नेपाल बैंकले यसरी झुक्यायाे लगानीकर्तालाई, राष्ट्र बैंकले कारवाही गर्ला ?
![आर्थिक संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_jYm4x4A9NS.jpeg
)
आर्थिक संवाददाता
बैशाख २९, २०७७ सोमबार २१:९:१२
![](https://nepalbahas.prixacdn.net/media/albums/nepal-bank_ZTBF3NxPYd.jpg)
२९ बैशाख, काठमाडौं । नेपालकै जेठाे बैंकका रूपमा परिचित नेपाल बैंक लिमिटेडले गत २०७६ साल पौष २५ गते बैंकले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गर्दै १५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको थियो । १५ प्रतिशत बोनस शेयरलाई पुँजीमा समायोजन हुँदा कम्पनीको चुक्ता पुँजी ११ अर्ब २८ करोड हुन्छ ।
तर नेपाल बैंकले तेश्रो त्रैमासको वित्तीय विवरणमा प्रतिशेयर आम्दानी निकाल्दा कम्पनीले बोनस शेयर भन्दा अघिको चुक्ता पुँजी ९ अर्ब ८१ करोडकै आधारमा निकालेको छ । जसले गर्दा प्रतिशेयर आम्दानी धेरै देखिएको छ । त्यतिधेरै चार्टर्ड एकाउन्टेन्टले जागीर खाएकाे त्यस बैंकमा उनीहरूले नजानेर यस्ताे गम्भीर गल्ती गरे वा नियतबस डाटा लुकाएर शेयरधनीलाई ठग्न खाेजिएकाे हाे ? गम्भीर प्रश्न खडा भएकाे छ । यसरी लगानीकर्तालाई बैंकले गलत सूचना दिएको छ । यसरी दिनदाहाडै ढाँटेको नेपाल बैंकलाई नेपाल राष्ट्र बैंकले कसरी र कस्तो कारवाही गर्ला, प्रतिक्षाको विषय बनेको छ ।
बैंकमा नेपाल सरकारको नाममा ५१ प्रतिशत शेयर स्वामित्व रहेको छ भने कर्मचारी संचय कोषको नाममा ३ दशमलव ६४ प्रतिशत शेयर स्वामितत्व रहेको छ । शुन्य दशमलव ५ प्रतिशत भन्दा धेरै शेयर स्वामित्व रहेका जम्मा ४ शेयरधनी रहेका छन् । नेपाल बैंकमा ५७ दशमलव ७३ प्रतिशत शेयर स्वामित्व ४ लगानीकर्तामा सिमित रहेको छ । सरकारको शेयर स्वामित्व धेरै भएको कारणले बैंकले अन्य बैंकको तुलनामा आक्रामक रुपमा बजारमा प्रतिस्पर्धा गर्न सकेको छैन । सम्पत्ति र श्रोतको मामलामा नेपाल बैंक अन्य बैंक भन्दा धेरै माथि भएपनि बैंकले आफ्नो सम्पति र श्रोतलाई व्यवसायिक रूपमा उपयोग गर्न सकेको छैन ।
बैंकले बजारमा आक्रामक प्रस्तुति दिन नसकेपनि बैंकले आफ्ना कर्मचारीलाई भने राम्रो तलब भत्ता र सेवा सुविधा दिने गरेको छ । १ अर्ब ९९ करोड खुद मुनाफा गरेको बैंकले तलब शीर्षकमा मात्रै अत्याधिक १ अर्ब ७१ करोड खर्च गरेको छ ।
तेस्राे त्रैमासमा आइपुग्दा नेपाल बैंककाे वितरणयोग्य मुनाफा ऋणात्मक भएको छ । दशकौदेखि लगानीकर्ताको हात खाली राखेर आर्थिक वर्ष ०७५/७६ मा बल्ल थाेरै लाभांश दिएको बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक हुँदा शेयरधनीले फेरी धोका पाउने सम्भावना अधिक देखिएकाे हाे ।
यस बैंककाे संचालक समितिको अध्यक्षमा वासुदेव अधिकारी छन् । उनी नेपाल राष्ट्र बैंककाे कार्यकारी निर्देशकबाट सेवा निवृत भएपछि सरकारले सिधैं अध्यक्षमा नियुक्त गरेका पात्र हुन् । त्यस्तै संचालक समितिका अन्य सदस्यमा दीपेन्द्रविक्रम थापा, केदारप्रसाद पनेरु, गङ्गाप्रसाद ज्ञवाली, सावित्री रंजित श्रेष्ठ र ओमकृष्ण श्रेष्ठ छन् । त्यस्तै बैंक उच्च व्यवस्थापनमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कृष्णबहादुर अधिकारी कार्यरत रहेका छन् । उनी साेही बैंकका क्याडर हुन् ।
कम्पनीको आर्थिक वर्ष ०७६/७७ को तेश्रो त्रैमास र आर्थिक वर्ष ०७५/७६ को तेश्रो त्रैमासलाई दाँजेर हेर्दा :
खुद ब्याज आम्दानीमा सामान्य वृद्धि :
बैंकको प्रमुख आम्दानीको श्रोतकाे रूपमा रहेको खुद ब्याज आम्दानीमा गिरावट आएको छ । बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा ४ अर्ब २१ करोड खुद व्याज आम्दानी गरेकोमा गत आर्थिक वर्षको तेश्रो त्रैमासमा कम्पनीले ४ अर्ब ७२ करोड खुद व्याज आम्दानी गरेको थियो । यसरी खुद व्याज आम्दानीमा ११ प्रतिशतको गिरावट आएको छ ।
खुद मुनाफामा गिरावट:
संचालन मुनाफा १५ प्रतिशतले घटेसँगै कम्पनीको खुद मुनाफा पनि ११ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमासमा २ अर्ब २४ करोड खुद मुनाफा गरेको कम्पनीले अहिले भने १ अर्ब ९९ करोड मात्र खुद मुनाफा गरेको छ ।
जगेडा कोष वृद्धि हुँदै, संचित मुनाफा घट्दै :
कम्पनीको जगेडा कोषमा ६ प्रतिशतको वृद्धि भएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा १३ अर्ब ३१ करोड रहेको जगेडा कोष अहिले १४ अर्ब १७ करोड पुगेको छ । तर संचित मुनाफा भने ३६ प्रतिशतले घट्दै १ अर्ब ८५ करोड मात्र रहेको छ ।
निक्षेप र कर्जा प्रवाहमा सामान्य वृद्धि :
बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमास र अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासलाई आधार मान्दा बैंकको निक्षेप संकलन ५ प्रतिशतले वृद्धि गर्न सफल भएको छ भने कर्जा प्रवाह १० प्रतिशतले मात्र वृद्धि गर्न सफल भएको छ । बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा १ खर्ब २२ अर्ब निक्षेप संकलन गरी १ खर्ब १ अर्ब कर्जा प्रवाह गरेको छ ।
प्रतिशेयर आम्दानी प्रकाशित भन्दा पनि कम हुने :
खुद मुनाफामा ठूलो गिरावट आएसँगै कम्पनीको प्रतिशेयर आम्दानी निकै कम भएको छ । कम्पनीको प्रकाशित वार्षिक प्रतिशेयर आम्दानी २७ रुपैंया १३ पैसा मात्र रहेको छ । तर बैंकले आर्थिक वर्ष ०७५/७६ मा दिएको १५ प्रतिशत बोनस शेयरलाई पुँजीमा समायोजन गर्दा कम्पनीको प्रतिशेयर आम्दानी अझै घट्ने देखिन्छ । कम्पनीले आर्थिक वर्ष ०७५/७७ को साधारण सभाबाट पारित गरेको १५ प्रतिशत बोनस शेयरलाई पुँजीमा समायोजन गर्दा कम्पनीको पुँजी ११ अर्ब २८ करोड हुन्छ । सो पुँजीलाई लिएर प्रतिशेयर आम्दानीलाई गणना गर्दा वार्षिक प्रतिशेयर आम्दानी जम्मा २३ रुपैया ५९ पैसा मात्र हुन्छ ।
खराब कर्जा घटाउन सफल:
गत वर्ष तेश्रो त्रैमासमा २ दशमलव ७१ प्रतिशत रहेको खराब कर्जा अहिले भने थोरै घटेर २ दशमलव ६४ प्रतिशत रहेको छ।
आधार व्याजदर बढ्यो :
धेरै बैंकले आधार व्याजदर घटाउन सफल भएको बेला नेपाल बैंकको आधार व्याजदर भने बढेको छ । कम्पनीको अहिले आधार व्याजदर ७ दशमलव ४९ प्रतिशत रहेको छ ।
स्प्रेडदर सन्तुलित :
राष्ट्र बैंकले २०७७ असार मसान्तसम्म ४ दशमलव ४० प्रतिशत गर्ने निर्देशनमा यस बैंकको स्प्रेडदर भने ४ दशमलव ४९ प्रतिशत छ । स्प्रेडमा ठूलो अन्तर राखेका बैंकलाई एकैपटक स्प्रेड घटाउँदा नाफामा असर पर्ने देखिन्छ तर नेपाल बैंकलाई भने सो समस्या छैन ।
वितरणयोग्य मुनाफा:
कम्पनीको तेश्रो त्रैमाससम्म वितरणयोग्य मुनाफा ६ करोड १९ लाख ऋणात्मक रहेको छ । त्यस्तै गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीको वितरण योग्य मुनाफा १ अर्ब ६२ करोड माथि थियो । यसरी वितरण योग्य मुनाफामा निकै ठुलो गिरावट आएको छ ।
निस्कर्ष:
नेपाल बैंकबाट लगानीकर्ताले दशकौंदेखि धोका पाउँदै आएका छन् । निकै धेरै श्रोत हुँदा पनि बैंकले आक्रामक व्यापर गर्न सकेको छैन । आधारभूत रुपमा बलियो किताबी मूल्य भन्दा पनि कम बजार मुल्य र धेरै अण्डरभ्यालुड शेयर हुँदा पनि लगानीकर्ताले बजारमा विश्वास गर्न सकेको छैनन् । यो पछाडीको मुख्य कारण भनेको बैंकको सरकारी पारा र लगानीकर्तालाई भविष्यमा आक्रामक व्यापार गर्दैन भनेर मनोविज्ञान बन्नु नै हाे ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार