३
२५ बैशाख,काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस संक्रमितहरुको संख्या नेपालमा बढ्दै गएपनि रोग नियन्त्रणभन्दा बाहिर नगएको सरकारी अधिकारीहरुले कोरोना दावी गरेका छन् ।
अहिलेसम्म नेपालमा भएका मानिसहरुमा नभई बाहिरबाट आएकाहरुबाट मात्र संक्रमण देखिएकाले संख्या बढ्दैमा आत्तिनुपर्ने अवस्था नभएको उनीहरुको भनाई छ । सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डे संख्या बढ्नुको मुख्य कारण सीमा नाका भएको नेपाली रेडियो नेटवर्कसँगको कुराकानीका क्रममा बताए ।
उनले सुरुमै हवाई मार्ग र स्थलमार्गका सीमा बन्द गर्न नसक्दा रोगको संक्रमण बढेको र समयमै रोक्न नसकिएको बताए । डा. पाण्डेले परिक्षण थप बढाउने तयारी भइरहेको जानकारी दिदै हिजो नै केहि टेस्ट किट नेपाल आइपुगेकाले तत्कालका लागि भने यसको अभाव नहुने बताए । टेस्ट किट लगायत अन्य अत्यावश्यक चिकित्सकीय सामाग्रीहरु केहिदिनभित्र नेपाल आइपुग्ने र त्यसपछि परिक्षणको दायरा थप बढाइने जानकारी दिए ।
उनले भने, ‘अरु देशको अवस्था भन्दा नेपालको अवस्था राम्रो छ । अहिले सम्म ९९ जनामा संक्रमण भेटिए पनि कसैको मृत्यु यसै कारणले भएको छैन् । घना बस्ती भएको ठाँउमा अरु थप सामाग्री सहितको टिम पठाएका छौँ । रोगका बारेमा राम्रो जानकारी नआएकाले नेपालगन्ज र विरगन्जमा बढी देखिएको हो । अब टेस्ट बढाउनुपर्छ । हिजो केहि सामान आएको छ । दायरा बढाउने विषयमा हामी छलफल गर्छौ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार