ओली रणनीतिः डिभाइड एण्ड रुल
इन्द्र रिजाल
बैशाख २९, २०७७ सोमबार १७:५९:२
समाचार टिप्पणी
२९ बैशाख, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र देखापरेको शक्ति संघर्षमा तत्काल बिराम लागेको देखिएपनि दुवै पक्षको दाउपेच भने जारी छ । पार्टी संयन्त्रमा अल्पमतमा परेका प्रधानमन्त्री केपी ओलीले असन्तुष्ट पक्षको चाहना अनुसारको स्थायी कमिटी बैठक नै राखेनन् ।
अब त संसदको बजेट अधिवेशन नै शुरु भएको छ । पार्टीको सम्पूर्ण ध्यान केवल संसदमा केन्द्रित गर्ने पक्षमा ओली देखिएका छन् । जसले गर्दा कम्तिमा आगामी दशैंसम्म स्थायी कमिटी बैठक बस्ने संभावना न्यून छ । अचानक भारतले नेपाली भूमि लिपुलेकबाट चीनको तिब्बतसम्म जोड्ने लिंकरोड उद्घाटन गरेपछि समग्र देश राष्ट्रवादी सोचबाट ओतप्रोत भएको छ । त्यसमा नेकपा त अझै अग्रपंक्तिमा ।
यस्तो गम्भीर अवस्थामा पनि प्रधानमन्त्री ओलीले पार्टी संयन्त्रको बैठक बोलाएनन् । पार्टी विदेश विभागको बैठक डाकेर आवश्यक परामर्श गरी धारणा बनाउनुपर्नेमा ओलीले त्यसो गरेनन् । विदेश विभाग प्रमुखमा नेता माधवकुमार नेपाल छन् । बरु ओलीले हिजो अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटार बोलाएर परामर्श गरे । लगत्तै पार्टीका वरिष्ठ नेता झलनाथ खनाललाई बोलाएर लामै वार्ता गरे । त्यसपछि ओली र प्रचण्डको नाममा संयुक्त विज्ञप्ति जारी भयो ।
पछिल्ला दिन ओलीले प्रचण्ड र खनालसँगको भेटघाटलाई घनिभूत बनाएका छन् । प्राय हरेक दिन प्रचण्ड र ओलीबीच छलफल हुने गरेको छ । साथै, नेता खनालको बालुवाटार आवतजावत पनि बाक्लिएको छ । तर प्रचण्ड र खनालको साथ र समर्थन चाहिं जुटाउन सफल भइसकेका छैनन् ओली ।
पार्टी संयन्त्रलाई पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पूर्ण बेवास्ता गरेपछि विदेश विभागका तर्फबाट नेता नेपालले बेग्लै विज्ञप्ति जारी गरे । पछिल्लो अवस्थामा ओली नेता नेपालसँग बढी आक्रोशित छन् । त्यसैले प्रचण्ड र खनाललाई निकट बनाएर नेपाललाई अझै पर धकेल्ने उनको रणनीति देखिएको छ । यसअघि नै ओलीले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई आप्mनो कित्तामा ल्याउन सफल भईसकेका छन् । यसका लागि पार्टी महासचिव विष्णु पौडेलले ठूलो प्रयास गरे । सचिवालय बैठकमा गौतमको साथ पाएपछि बहुमतमा पुगेका ओली सकेसम्म झलनाथ र प्रचण्डलाई समेत तान्ने दाउमा छन् ।
यद्यपि यो त्यति सहज छैन, तर राजकीय सत्ताका भोका नेताहरुलाई हरियो घाँसले नतान्ला पनि भन्न सकिन्न । पछिल्ला दिन ओलीले प्रचण्ड र खनालसँगको भेटघाटलाई घनिभूत बनाएका छन् । प्राय हरेक दिन प्रचण्ड र ओलीबीच छलफल हुने गरेको छ । साथै, नेता खनालको बालुवाटार आवतजावत पनि बाक्लिएको छ । तर प्रचण्ड र खनालको साथ र समर्थन चाहिं जुटाउन सफल भइसकेका छैनन् ओली । प्रयास चाहिं निरन्तर जारी छ ।
नेता नेपाललाई एक्ल्याउन सके फेरि पनि सरकार र पार्टीमा एकीकृत अधिकार नफुत्कने उनको बुझाई छ । तर पटक पटक धोका पाएका खनाल भने ओलीप्रति सजिलै आकर्षित हुने सम्भावना देखिंदैन । प्रचण्ड भने पूर्व एमालेभित्र भाँजो हाल्न पाएसम्म तम्तयार हुने भएकाले ओलीको जालमा आउन सक्ने संभावनालाई इन्कार गर्न सकिन्न । ओली र प्रचण्डबीच जोडिन सक्ने स्वार्थ पनि शक्ति बाँडफाँड नै हो । गएको मंसिर ४ मा ओली र प्रचण्डबीच भएको भद्र सहमति अनुसार, पाँच वर्ष ओलीले सरकार चलाउने र प्रचण्ड कार्यकारी अध्यक्ष रहने भन्ने हो ।
उनी जसरी भएपनि नेकपाभित्र आफ्नो प्रभाव बढाउने ध्याउन्नमा छन् ।त्यसैले गर्दा ओलीको चाहना बमोजिम उनको आगामी यात्रा तय नहोला भन्न सकिन्न । नेता नेपाललाई एक्ल्याउने नाममा प्रचण्डको साथ ओलीलाई हुनसक्ने आधार पर्याप्त छन् ।
उक्त भद्र सहमतिको पालना ओलीबाट नभएकाले बिच्किएका प्रचण्डलाई सोही सहमतिको कार्यान्वयनको विश्वास दिलाउने कोशिश अहिलेपनि जारी रहेको देखिन्छ । प्रचण्ड सग्लो नेकपाको एकल अध्यक्ष बन्न लालयित छन् । त्यसैले अहिले नेता नेपाललाई प्रधानमन्त्री पदका लागि अगाडि सारेर पार्टी चलाउन चाहन्छन् । त्यसका लागि ओली कमजोर हुनुपर्छ भन्ने प्रचण्डको बुझाई हो । साथै, पूर्वएमाले भित्रै मारामारको अवस्था सिर्जना हुँदा मात्रै आफ्नो अभिष्ट पूरा हुने पनि प्रचण्डले राम्रोसँग बुझेका छन् । त्यही भएर नेता नेपाललाई प्रधानमन्त्रीमा प्रस्तावित गरेका थिए ।
नेता नेपाल भने अहिले नै ओलीलाई हटाएर एक त प्रधानमन्त्री बन्न नै मुश्किल बनिहाले पनि चलाउन महामुश्किल हुने बुझाई रहेको छ । त्यसैले प्रचण्डको प्रस्तावमा उनले बढी ध्यान दिएनन् । बरु पार्टीमा एक व्यक्ति एक पदको फर्मुला लागू गर्न सके आफु पक्षीय नेताहरुको व्यवस्थापन गर्न सहज हुने उनको तयारी देखियो । यसो गर्न सक्दा ओली पनि प्रधानमन्त्रीमा मात्रै खुम्चिएर पार्टीको शक्ति आफूमा आउने अनुमान नेता नेपालले गरेका छन् ।
तर प्रचण्ड भने यतिमै सीमित राख्ने पक्षमा छैनन् । उनी जसरी भएपनि नेकपाभित्र आफ्नो प्रभाव बढाउने ध्याउन्नमा छन् ।त्यसैले गर्दा ओलीको चाहना बमोजिम उनको आगामी यात्रा तय नहोला भन्न सकिन्न । नेता नेपाललाई एक्ल्याउने नाममा प्रचण्डको साथ ओलीलाई हुनसक्ने आधार पर्याप्त छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपराष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनको तयारीमा लाग्न कांग्रेसले पठायो सर्कुलर
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
कोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार