आजदेखि सत्यमोहन जोशी १०० वर्ष पूरा गरी १०१ वर्षमा प्रवेश
नेपालबहस संवाददाता
बैशाख ३०, २०७७ मंगलबार २२:४२:४९
३० बैशाख, ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी आजदेखि १०० वर्ष पूरा गरी १०१ वर्षमा प्रवेश गरेको उपलक्ष्मा दीर्घायु एवं सुवास्थ्यको कामना व्यक्त गरेका छन्।
महर्जनले आज जोशीको निजी निवास पुगी उनको सुस्वास्थ्य एवं दीर्घायुको कामना गरे। उनले भने, “जोशीजस्ता जीवित इतिहासको सम्मानमा महानगरपालिकाले पुल्चोक, गाःबहाल, महापाल, मङ्गलबजार हुँदै महालक्ष्मी नगरपालिका छिर्ने सडक छेउसम्म ‘सत्यमोहन जोशी मार्ग’ नामकरण गरिसकेका छौँ ।” जोशीको सम्मानमा रु १० को हुलाक टिकट प्रकाशन गर्ने काम अन्तिम चरणमा पुगेको छ । महानगरपालिकाले जोशीको नाममा ‘आरकोलोजिकल गार्डेन’ बनाउने योजना बनाइरहेको महर्जनले जानकारी दिए ।
जोशीका सम्मानमा गर्ने भनिएका अन्य बाँकी काम भने कोरोनाका कारण समयमै पूर्ण गर्न नसकिएको महर्जनको भनाइ छ । गत वर्ष महानगरपालिकाले जोशीको जन्मोत्वसको अवसर पारेर २०७६ वैशाख ३० देखि २०७७ वैशाख ३० गतेसम्म जन्मशताब्दी महोत्सव मनाउने योजनाअनुरुप नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाबाट जोशीको तस्वीर अङ्कित चाँदीका सिक्का निष्काशन गरिसकेको छ । जोशीले विसं २०१३ मा हामो लोकसंस्कृति, २०१७ मा नेपाली राष्ट्रिय मुद्रा र २०२८ मा कर्णाली लोकसंस्कृति नामक गन्थ्र लेखेवापत पटक–पटक तेस्रो पटकसम्म मदन पुरस्कार प्राप्त गरे । जोशीले नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संवद्र्धन र विकासमा महत्वपूर्ण योगदान दिँदै आएका छन् ।
विश्वले नै रोगको जोखिम मोलिरहेका बेला राष्ट्रिय हित चिताउँदै आफ्नो रीति र परम्पराअनुसार सामान्य तवरमा जन्मोत्सव मनाएको जोशीको भनाइ छ । उनले भने, “आज म्युजिक नेपाल नामक संस्थाले मेरो नामको एक गीति एल्बम निकालेको छ । सामाजिक दूरी कायम गरी शुभकामना दिन आउने मानिस पनि उत्तिकै छन। अरनिकोको स्वेत चैत्य नामक महाकाव्य अङ्ग्रेजीमा प्रकाशन गर्ने भनिएको काम बाँकी नै रहेको छ ।” कोरोनाका कारण ‘कात्तिक नाच’ नामक पुस्तक पनि समयमै प्रकाशन हुन नसकेको जोशीले औँल्याए । बाबु शङ्करदास ‘शङ्कर’ जोशी र आमा राजकुमारी ‘नोगलदेवी’ जोशीका ज्येष्ठ सुपुत्रका रुपमा विसं १९७७ वैशाख ३० गते पाटनको बखुम्बहालमा जोशीको जन्म भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण
मंसिर २८, २०८१ शुक्रबार
उपराष्ट्रपति यादवसँग चीनको ‘सिपिपिसिसी’सदस्य शुनको शिष्टाचार भेट
मंसिर २८, २०८१ शुक्रबार