के तपाईलाई थाहा छ ! मदिराको उचित मात्रा कति हाे ?
नेपालबहस संवाददाता
बैशाख २९, २०७७ मंगलबार २:५०:७
२९ बैशाख, काठमाडौं । विश्वभर कोरोना भाइरसले महामारी लिइरहेको बेला नेपाल सरकारले लकडाउन जारी गरेको छ । बन्दाबन्दीमा दिन कटाउनै गाह्रो । दिनभर के गर्दै बस्ने ? कतिपयका लागि बहाना बनेको छ, मदिरा पिउने । हुन त अहिले मदिरा त्यति सहजै उपलब्ध छैन । तेसो त बयस्कलाई मदिराबाट छुटाउने मौका पनि हो यो लकडाउन ।
कतिले त मदिरा छाडे पनि होलान् । तर, सबैको हकमा त्यस्तो नहोला । घरमै बस्न पाइने भएकाले वा कामकाजका लागि बाहिर निस्कनु नपर्ने भएकाले कतिपयलाई मदिरा पिउने बहाना मिलेको छ । मदिरा पिउनेहरू अनभिज्ञ हुँदैनन् कि यो स्वास्थ्यका लागि हानीकारक छ । स्वास्थ्यका लागि मात्र होइन, परिवार, बालबच्चा सबैका लागि हानीकारक छ ।
त्यसैले सम्भव भएसम्म त मदिरा त्यागेकै उत्तम हुन्छ । मदिरा पिउने नै हो भने दैनिक कति पिउने ? यो कुरा तपाईको स्वास्थ्यमा पनि निर्भर रहन्छ । स्वस्थ्य एवं तन्दुरुस्त व्यक्ति र रोगी व्यक्तिका लागि मदिराको मात्रा एकनास हुँदैन । स्वास्थ्यमा कुनै समस्या भएका व्यक्तिहरूका लागि थोरै मात्रामा पिइने मदिरा पनि निकै हानीकारक हुन सक्छ ।
मदिरा कति पिउने ?
स्वास्थ्य विज्ञहरूको यसमा एउटै राय छ, जति मदिरा पिए पनि शरीरलाई हानि गर्छ । अर्थात् उचित मात्रामा पिउँदैमा शरीरलाई हानि हुँदैन भन्ने होइन । थोरै मदिरा सेवन गर्दा पनि त्यसको नकारात्मक असर शरीरमा पर्छ। खासगरी कलेजोको लागि मदिरा अत्यन्तै घातक हुन्छ । तर, थोरै मदिरा पिउँदा पनि स्वास्थ्यमा हानी गर्छ भनेर त्यसको मात्रा बढाउनु अरू घातक हुन्छ । मदिराको मात्रा जति बढाउँदै लान्छौं, खतराको स्थिति पनि उति नै बढेर जान्छ । यद्यपि पिउने नै भएपछि त्यसबाट धेरै क्षति व्यहोर्नु नपरोस् भनेर मात्रा निर्धारण गरिएको छ ।
जान्ने पर्ने उपयोगी कुरा के हो ?
यदि मदिरा पिउने नै हो भने मदिरा पिउनुअघि भरपेट पानी वा तरल पदार्थ पिउनुहोस् । यसले गर्दा मदिराको सोझो असर कम पर्छ । पानी पिएर मदिरा सेवन गरेपछि पेट खराब हुने वा ह्याङओभर हुने समस्या रहँदैन । धेरैले भन्छन् मदिरासँग स्न्याक्स सेवन गर्नुपर्छ । स्न्याक्सको रुपमा मासुजन्य परिकार, भुजिया, चिप्स आदि हुनेगर्छ । यस किसिमको स्न्यान्ससँग मदिरा पिउनु अरू हानिकारक हुन्छ । बरु सलाद वा फलफूलसँग सेवन गर्दा उचित हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
के तपाई घाँटीको संक्रमणबाट हैरान हुनुहुन्छ ?
मंसिर ५, २०८१ बुधबार
जाडोमा कपाल फुट्न थालेको छ भने यो चिजले मसाज गर्नुहोस, कुनै हानि हुँदैन
कात्तिक २८, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
निःशुल्क विशेषज्ञ डाक्टरको सेवा पाउँदा दुर्गमका नागरिक खुसी
मंसिर १०, २०८१ सोमबार
लिथुआनियामा विमान दुर्घटना हुँदा एक जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणबारे छलफलपछि ओलीले बोलाए मन्त्रिपरिषद्
मंसिर १०, २०८१ सोमबार
सन् २०२३ को अक्टोबर देखि एघार हजार भन्दा बढी प्यालेस्टिनी हिरासतमा
मंसिर १०, २०८१ सोमबार
बीआरआइबारे देउवाले भने, प्रधानमन्त्रीले चीनसँग अनुदानको कुरा गर्नुहुन्छ, ऋण होइन
मंसिर १०, २०८१ सोमबार
लोप हुन थालेको ‘बुट्टेनली’ संरक्षणको प्रयास
मंसिर १०, २०८१ सोमबार