नेकपामा अब के होला ?
इन्द्र रिजाल
बैशाख २५, २०७७ बिहिबार २०:१९:४१
२५ बैशाख, काठमाडौं । आजबाट शुरु हुने भनिएको सत्तारुढ नेकपाको बहुप्रतिक्षित स्थायी कमिटी बैठक अलपत्र परेको छ । हिजो बैठकको अजेण्डा तय गर्न बसेको सचिवालय वैठकमा शीर्ष नेताहरुबीच कुरा नमिलेपछि भाँडिएको छ । अब स्थायी कमिटीको बैठक कहिले हुने भन्ने अन्योल बढेको छ ।
हिजोको सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीप्रति भैंसेपाटी गठबन्धनको भूत खनिएकाले बैठक अनिर्णित बन्न पुगेको हो ।गत शनिबारको सचिवालय बैठकमा अनुकूल समीकरण बनाएका ओलीको षडयन्त्र लामो समय टिक्न सकेन । उपाध्यक्ष बामदेव गौतमलाई फकाउन सफल भएका ओलीले त्यो विश्वास साता दिनपनि टिकाउन सकेनन् ।
हिजै बामदेव गौतम अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेर आफूलाई कित्ताकाट नगर्न आग्रह गर्दै थिए । त्यसपछि एकाएक खल्बलिएको समीकरणले ओली थप तनावमा परेका छन् । आजबाट हुने भनिएको स्थायी कमिटी बैठकमा शनिबारको बचनवद्धता अनुसार पार्टी र सरकारमा रहेकालाई एक व्यक्ति एक पद भन्ने सिद्धान्त लागू गर्ने खाकाको माग गरियो ।
ओलीले स्थायी कमिटीलाई सामना नगर्ने देखिएपछि पार्टी विधान पनि मिचिएको छ । पार्टी विधानमा स्थायी कमिटीका एक चौथाई सदस्यले लिखित माग गरेमा १५ दिन भित्र बैठक डाक्नुपर्ने व्यवस्था छ । सोही बमोजिम लिखित निवेदन दिएको आज १५ औं दिन हो । विधान नै नमान्ने अवस्था देखिएपछि बैठकको माग गर्ने नेताहरु बिखलबन्दमा परेका छन् ।
तर प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई त्यस्तो प्रस्ताव तयार गर्न नभनेको बताए । उनले प्रचण्डसँग गत मंसिर ४ गतेको सहमतिको व्यवहारिक कार्यान्वयनको सन्दर्भ मात्र उठाएको तर्क गरेका छन् । अर्थात, पाँच वर्ष प्रधानमन्त्री चलाउने र पार्टीको कार्यकारी अधिकार प्रचण्डलाई व्यवहारमै लागू गर्ने कार्ययोजना तयार गर्न अह्राएका थिए । प्रचण्डले त्यतिमा मात्र सीमित गरेनन् । उनले पार्टी नेता माधवकुमार नेपाल पक्षले उठाएको विधि पद्धतिको मुद्धा पनि सँगसँगै पसाए । त्यसैमा ओलीको असहमति रह्यो ।
एक व्यक्ति एक पदको मुद्धा लिएर स्थायी कमिटी बैठकमा जाँदा ओली स्वयं पार्टी अध्यक्षबाट हट्नुपर्ने र आफू निकटलाई पदमुक्त गनुपर्ने शर्त मान्ने कुरा भएन । त्यसैले यस्तो प्रस्ताव लिएर उनी स्थायी कमिटी बैठक सामना गर्न तयार छैनन् ।समस्याको जरो नै यहीं छ । ओलीबाट आफू ठगिएको अनुभूति भएपछि बामदेव फेरि बाउँठिएका छन् । यस्तो अवस्थामा स्थायी कमिटी सामना गर्नु भनेको ओलीका लागि ठूलो जोखिम मोल्नु हुनेछ । त्यसैले सकेसम्म अनुकूल वातावरण तयार नभएसम्म स्थायी कमिटी वैठक धकेल्ने रणनीति उनको रहेको छ ।
ओलीले स्थायी कमिटीलाई सामना नगर्ने देखिएपछि पार्टी विधान पनि मिचिएको छ । पार्टी विधानमा स्थायी कमिटीका एक चौथाई सदस्यले लिखित माग गरेमा १५ दिन भित्र बैठक डाक्नुपर्ने व्यवस्था छ । सोही बमोजिम लिखित निवेदन दिएको आज १५ औं दिन हो । विधान नै नमान्ने अवस्था देखिएपछि बैठकको माग गर्ने नेताहरु बिखलबन्दमा परेका छन् । अब के गर्ने भन्ने प्रश्नको जवाफ दिने कोही छैन ।
यसरी अनिर्णयको बन्दी बनाएर ओलीले सबैलाई थकाउने रणनीति अख्तियार गरेको देखिन्छ । ओलीको यस्तो व्यवहारले नेता नेपाल पनि चिन्तित भएका छन् । नखाउँ दिनभरिको शिकार, खाउँ कान्छा बाउको अनुहार जस्तो भएको छ–ओलीको प्रधानमन्त्री पद ।
पार्टीभित्रको विवाद मिलाउन नसक्दा सबैभन्दा तनाव यतिबेला प्रचण्डमा छ । उनी पनि एक व्यक्ति एक पदको पक्षमा भित्री रुपमा छैनन् । किनभने यो व्यवस्था लागू हुँदा पूर्व माओवादी पक्षकै धेरै नेता पदमुक्त हुने अवस्था छ । तर प्रधानमन्त्री ओलीलाई सघाउ पुग्ने गरी काम गर्न भने उनी तयार छैनन् । त्यसैले नेता नेपालको साथ र सहयोग खोजेका हुन् । नेता नेपाल भने एक व्यक्ति एक पदको मुद्धा स्थापित नभएसम्म युद्धविराम गर्ने पक्षमा छैनन् । नेपाल पक्षको यो नै बटमलाइन भएकाले प्रचण्डसमेत त्यहीं अल्झिएका छन् । जसले गर्दा सबैभन्दा बढी तनाव प्रचण्डलाई भएको बुझ्न सकिन्छ ।
समस्याको गाँठो नफुकाई स्थायी कमिटी बैठक बस्ने अवस्था छैन । एकातिर ओलीको अडान, अर्कातिर नेपालको घुर्कीले प्रचण्ड किंकर्तव्यबिमूढ अवस्थामा छन् । प्रधानमन्त्री ओली सकेसम्म फकाउने नसके थकाउने रणनीतिमा देखिएका छन् । पार्टी संयन्त्र आफू अनुकूल नहुँदासम्म उनी नेताहरुलाई विभिन्न पदको लालच दिएर फकाउन अग्रसर भए । त्यो नहुँदा शिथिल बनिदिने प्रवृत्ति उनले देखाएका छन् ।
हिजोको सचिवालय बैठक अनुकूल नभएपछि उनी थाकें भन्दै शयनकक्षतिर लागेका थिए । लामो समय कुर्दा पनि ओली बैठक कक्षमा नआएकाले अन्य नेताहरु घरतिर निस्किएका थिए । यसरी अनिर्णयको बन्दी बनाएर ओलीले सबैलाई थकाउने रणनीति अख्तियार गरेको देखिन्छ । ओलीको यस्तो व्यवहारले नेता नेपाल पनि चिन्तित भएका छन् । नखाउँ दिनभरिको शिकार, खाउँ कान्छा बाउको अनुहार जस्तो भएको छ–ओलीको प्रधानमन्त्री पद ।
ओली राजीनामा नदिने, अरु नेता उनलाई गलहत्याएर निकाला गर्न नसक्ने विचित्रको अवस्था सिर्जना भएको छ नेकपाभित्र । भोलिदेखि बजेट अधिवेशन शुरु हुँदैछ । अब सरकारको ध्यान कोरोना नियन्त्रण र संसदमा केन्द्रित हुने भएपछि असन्तुष्ट नेताहरु अन्योलमा धकेलिएका छन् । ओलीले अब कुन फण्डा तयार गर्लान् भन्ने उत्सुकता सबैमा छ । प्रतिक्षा गरौं, नयाँ फण्डाका लागि ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
बालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई बयानका लागि शनिबार काठमाडौं ल्याइने
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
कोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार