‘कोभिड आइसोलेशन सेण्टर’ निर्माण निर्देशिका तयार
नेपालबहस संवाददाता
बैशाख ३०, २०७७ मंगलबार १८:३९:७
३० बैशाख, काठमाडाैं । विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ र अन्य देशले गरेका प्रयत्नको अध्ययन गरेर नेपाली ढाँचाको ‘कोभिड आइसोलेशन सेण्टर’ निर्माण निर्देशिका तयार पारिएको छ ।
विभिन्न क्षेत्रका विज्ञको सहभागिता र अन्तरराष्ट्रिय अनुभवको अध्ययन गरेर आर्किटेक्टहरुको संस्था सोसाइटी अफ नेप्लिज आर्किटेक्टस ‘सोना’ ले उक्त निर्देशिका तयार गरेको हो । सोनाले आफूले तयार पारेको कोभिड–१९ संक्रमितको उपचारका लागि छुट्टै उपचार केन्द्र अर्थात् कोभिड आइसोलेशन सेण्टर निर्माण निर्देशिका आइतबार मन्त्रालयका विज्ञ सल्लाहकार डा खेम कार्कीलाई हस्तान्तरण गरिएको जनाएको छ ।
समूहगत रुपमा छलफल गर्दा सरकारलाई सहयोग गर्ने उद्देश्यले नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी ‘नाष्ट’सँगको सहकार्यमा निर्देशिका तयार पारिएको सोनाका महासचिव सुरज खनालले जानकारी दिए । उनका अनुसार निर्देशिका तयार पार्नुअघि विज्ञ टोलीले डब्लुएचओ, रोग नियन्त्रण तथा रोकथाम केन्द्र, राष्ट्रिय स्वास्थ्य सेवासहितका संस्थाका मापदण्ड र बंगलादेश, हङकङका साथै आर्किटेक्टहरुको एशियास्तरीय परिषद्लगायतले जारी गरेका निर्देशिकाको समेत अध्ययन गरिएको थियो ।
उक्त निर्देशिकामा ५० शय्याको आइसोलेशन सेण्टर सरल तथा सहज निर्माणका लागि आवश्यक जनशक्तिलगायत विषयलाई समावेश गरिएको सोनाले जनाएको छ । महासचिव खनालका अनुसार उक्त निर्देशिकाबमोजिम नेपालले पनि अन्य देशसरह अधिक जनशक्ति प्रयोग गरेर छोटो समयमा नै आइसोलेशन सेण्टर निर्माण गर्न सक्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै
जेठ १४, २०८१ सोमबार
रौतहटमा दर्जनौं अवैध अस्पतालले बिरामीसँग लाखौं रकम लुट्दै, नियमनकारी निकाय मौन
जेठ १४, २०८१ सोमबार
भक्तपुर अस्पतालमा पाठेघरको निःशुल्क उपचार
जेठ १३, २०८१ आइतबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार