लिपुलेकको अन्तर्वस्तु
इन्द्र रिजाल
बैशाख २८, २०७७ आइतबार १८:३५:४६
सम्पादकीय
२८ बैशाख, काठमाडौं । भारतीय रक्षामन्त्री राजनाथ सिंहले अस्ति शुक्रबार कोरोना कहरकै बीच नेपाली भूमि भएर निर्मित भारत चीनबीचको लिंकरोडको उद्घाटन गरे । भोलिपल्ट अर्थात हिजो शनिबार नेपाल सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी आश्चार्य प्रकट ग¥यो । केही घण्टाको अन्तरालमा नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले संयुक्त रुपमा वक्तव्य जारी गरे । दुवै वक्तव्यको भाव र आशय एकै खालको देखियो । भारतले गरेको यो आपराधिक काम मानौं रातारात गरे । एकै रातमा जादूको छडीले ७८ किलोमिटर बाटो निर्माण गरे ।
नेकपा सरकार र पार्टीले जारी गरेको वक्तव्यको अन्तर्य त्यस्तै थियो । तर यथार्थमा उक्त सडक निर्माण शुरु भएको दिव्य १२ वर्ष पुगिसकेको छ । यसबारे नेपालका तर्फबाट कहिल्यै कुनै पनि प्रभावकारी कदम चालिएन । केपी ओली सत्तामा आएपछि अझै यसले तीब्रता पाएको हो । सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमण हुँदै यो विषयले औपचारिकता पाएको थियो ।
त्यसताका नेपालमा कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री थिए । कोइरालाले भारत र चीनले आफूखुशी नेपाली भूमि हुँदै लिंकरोड बनाउने गरी गरेको सम्झौताको कडा प्रतिवाद गरे । त्यसैले भारतका लागि तय भइसकेको राजकीय भ्रमणसमेत रद्ध गरे कोइरालाले । त्यसपछि देशमा धेरै सरकार बने । नेकपा अध्यक्ष ओली नै दुईपटक प्रधानमन्त्री बने । तर कहिल्यै पनि उनले यो विषयलाई प्राथमिकतामा राखेनन् ।
तर सत्ताधारी नेताहरुको चाहनामा यो विषयमा प्रतिवाद गरिएन । खासगरी ओली नै यसका लागि बाधक देखिए । त्यसैले पनि भारतीय पक्षले ओलीकै कार्यकालमा यो सडकको उद्घाटन गरेको छ । चीनको समेत प्राथमिकतामा रहेको यो सडक निर्वाध चल्न दिनुपर्ने शासकीय बाध्यता ओलीको हो ।
तिब्बतको मानसरोवर जान मात्र होइन, व्यापार अभिवृद्धि गर्नका लागिसमेत भारत चीनको मुख्य नाका बन्ने गरी सडक निर्माण भएको छ । लगभग १२ वर्षदेखि निर्माण थालिएको यस सडकका बारेमा देशका सञ्चारमाध्यमले मात्र होइन स्थानीय जनप्रतिनिधिले समेत पटकपटक आवाज बुलन्द पारेका थिए । ओली सरकारलाई यसबारे धेरै पटक जानकारी गराउने काम संसद र सडकमार्फत भएको हो । तर ओलीले यसलाई पूरै बेवास्ता गरे । हिजै मात्र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उक्त सडक निर्माणका बिषयमा भारतीय पक्षसँग कुरा गरेर अघिल्लो कदम चालिने प्रतिक्रिया दिए । उनको यो कथनले गर्ने संकेत के त भन्दा–नेपाल सरकारलाई यसबारे पहिलो पटक जानकारी मिलेको छ । अब भारतीय पक्षसँग कुरा गरेर मात्र अगाडि बढ्ने हो । यो भन्दा झूठ र फरेब अरु के हुन सक्छ ?
गएको फागुन महिनामा रक्षामन्त्रालय सम्हालेका उपप्रधानमन्त्री ईश्वर पोख्रेलले नेपाली सेनाको हेलिकोप्टरमार्फत यस क्षेत्रको स्थलगत अवलोकन गरे । त्यसपछि उनको बोली बन्द भएको छ । न त उनी लिपुलेकबारे एक शब्द बोल्न चाहन्छन्, न सरकार प्रमुख ओलीलाई बोल्न लगाउँछन् । यसैबाट पनि ओली सरकारको झुठ र फरेब स्पष्ट हुन्छ ।
धेरै अघिदेखि नै भारतले यो सडक बनाउँदै गरेको विषयमा नेपालका सबै निकाय जानकार थिए । चाहे सुरक्षा निकाय होस् वा कुटनीतिक क्षेत्र सबैलाई भारत र चीनको द्विपक्षीय सम्झौताबारे राम्रो जानकारी थियो । तर सत्ताधारी नेताहरुको चाहनामा यो विषयमा प्रतिवाद गरिएन । खासगरी ओली नै यसका लागि बाधक देखिए । त्यसैले पनि भारतीय पक्षले ओलीकै कार्यकालमा यो सडकको उद्घाटन गरेको छ । चीनको समेत प्राथमिकतामा रहेको यो सडक निर्वाध चल्न दिनुपर्ने शासकीय बाध्यता ओलीको हो । यद्यपि लोकलाज जोगाउन उनले भारतीय पक्षको विरोधको नाटक भने गरेका छन् ।
नेपाली सुरक्षा निकायले यसबारे पटक पटक सरकारलाई खबर गरेको हो । भारतीय पक्षले गरेको ज्यादतिबारे हरेक सूचना राजनीतिक तहलाई दिइएको हो । हाल सेवानिवृत्त भईसकेका नेपाली सेनाका अधिकारीहरुले यसको विस्तृत विवरण नै सत्ताधारी नेताहरुलाई दिएको बताईरहेका छन् । तैपनि ओली सरकार भने यसबारे मौन बस्यो । अथवा भनौं भारतीय पक्षलाई सडक खन्न हौस्यायो । भर्खरै मात्र पनि यसबारे सर्वत्र प्रश्न उठ्दा सरकारी पक्षले चासो देखाएजस्तो गरेको एउटा घटना यहाँ प्रस्तुत गर्नु वाञ्छनीय होला । गएको फागुन महिनामा रक्षामन्त्रालय सम्हालेका उपप्रधानमन्त्री ईश्वर पोख्रेलले नेपाली सेनाको हेलिकोप्टरमार्फत यस क्षेत्रको स्थलगत अवलोकन गरे । त्यसपछि उनको बोली बन्द भएको छ । न त उनी लिपुलेकबारे एक शब्द बोल्न चाहन्छन्, न सरकार प्रमुख ओलीलाई बोल्न लगाउँछन् । यसैबाट पनि ओली सरकारको झुठ र फरेब स्पष्ट हुन्छ ।
दार्चुला क्षेत्रका प्रतिनिधि एवं नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले यसबारे संसदमा मात्र दर्जनौं पटक कुरा उठाएका थिए । सरकारलाई घच्घच्याउने काम उनले नगरेका होइन । तर ओली सरकारको बेवास्ता नै अहिलेसम्मको अवस्था निर्माण गर्ने मुख्य कारण बन्यो । सरकार र पार्टीका तर्फबाट आएका विज्ञप्तिले कतै नेपाल सरकार अनभिज्ञ नै पो थियो की भन्ने भ्रम सिर्जना गर्न सक्छ । यथार्थ बेग्लै हो ।
नेपाली पाठ्यपुस्तकमा नेपालको नक्सा कस्तो राख्ने भन्नेबारे कहिल्यै छलफल भएको छैन । सन् १८१६ मा भएको सुगौली सन्धिका अनुसार कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपाली भूभागमा पर्छ । नेपाल भारतको आधिकारिक सीमा त्यही सन्धिका आधारमा तय भएको हो ।
गत फागुनमै हो संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले उक्त भूभाग नेपालको भएकाले संरक्षण गर्ने दायित्व नेपाल सरकारको भनेकी थिइन् । भारतीय सरकारले जारी गरेको राजनीतिक नक्सामा लिपुलेक क्षेत्र भारतमा गाभिसकेको थियो । त्यसैबाट पनि उक्त क्षेत्रमा भारतले सडक निर्माण गर्ने कामलाई तीब्रता दिने अनुमान लगाउन सकिन्थ्यो ।
भारतले राजनीतिक नक्शा जारी गरेलगत्तै नेपालले प्रतिकार गरेजस्तो नगरेको होइन । तर ओली सरकारले नेपालको तर्फबाट उक्त क्षेत्र समेटेर राजनीतिक नक्शा जारी गर्न चासो देखाएन । अहिलेसम्म पनि त्यसमा पहल भएको छैन । केवल भारतीय पक्षसँग छलफल गर्ने कुरा मात्र भएको छ । तर ठोस पहल भएको पाइँदैन । नेपाली पाठ्यपुस्तकमा नेपालको नक्सा कस्तो राख्ने भन्नेबारे कहिल्यै छलफल भएको छैन । सन् १८१६ मा भएको सुगौली सन्धिका अनुसार कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपाली भूभागमा पर्छ । नेपाल भारतको आधिकारिक सीमा त्यही सन्धिका आधारमा तय भएको हो ।
राज्य व्यवस्था समितिले पाँच महिना अगाडि नै नेपाली नक्शा जारी गर्न सरकारका नाममा निर्देशन दिइएको हो , तर सरकारले कुनै वास्ता गरेन । यसको अर्थ भारतका लागि ओली सरकार बाँदरलाई लिस्नू जस्तो देखियो । ओलीकै मौनता र गुप्त सहयोगका कारण उक्त भूभाग नेपालले गुमाउनुपर्ने अवस्था आएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
बालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
कोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार