सेभ द चिल्ड्रेनद्वारा प्रदेश सरकारलाई २ सय ६३ सेट पीपीई र स्वास्थ्य सामाग्री हस्तान्तरण
नेपालबहस संवाददाता
बैशाख २६, २०७७ शुक्रबार २३:०:५१
२६ बैशाख, जनकपुरधाम । सेभ द चिल्ड्रेनले प्रदेश २ सरकारलाई कोभिड–१९ ‘कोरोना भाइरस’को संक्रमण रोक्न सघाउने उदेश्यले २ सय ६३ थान व्यक्तिगत सुरक्षा सामग्री र अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
व्यक्तिगत सुरक्षा सामाग्री तथा अत्यावश्यक स्वास्थ्य सामाग्री प्रदेशका सामाजिक विकास मन्त्री माननीय नवल किशोर साह र सामाजिक विकास मन्त्रालयका सचिव डा. राम प्रसाद घिमिरेको उपस्थितिमा प्रदेश २ सरकारको मुख्यालय रहेको जनकपुरधाम स्थित मधेश भवनमा हस्तान्तरण गरिएकाे हाे ।
सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री साहले सेभ द चिल्ड्रेनले प्रदान गरेको सहायताले कोभिड–१९ को संक्रमण रोक्न प्रदेश सरकारले सञ्चालन गरेको प्रबद्र्धनात्मक, निरोधात्मक तथा उपचारात्मक अभियानमा सहयोग पुग्ने बताए । उनले विश्वव्यापी महामारीको बेला स्वास्थ्य सामग्रीहरुको अभाव झेलिरहेको प्रदेश सरकारलाई सेभ द चिल्ड्रेनको सहयाताले स्वास्थ्य सेवा सुदृढीकरण गर्न र स्वास्थ्यकर्मीहरुलाई कोभिड–१९ को संक्रमणबाट जोगिन सहयोग गर्ने बताए।
सेभ द चिल्ड्रेनले आफ्नो नियमित र ग्लोबल फण्डको परियोजनाहरुबाट उपलब्ध गराएको व्यक्तिगत सुरक्षा सामाग्री ‘पीपीई’ थान विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको मापदण्ड अनुसार रहेको छ । “प्रदेश २ मा कोभिड–१९ को संक्रमण बढ्दो क्रममा देखिएसँगै धेरै मानिसहरुमा परीक्षण र उपचारको आवश्यकता भएकाले हाम्रो प्राथमिकता
यस महामारीको नियन्त्रणमा प्रदेश सरकारलाई आवश्यक सहयोग गरेका हाे ।
स्वास्थ्यकर्मीहरु आफू र आफ्ना सेवाग्राहीहरुलाई संक्रमणबाट जोगाउन व्यक्तिगत सुरक्षा सामाग्री ‘पीपीई’ प्रयोगमा भर परेका हुन्छन् । सेभ द चिल्ड्रेनको यस सहयोगले कोभिड–१९ को संक्रमण रोक्न मद्दत पुग्ने र नेपालको स्वास्थ्य सेवा प्रवाहलाई सुदृढ बनाउन सघाउने छ ।” हस्तान्तरण कार्यक्रममा सेभ द चिल्ड्रेनको पुर्वाञ्चल फिल्ड कार्यालयका सह–निर्देशक डा अजय कान्तले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार