नेकपा सरकारले मान्यो कांग्रेस नेताको प्रस्ताव, दिपावलीको प्रस्तावक डा. चन्द्र भण्डारी
नेपालबहस संवाददाता
बैशाख २५, २०७७ बिहिबार १९:३६:५५
२५ बैशाख, काठमाडौं । बुद्धजयन्तीका अवसरमा आज दीपावली गर्नुपर्ने आफ्नो प्रस्तावलाई सरकारले स्वीकृत गरिदिएको भन्दै नेपाली कांग्रेस नेता डा. चन्द्र भण्डारीले सरकारलाई धन्यवाद दिएका छन् । बुद्धजयन्तीका दिन दीपावली गर्ने प्रस्ताव आफुले सवैभन्दा पहिले यही वैशाख १७ गते बसेको पार्टी केन्द्रीय समितिको बैठकमा राखेकाे र त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि आग्रह गरेको उनले बताए ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, “यही वैशाख १७ गते बसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा बुद्ध जयन्तीका अवसरमा दीप प्रज्वलित गरी ‘विश्व बन्धुत्व र वसुधैव कुटुम्बकम् ‘का पक्षमा उभिन मैले केन्द्रीय सभापतिसमक्ष गरेको प्रस्तावलाई सञ्चार जगत र सामाजिक सञ्जालले महत्वसाथ प्रकाशित गरेकै हुन् । मैले यो अभियानलाई प्रधानमन्त्रीसमक्ष पनि अनुरोध गरेँ ।”
उनले आफ्नो प्रस्तावलाई सरकारले स्वीकृत गरेकोमा प्रसन्नता व्यक्त गर्दै लेखेका छन्, “प्रजातन्त्रको सौन्दर्य भनेकै सर्वसाधारणले गरेका राम्रा र रचनात्मक सुझाव ग्रहण गर्नु हो, यसै कुरालाई मनन गरी सम्माननीय प्रधानमन्त्रीले मन्त्रीपरिषदबाट निर्णय गराइ आज दीपप्रज्ववलनको अनुरोध सम्पूर्ण नेपालीलाई गर्नु भएकाेमा हार्दिक आभार प्रकट गर्दछु ।”
विश्वमा मानवता र शान्तिका तारा गौतम बुद्धको २५६४ औँ जयन्ती कोरोनाले आक्रान्त आजको विश्वका लागि शान्ति सद्भाव र सहअस्तित्वको सुन्दर बिहानी भएको उनको भनाई छ । विश्वमै चौथो धेरै जनसङ्ख्या अर्थात् झण्डै ३५करोड बढीले आत्मसात गरेको बुद्धधर्म मानव जातिका लागि सदैव आकर्षक र समभावको पर्याय बनेको कांग्रेस नेता डा. भण्डारीले उल्लेख गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दीपक राज गिरीको चेतावनी:- मलाई महानायक भने फेसबुकमा ब्लक गर्छु
कात्तिक ३०, २०८१ शुक्रबार
एक्समा सर्वाधिक फलो गरिने विश्वको पहिलो नेता बने नरेन्द्र मोदी
साउन ५, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय गौरवका आयोजनाबारे प्रधानमन्त्री ओलीले आज ब्रिफिङ लिने
मंसिर ९, २०८१ आइतबार
पोखराको चुुत्राकोटमा १०८ फिट अग्लो अर्धनारीश्वर मूर्ति स्थापना गरिने
मंसिर ९, २०८१ आइतबार
रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि आज कास्की अदालत उपस्थित गराइँदै
मंसिर ९, २०८१ आइतबार
कस्तो छ आजको तरकारी भाउ ?
मंसिर ९, २०८१ आइतबार
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
मंसिर ९, २०८१ आइतबार
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
मंसिर ९, २०८१ आइतबार