लायन्स क्लब अफ काठमाडौं युनिकको सहयोग
नेपालबहस संवाददाता
बैशाख २७, २०७७ शनिबार २२:३७:५८
२७ वैशाख, काठमाडौं । कोरोना कहरले देश लकडाउनमा परेक बेला सामाजिक सेवामा सक्रिय लायन्स क्लवले सहयोगको हात बढाउन अग्रसर भएको छ । यसैक्रममा लायन्स क्लब अफ काठमाडौं युनिकले आज दक्षिणकाली परिसरमा बस्ने २५ जना जोगी सन्यासीलाई सहयोग वितरण गरेको छ ।
लामो समयको लकडाउनबाट प्रभावित भएका जोगी सन्यासीलाई आवश्यक खाद्यान्न तथा नगदसमेत उपलव्ध गराएको क्लबका सचिव गणेश केसीले जानकारी दिए । वितरण गरिएको सहयोगमा चामल, दाल, नून, तेल रहेको पनि सचिव केसीले बताए । क्लबका अध्यक्ष अनिता शर्मा केसीको अध्यक्षतामा सम्पन सो कार्यक्रममा उक्त सहयोग वितरण गरिएको थियो ।
सो अवसरमा लायन्स क्लब, डिष्टिक ३२५ ए २ का पूर्व गभर्नर शुष्मा शर्मा, दक्षिण्काली नगरपालिका वडा नं. ५ का वडाध्यक्ष श्यामबहादुर खत्री, दक्षिणकाली मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष अर्जुन रञ्जित, समाजसेवी सञ्जय खनाल दम्पतिका साथै क्लबका अन्य सदस्यहरुको उपस्थिति थियो । उक्त क्लबले संकटका बेला मानवीय सहयोग गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप९८.९९ प्रतिशत अंक दावी गर्दै कुलमानले बुझाए कार्यसम्पादन विवरण
पुष २६, २०८१ शुक्रबार
आयल निगमले कमायो १० अर्ब नाफा, स्वचालित मूल्य प्रणालीले आर्थिक अवस्था सुदृढ
पुष २६, २०८१ शुक्रबार
रौतहटमा हात्तीको उपद्रो, बिघौँबिघा जमिनमा लगाएको केराबारी नष्ट
पुष २६, २०८१ शुक्रबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार