सरकार पीसीआर परीक्षणको दायरा बढाइँदै, ५० हजार पीसीआर किट मौज्दात
नेपालबहस संवाददाता
बैशाख २७, २०७७ आइतबार २:८:२६
२७ बैशाख, काठमाडाैं । सरकारले कोभिड–१९ को सङ्क्रमण फैलन नदिन पीसीआर परीक्षणको दायरालाई थप विस्तार गर्दै लैजाने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणका लागि हाल मौज्दातमा कूल ५० हजार पिसिआर किट रहेकाले दायरा विस्तार गर्न लागिएको हो ।
द्रूत परीक्षणलाई नियमितरुपमा अगाडि बढाइरहेको भए पनि पीसीआरका माध्यमबाट वस्तुगत विवरण प्राप्त हुने भएकाले दायरा विस्तार गर्न लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। देशभर नै परीक्षणको दायरा बढाइएको उल्लेख गर्दै मन्त्रालयले कुनै पनि स्थानमा परीक्षणमा कुनै समस्या नहोस् भन्ने तर्फ ध्यान दिइएको उल्लेख गरेको छ । पीसीआर परीक्षणको दायरा नबढेको भन्ने जस्ता गुनासा सुनिन थालेपछि सरकारले थप पहल गरेको हो ।
सरकारले प्रदेश नं २ का रौतहट, बारा र पर्सा तथा प्रदेश नं ५ का जिल्लामा थप परीक्षण गर्ने गरी आवश्यक व्यवस्था मिलाइएको जनाएको छ । ती जिल्लामा नमूना सङ्कलनका लागि मन्त्रालयले टोली परिचालन भइसकेको जनाएको छ । सो प्रदेशमा हालसम्म पछिल्ला तीन दिनमा ४०० पीसीआर परीक्षण गरिएको उल्लेख गर्दै प्रवक्ता डा देवकोटाले लगातार परीक्षण गरिने बताए । प्रदेश नं ५ मा मात्रै कूल सङ्क्रमितको सङ्ख्या ३० पुगेको छ । यस्तै प्रदेश नं १ मा ३४, प्रदेश नं २ मा ३१, वाग्मती प्रदेशमा सात, गण्डकी प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा पाँच सङ्क्रमित छन् ।
देशभर कूल १०९ जना कोरोनाबाट सङ्क्रमित भएको तथ्याङ्क पेश गर्दै प्रवक्ता देवकोटाले हालसम्म ३१ जना अस्पतालबाट घर फर्केका र ७८ जना उपचारका क्रममा रहेका छन् । त्यसमा पुरुष ७८ र महिला ३१ रहेका छन् । शुक्रबार कैलालीको सेती अस्पतालबाट एक महिला ३५ दिन पछि घर फर्केको समेत मन्त्रालयलले जानकारी दिएको छ । मन्त्रालयका अनुसार वीरगञ्जमा २७, विराटनगरमा २०, रुपन्देहीमा छ, नेपालगन्जमा २४ र भरतपुरमा एक जना गरी ७८ जनाको उपचार भइरहेको छ । उपचारमा रहेका सङ्क्रमितको अवस्था राम्रो रहेको छ ।
५५ हजार बढीको परीक्षण
नियमित पत्रकार स्म्मेलनमा दिइएको जानकारीअनुसार हालसम्म कूल ५५ हजार ९३० जनाको आरटिडी ‘द्रूत परीक्षण’गरिएको छ । यस्तै पीसीआर प्रणालीबाट परीक्षण गरिएको सङ्ख्या १६ हजार ३०९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै एक हजार ७४२ जनाको आरटीडी परीक्षण गरिएको छ । प्रदेश नं १ मा सात हजार ५५, प्रदेश नं २ मा पाँच हजार ८९०, वाग्मती प्रदेशमा नौ हजार १०५, गण्डकी प्रदेशमा छ हजार ३७७, प्रदेश नं ५ मा छ हजार ६३८, कर्णाली प्रदेशमा छ हजार १७४ र सुदूरपश्चिम प्रदेशमा कूल १४ हजार ६९१ को परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हाल कूल १४ हजार ५९२ जना क्वारेन्टाइनमा रहेका छन् । त्यसमा प्रदेश नं १ मा एक हजार ४८६, प्रदेश नं २ मा एक हजार ३५५, वाग्मती प्रदेशमा २९४, गण्डकी प्रदेशमा ४६३, प्रदेश नं ५ मा पाँच हजार २२८, कर्णाली प्रदेशमा दुई हजार ४५५ र सुदूरपश्चिम प्रदेशमा तीन हजार ३५१ क्वारेन्टाइनमा रहेका छन् ।
यस्तै आइसोलेशनमा १४३ रहेका छन् । त्यसमा काठमाडौं उपत्यकामा दुई र उपत्यका बाहिर १४१ रहेका छन् । हालसम्म मोबाइल एप र बेव पेजमार्फत गुनासो गर्नेको सङ्ख्या ३४ हजार ५१ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २५४ गुनासो आएकामा त्यसलाई सम्बोधन गरिएको छ । तीमध्ये चार जना रेड जोनमा परेका छन् । हालसम्म रेड जोनमा पर्नेको सङ्ख्या ३४० पुगेको छ ।
थप सामाजिक दूरी कायम गर्न आग्रह
सरकारले आइतबारदेखि थप अत्यावश्यक सेवासमेत सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिँदै प्रवक्ता डा देवकोटाले सामाजिक दुरी कायम गर्ने विषयलाई प्रमुख प्राथमिकतामा राख्न आग्रह गरेका छन् । आइतबारदेखि बैंक तथा वित्तीय संस्था, बीमालगायतका अन्य सेवासमेत सञ्चालनमा आउने भएका छन् । यस्तै मङ्गलबारदेखि शेयर बजारसमेत खुल्ने भएको छ ।
यो अवस्थालाई मध्यनजर गरेर सामाजिक दुरी कायम गर्न, घर तथा कार्यालय जाँदा साबुन पानीले हात धुने तथा स्यानीटाइजरको प्रयोग गर्न उनले आग्रह गरे। “सामाजिक दुरी कायम गर्दै मास्क लगाउन तथा अन्य स्वास्थ्य सुरक्षाको उपायसमेत अपनाउन अनुरोध छ”, डा देवकोटाले भने । यस्तै कार्यालयमा भौतिक दुरी कायम गरी आवश्यक सेवा प्रवाह गर्न र आधिकारिक सूचनाको पहुँचमा रहनसमेत उनले सबैमा अनुरोध गरे।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रादेशिक अस्पताल जलेश्वरमा दुई करोडका उपकरण प्रयोगविहीन
मंसिर ७, २०८१ शुक्रबार
तोकिए भन्दा बढी रकम लिने मेडिकल कलेजसँग स्वास्थ्य मन्त्रालयले माग्यो शुल्क विवरण
मंसिर ६, २०८१ बिहिबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार
५०० पसलमा २० मात्रै नियमअनुरुप चलेका भेटिए
मंसिर ८, २०८१ शनिबार
आज जन्म लिने बच्चा सिंह राशीको हुने
मंसिर ८, २०८१ शनिबार
उपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार