संक्रमित युवकको छिमेकी बर्साइन बजार त्रासले पूर्ण लकडाउन
नेपालबहस संवाददाता
बैशाख ३०, २०७७ बुधबार ०:५१:३५
♦ धीरुभाइ
३०, बैशाख सप्तरी । कोरोना संक्रमित युवकको छिमेकी बोदेबर्साइन नगरपालिकालाई तीन दिन पूर्ण लकडाउन गरिने निर्णयसँगै कार्यान्वयन गरिएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ को हटैलका १८ वर्षीय युवकको छिमेकी बोदे बर्साईन नगरपालिका वडा नम्बर ५ स्थित बर्साईन बजारलाई मंगलबारदेखि तीन दिनसम्म लकडाउनको पूर्ण पालन गर्ने निर्णय गरेको छ ।
बजारको पूर्वमा पेट्रोल पम्प, उत्तर तथा पश्चिममा चन्द्रा मावि, दक्षिणमा हैंठीसम्म बन्द गर्ने सहमति भएको छ । औषधि पसलबाहेक किराना पसल, तरकारी हटियासहित सम्पूर्ण पसल, सवारीसाधन, हिडडुल बन्द गरिने निर्णय भएको वडा नम्बर ५ का अध्यक्ष मो. मजिवुर रहमानले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय बोदे बर्साईनका कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक चन्द्रबहादुर केरूङ उपस्थितिमा बोदे बर्साईन नगर ब्यापार समितिको बैंठकले बर्साईन बजारमा पूर्ण रूपमा लकडाउनको कार्यान्वयन गराउने निर्णय गरेको स्थानीय लोकेन्द्रप्रसाद यादवले जानकारी दिए ।
सो निर्णयको पूर्ण कार्यान्वय गराउन बर्साईन बजारको चारै सीमामा प्रहरी परिचालन गरेको छ । नगर ब्यापार समिति अध्यक्ष देवनारायण साह अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष राधा भगत, सचिव अनिल सिंह लगायत ब्यापारीहरूको उपस्थितिमा उक्त निर्णय भएको हो । छिमेकी नगरपालिका डाक्नेश्वरीमा कोरोना संक्रमण पुष्टि भएपछि सतर्कता अपनाउन यस्तो कदम चालिएको व्यापारीहरु बताउँछन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार