नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय २ पुग्यो
नेपालबहस संवाददाता
बैशाख २६, २०७७ शनिबार १:१८:५०
२६ बैशाख, काठमाडौं । आज थप एक जनामा पुनः कोभिड १९ को सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकारसम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले भेरी अञ्चल अस्पतालमा गरिएको प्रयोगशाला परीक्षणमा नेपालगञ्जका १६ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको बताए ।
योसँगै सङ्क्रमितको सङ्ख्या १०२ पुगेको छ । सङ्क्रमितमध्ये ७४ पुरुष र २८ महिला रहेका छन् । नेपालगञ्जमा सङ्क्रमितको सङ्ख्या २४ पुगेको छ । प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म प्रदेश नं १ मा ३१, प्रदेश नं २ मा ३०, वाग्मती प्रदेशमा सात, गण्डकी प्रदेशमा दुई, प्रदेश नं ५ मा २७ र सुदूरपश्चिम प्रदेशमा पाँच सङ्क्रमित फेला परेका छन् । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस सङ्क्रमित फेला परेका छैनन् ।
यसैगरी मन्त्रालयका प्रवक्ता डा देवकोटा अनुसार आज कोशी अञ्चल अस्पतालमा उपचाररत आठ जना स्वस्थ्य भएर घर फर्किएका छन् । तिनीहरुमध्ये पाँच जना १७ औँ र तीन जना १६ औँ दिनमा डिस्चार्ज भएका हुन् । अहिलेसम्म ३० जना स्वस्थ्य भएर घर फर्किसकेका छन् ।
यस्तै हालसम्म पीसीआर प्रविधिबाट १५ हजार ४९२ तथा आरडीटी प्रविधिबाट ५४ हजार ५३१ को परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा एक हजार ८५९ वटा परीक्षण भएका छन् । प्रदेश नं १ मा छ हजार ८९९ प्रदेश नंं २ मा पाँच हजार ६५६, वाग्मती प्रदेशमा नौ हजार ६०, गण्डकी प्रदेशमा छ हजार ३७७, प्रदेश नं ५ मा छ हजार ९९, कर्णाली प्रदेशमा छ हजार १७४ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ६१४ को परीक्षण गारिएको छ ।
क्वारेन्टाइनमा १५ हजार ६२४ रहेका प्रवक्ता डा देवकोटाले जानकारी दिए । प्रदेश नं १ मा एक हजार ६४५, प्रदेश नंं २ मा एक हजार २९१, वाग्मती प्रदेशमा २७२, गण्डकी प्रदेशमा ५११, प्रदेश नं ५ मा पाँच हजार ८०७ कर्णाली प्रदेशमा दुई हजार ७०५ र सुदूरपश्चिम प्रदेशमा तीन हजार ३९३ जना रहेका छन् ।
हालसम्म आइसोलेसनमा देशभरी १३५ जना रहेका छन् । काठमाडौंमा तीन जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर १३२ जना रहेका छन् । यसैगरी आज एक जना रेडजोनमा सहित अहिलेसम्म ३३६ जना रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार