प्रदेश नं १ मा आठ कोरोना सङ्क्रमित घर फर्के, १७ को उपचार हुँदै
नेपालबहस संवाददाता
बैशाख २७, २०७७ शनिबार १५:५३:५९
२७ बैशाख, विराटनगर । प्रदेश नं १ अन्तर्गत कोशी अस्पताल ‘कोभिड–१९’ उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका आठ जना कोरोना सङ्क्रमित निको भइ घर फर्केका छन् । दुईपटक पीसीआर परीक्षणबाट रिपोर्ट नेगेटिभ आएपछि एक महिला र एक भारतीय नागरिकसहित आठ जनालाई शुक्रबार डिस्र्चाज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सङ्गीता मिश्राले जानकारी दिए ।
केन्द्रमा उपचारमा रहेका ३१ मध्ये गत बुधबार छ र शुक्रबार ८ गरी १४ जना निको भइ घर फर्केका छन् । केन्द्रमा अहिले १७ सङ्क्रमितको उपचार भइरहेको केन्द्रका प्रमुख चिकित्सक डा दीपक सिग्देलले बताए । यसरी घर फर्कनेमा उदयपुर जिल्लाका २० वर्षीय आजाद आलम, सोही जिल्लाका १८ वर्षीय मोहम्मद इमरान अहमद, १८ वर्षीय परवेज आलम, ४१ वर्षीय मुख्तार मियाँ, ५५ वर्षीया रोशना खातुन, विराटनगर–१७ का ७२ वर्षीय आइनो मियाँ, सोही स्थानका ६० वर्षीय इजरायल मियाँ र भारतीय नागरिक २४ वर्षीय मोहम्मद आदिल रहेको अस्पतालले नाम सार्वजनिक गरेको छ । शुक्रबार घर फर्कनेमध्ये तीन जनाले रोजा ‘व्रत ‘ बसेका छन् ।
निजहरु १३० दिने धर्म प्रचारका लागि नेपालका विभिन्न मस्जिदमा पुग्नुका साथै उदयपुरको त्रियुगा नगरपालिका–१९ स्थित भुल्केको मस्जिदमा सङ्क्रमित भएका थिए । उनीहरुलाई स्वाब परीक्षणबाट कोभिड–१९ सङ्क्रमित भएपछि यही वैशाख ८, ९ र १० गते उपचारका लागि केन्द्रमा ल्याइएको थियो । निको भइ घर फर्केकामध्ये सात जनालाई विराटनगर–१५ स्थित रानी मर्कज मस्जिदमा १४ दिन क्वारेन्टाइन राखिएपछि स्वाब परीक्षण गरिने अस्पतालका मेसु डा मिश्राले जानकारी दिए।
यस्तै एक महिलालाई उदयपुरको होम क्वारेन्टाइनमा जनप्रतिनिधि र चिकित्सकको निगरानीमा राख्ने व्यवस्था गरिएको छ । सामाजिक विकासमन्त्री जीवन घिमिरेले पूर्व सङ्क्रमितलाई बिदाइ गर्दै सरकारको अबको रणनीति भनेको तीन ‘टी’ अन्तर्गत ट्र्याकिङ, टेष्टिङ र ट्रिटमेन्ट रहेको जानकारी दिए । उनले मन्त्रालयअन्तर्गतको स्वास्थ्य शाखाका प्रमुख डा सुरेश मेहताको संयोजकत्वमा एक कमिटी गठन गरी प्रदेशका सबै स्थानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा होम क्वारेन्टाइन व्यवस्था गरी अनुगमनको व्यवस्था मिलाइएको जानकारी दिए ।
अस्पतालका मेसु डा मिश्राले अस्पतालमा उपचारमा रहेका सङ्क्रमित सबैको अवस्था सामान्य रहेको र उनीहरुले अगाडिदेखि प्रयोग गरिरहेको उच्च रक्तचाप, मधुमेह बिरामीलाई औषधि निरन्तरता दिनुका साथै साधारण औषधि प्रयोग गरिएको छ भने । केन्द्रका उपचारार्थ रहेका १७ जनाको आगामी हप्ता स्वाब परीक्षण गर्ने जनाइएको छ ।
केन्द्रका २५ स्वास्थ्यकर्मीको पीसीआर रिपोर्ट नेगेटिभ
कोशी अस्पताल उपचार केन्द्र विराटनगरमा गत वैशाख ५ गतेदेखि सङ्क्रमित बिरामीको उपचारमा खटिएका २५ स्वास्थ्यकर्मीको टोली आज घर फर्केका छन् । सामाजिक विकासमन्त्री जीवन घिमिरे, मन्त्रालयका सचिव रविलाल पन्थ, कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सङ्गीता मिश्रालगायतले इष्टर्न स्टार होटलको क्वारेन्टाइनमा रहेका स्वास्थ्यकर्मीको टोलीलाई शुक्रबार बिदाइ गरे ।
केन्द्रमा पहिलो चरणमा डा डेनप्रसाद आचार्यको नेतृत्वमा २५ स्वास्थ्यकर्मीको टिम रहेको थियो । केन्द्रमा सात दिन बसेको टिम १४ दिन क्वारेन्टाइनमा बसेर आज डिस्चार्ज भएको हो । सामाजिक विकासमन्त्री घिमिरेले चिकित्सकको साहसका कारण कोरोनालाई परास्त गर्न सफल भएको बताउँदै प्रदेश सरकारले यसको उपचारका लागि गरेको कामको सङघीय सरकार र अन्य प्रदेश सरकारहरुले चासोका साथ लिएको धारणा राखे ।
उनले अवश्यकता परेको खण्डमा पुनः सेवा दिन चिकित्सक र स्वास्थ्यकर्मीलाई आग्रह गरे । डिस्चार्ज हुनुअघि सबै स्वास्थ्यर्मीको गरिएको थ्रोट स्वाब पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै
जेठ १४, २०८१ सोमबार
रौतहटमा दर्जनौं अवैध अस्पतालले बिरामीसँग लाखौं रकम लुट्दै, नियमनकारी निकाय मौन
जेठ १४, २०८१ सोमबार
भक्तपुर अस्पतालमा पाठेघरको निःशुल्क उपचार
जेठ १३, २०८१ आइतबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
नेपालबहस संवाददाता
जेठ १३, २०८१ आइतबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
तराईमा केही दिन अत्यधिक गर्मीको सम्भावना, सतर्कता अपनाउन अनुरोध
जेठ १३, २०८१ आइतबार
मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी छु : सन्दीप
जेठ १४, २०८१ सोमबार
नेप्से सामान्य अंकले बढ्यो, तीन अर्ब ८९ करोडभन्दा बढीको कारोबार
जेठ १४, २०८१ सोमबार
गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिटमाथि प्रारम्भिक सुनुवाई बुधबार हुने
जेठ १४, २०८१ सोमबार
भारतको उत्तरी क्षेत्रमा तापक्रम ५० डिग्री सेल्सियस, जनजीवन प्रभावित
जेठ १४, २०८१ सोमबार
गाजाको राफाह शिविरमा इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या ४० पुग्यो
जेठ १४, २०८१ सोमबार