सप्तरीका संक्रमित गाउँ हटैल सिलबन्दी ! कन्ट्याक्ट ट्रेसिङ्ग, क्लोज कन्ट्याक्टको खोजी सुरु
नेपालबहस संवाददाता
बैशाख ३०, २०७७ बुधबार ०:४२:७
◊ धीरुभाइ
३० बैशाख, सप्तरी । जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ को हटैल टोललाई सिलबन्दी गरेको छ । स्थानीय एक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि सो गाउँलाई सिल गरिएको हो । सोमबार साँझ बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले गरेको निर्णय अनुसार संक्रमितको गाउँ हटैल टोललाई सिलबन्दी गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी आनन्द ठाकुरले जानकारी दिए ।
गाउँ सिल गरेर संक्रमितको सम्पर्कमा आएका व्यक्ति, संभावित अन्य व्यक्तिको स्वाब संकलन गरी पीसीआर रिपोर्ट नेगेटिभ नआएसम्म उक्त टोल शिलबन्दी रहने उनले बताए । गएराती देखि नै टोलमा नेपाली सेना, प्रहरी परिचालन गरी संक्रमितको सम्पर्क मानिसहरुको खोजी भइरहेको उनले जानकारी दिए ।
रिपोर्ट नआउँदै डिस्चार्ज
संक्रमितको पीसीआर रिपोर्ट आउनु एक दिन अगाडी क्वारेन्टाइनबाट घर पठाइएको थिया । संक्रमितको सिधा सम्पर्कमा आएका आमा, बाबा, भाइ र एक जना साथीसहित चार जनालाई सोमबार साँझ नै डाक्नेश्वरीको पातो स्थित चन्द्रकान्त माविको क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
गत बैशाख ९ गते लकडाउनको समयमा १३ जनाको समूहमा चितवनबाट जिल्ला आएलगत्तै सबै जनालाई कन्तचन्द्र माविको क्वारेन्टाइनमा राखिएको थियो । बैशाख २५ गते संक्रमित युवकसहित सात जनाको स्वाब संकलन र छ जनाको आरडीटी परीक्षण गरिएको थियो । ती सात जनाको स्वाब रिपोर्ट नआउँदै युवकसहितलाई २८ गते डिस्चार्ज गरेको थियो ।
सम्पर्क व्यक्तिको स्वाब संकलन तर, भीटीएम किट छैन पर्याप्त
संक्रमित युवकको सिधा सम्पर्कमा आएका पारिवारिक सदस्य, आफन्त, साथीसहित घुलमिल भएको व्यक्तिहरुको मंगलबारदेखि पीसीआर परीक्षणको लागि स्वाब संकलन कार्य सुरु गरिएको स्वास्थ्य प्रमुख यादवले जानकारी दिए ।
संक्रमित युवक क्वारेन्टाइनमा बसेको अवधि भित्रका सम्पूर्ण मानिस, क्वारेन्टाइनबाट घर फर्किएपछि सिधा र नजिक सम्पर्कमा आएका मानिस, घरपरिवारका सदस्य, क्वारेन्टाइनका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका गरी करिब २०० जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्नुपर्ने अति आवश्यक रहेको उनले भने, तर, हामीसँग स्वाब संकलनका लागि चाहिने भीटीएम किट पर्याप्त छैन । अहिले ८६ वटा किट मात्र मौज्दात रहेको छ ।
त्यसमध्ये इमरजेन्सीका लागि केही राख्नु पर्ने हुँदा थप किट प्राप्त नभएमा आज मंगलबार ८६ भन्दा कम मानिसको मात्र स्वाब संकलन हुने बताए । स्वाब संकलन कार्यमा सहयोग गर्न, सो बस्तिको अध्ययन अवलोकन गर्न प्रदेश २ का सामाजिक विकास मन्त्रालय र क्षेत्रीय स्वास्थ्य निर्देशनालय जनकपुरधामबाट समेत स्वास्थ्यकर्मीको टोली आइपुगेको उनले जानकारी दिए।
संक्रमित १८ वर्षीय युवकलाई सोमबारै राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा भर्ना गरिएको अपस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनले भने, युवामा कोरोना संक्रमणको कुनै प्रकारको लक्षण देखिएको छैन । युवक बसेको क्वारेन्टाइनमा मंगलबार बिहानसम्म छ महिला र १० पुरुष गरी १६ जना रहेका छन । तीमध्ये संक्रमित युवकको सिधा सम्पर्कमा आएका चार जना रहेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
भक्तपुरमा राजश्व संकलन गत वर्षभन्दा राम्रो
मंसिर ११, २०८१ मंगलबार
आरबीआईका गभर्नर शक्तिकान्त दास अस्पताल भर्ना
मंसिर ११, २०८१ मंगलबार
बक्यौता रकम नपाएसम्म लिग नखेल्ने 'बी' डिभिजन क्लबको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
कन्ताराः च्याप्टर-१ को सुटिङ बस दुर्घटनाग्रस्त, २० जना घाइते
मंसिर ११, २०८१ मंगलबार
विदेश भ्रमणमा कडाई, व्यक्तिगत कामका लागि विशेष तथा कूटनीतिक राहदानी प्रयोग गर्न नपाइने
मंसिर ११, २०८१ मंगलबार
पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा ८८ जनाको मृत्यु
मंसिर ११, २०८१ मंगलबार