ट्रेड युनियन नुवाकोटद्वारा पत्रकारलाई प्रेस ज्याकेट, स्वास्थ्यकर्मीलाई ‘पीपीई’
नेपालबहस संवाददाता
बैशाख ३०, २०७७ बुधबार ०:१४:५६
३० बैशाख, नुवाकोट । नेपाल ट्रेड युनियन कांग्रेस नुवाकोटले कोरोना संक्रमण रोकथामका लागि अग्रपंक्तिमा रहेर काम गरिरहेका पत्रकारहरु र स्वास्थ्यकर्मीहरुलाई सहयोग सामग्री उपलब्ध गराएको छ ।
युनियनले जिल्लामा क्रियाशिल पत्रकारहरुलाई प्रेस ज्याकेट र सूर्यगढी गाउँपालिकाका स्वास्थ्यकर्मीहरुलाई ब्यक्तिगत सुरक्षा उपकरण ‘पीपीई’ उपलब्ध गराएको हो ।
मंगलबार नेपाल पत्रकार महासंघ नुवाकोटको सभाहलमा एक संक्षिप्त कार्यक्रमका बिच नेपाल ट्रेड युनियन कांग्रेस नुवाकोटका अध्यक्ष शिव देबकोटाले पत्रकार महासंघका अध्यक्ष कपिलदेब खनाल र प्रेस युनियन नुवाकोटका अध्यक्ष नवराज सुबेदीलाई २०–२० थान प्रेस ज्याकेट हस्तान्तरण गरेका हुन् । उक्त प्रेस ज्याकेट कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामाको सहयोगमा प्राप्त भएको युनियनले जनाएको छ ।
यसैगरी मंगलबार नै युनियनका जिल्ला अध्यक्ष देबकोटाले सूर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर तमाङ र प्रमुख प्रशासकीय अधिकृत यज्ञेश्वर पाण्डेको रोहवरमा गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र डंगोललाई यशोदादेबी भगवानसिंह मेमोरियल ट्रष्टको सहयोगमा प्राप्त ५ थान ‘पीपीई’ हस्तान्तरण गरे ।
त्यसक्रममा गाउँपालिका अध्यक्ष घलेले कोरोना संक्रमण रोकथामका लागि सबैको ऐक्यबद्ध प्रयत्न आवश्यक रहेको बताउँदै ट्रेड युनियनको सहयोगले अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने धारणा ब्यक्त गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार