लकडाउनमै पाँच हजार विदेशी नागरिक स्वदेश फर्किए
नेपालबहस संवाददाता
बैशाख २८, २०७७ आइतबार २३:५१:१५
२८ बैशाख, काठमाडौं । कोभिड–१९ को जोखिम औँल्याउँदै सरकारले अन्तराष्ट्रिय उडान बन्द गरे पनि लकडाउनको अवधिमा झण्डै पाँच हजार विदेशी नागरिक आ–आफ्नो मुलुक फर्केका छन् । नेपालले अन्तराष्ट्रिय उडान बन्द गरेको अवस्थामा ‘चार्टर फ्लाइट’मार्फत शनिबारसम्म विभिन्न मुलुकका चार हजार ८७४ विदेशी नागरिक आ–आफ्नो मुलुक फर्किएका हुन् ।
सरकारले गत चैत ११ देखि लकडाउन गरे पनि विदेशी मुलुकले चार्टर फ्लाइटमार्फत आफ्ना नागरिक उद्धार गरी लैजान सकिने निर्णय गरेको थियो । सो अवधिमा ५१ वटा विशेष उडानमार्फत ६० भन्दा बढी मुलुकले आफ्ना नगरिकलाई उद्धार गरी लगेका अध्यागमन विभागले जनाएको छ । सो अवधिमा १७ कार्गो र ३४ यात्रु उडान भएको थियो ।
नेपाल भ्रमण गर्न आएका पर्यटक, नेपालमा रहेका विभिन्न मुलुकका कूटनीतिक नियोगका कर्मचारी, दातृ निकाय तथा विकास साझेदारका विभिन्न परियोजनामा काम गर्ने नागरिकलाई उद्धार गरेर लगेको बताइएको छ । यस अवधिमा सबैभन्दा बढी संयुक्त अधिराज्यका ६६६ नागरिक स्वदेश फर्केका विभागका निर्देशक रामचन्द्र तिवारीले जानकारी दिए ।
यसैगरी जर्मनीका ६५६, अमेरिकाका ५३५, फ्रान्सका ४२५, क्यानाडाका ३२२, अष्ट्रेलियाका २३६, नेदरल्यान्डका १७६, दक्षिण कोरियाका १६३, जापानका १६२, स्पेनका १३४, स्विट्जरल्यान्डका ११४, इटालीका ११३, रसियाका १०४, पोल्यान्डका ९२, अस्ट्रियाका ८४, स्विडेनका ७४, बेल्जियमका ६५, श्रीलङ्काका ५७, चेक रिपब्लिकका र मलेसियाका ४५-४५ तथा भूटानका ४४ नागरिक स्वदेश फर्केका छन् ।
यस्तै डेनमार्कका ४३, फिनल्यान्डका ४२, आयरल्यान्डका ४०, न्युजिल्यान्डका ३८, युक्रेनका ३७, थाइल्यान्डका ३३, बङ्गलादेशका ३२, ब्राजिलका ३१, हङ्गेरीका २७, पोर्चुगलका २२, नर्वे र इजरायलका २१-२१, चीन र भारतका २०-२०, सिङ्गापुरका १९, माल्दिभ्सका १२, दक्षिण अफ्रिकाका ११, मेक्सिको र रोमानियाका सात-सात, स्लोभाकियाका छ, बेलारुसका पाँच, अर्मेनिया, लिथुवानिया, युएनओ, लाटभिया र बुल्गेरियाका चार-चार नागरिक फर्किएका विभागले जनाएको छ । यस्तै लक्जेमबर्ग, मङ्गोलिया र आइसल्यान्ड तीन-तीन, अर्जेन्टिना, चिली, ग्रिस, इरान, माल्टा, स्लोभानिया, ताइवान, संयुक्त अरब इमिरेटस् र यमनका दुई÷दुई तथा अन्य मुलुकका १८ नागरिक पनि लकडाउनको अवधिमा स्वदेश फिरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार