धमाधम नेपाली घर फर्किन थालेपछि सीमामा सक्रिय बन्यो सशस्त्र प्रहरी
नेपालबहस संवाददाता
बैशाख ३१, २०७७ बुधबार १४:१३:१४
३१ बैशाख, दार्चुला । महाकाली नदी तरेर धमाधम नेपाली घर फर्किन थालेपछि सशस्त्र प्रहरीले सीमामा निगरानी बढाएको छ । महाकाली नदीमा पौडिएर आउने तथा ट्युबमार्फत नदी तरेर आउने नेपालीलाई नियन्त्रणमा लिएर स्थानीय तहको क्वारेन्टाइनमा पठाइएको छ ।
लकडाउनले सीमा नाका बन्द भएपछि दार्चुलासँग सीमा जोडिएका भारतका विभिन्न ठाउँबाट नेपाली स्वदेश फर्कने क्रम जारी छ । सीमानाका बन्द हुँदा सशस्त्र प्रहरीको आँखा छलेर रातिको समयमा स्वदेश फर्कने क्रम जारी रहेपछि पछिल्लो समय निगरानी बढाएको हो ।
भारतमा लकडाउन खुुकुलो भएसँगै दिल्ली र पिथौरागढबाट धमाधम नेपाली सीमा पुगेर महाकाली तर्न थालेका छन् । भारतले नै नेपाली सीमासम्म गाडीमार्फत पु¥याउने गरेको मजदुरहरु बताउँछन् । महाकाली नदीमा ट्युब र पौडी खेलेर नेपाल फर्कने लेकम र लाली क्षेत्रबाट मङ्गलरबार ११ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म दार्चुलाले जनाएको छ ।
लेकममा नदी तरेर आएका सात जनालाई कृष्ण स्नातक क्याम्पस लालीको क्वारेन्टाइनमा राखिएको छ । बैतडी पुच्र्यौडीका स्थानीय भारतको पिथौरागढबाट आएका हुन् भने लेकमका स्थानीय दिल्ली हरियानी क्षेत्रबाट फर्किएका हुन् । यसैगरी मालिकार्जुन गाउँपालिकाको उकु क्षेत्रमा महाकालीमा पौडी खेलेर आएका चार जनालाई पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राख्न लगाएको छ ।
चैत ११ गतेदेखि लकडाउन शुरु भएसँगै भारतसँग सीमा जोडिएका क्षेत्रमा २४सै घण्टा सशस्त्र प्रहरी खटाएको छ । वैशाख १८ गते भारतीय क्वारेन्टाइनमा बसेका नेपाली स्वदेश फर्काए पनि अवैधरूपमा स्वदेश फर्कने क्रम नरोकिएको सशस्त्र प्रहरी नायब उपरीक्षक डम्मरबहादुर विष्टले बताए । सीमामा सशस्त्र खटिएसँगै दुईवटा ट्युब पनि नियन्त्रणमा लिएको छ । अहिले लेकमको लालीबाट व्याससम्मका १० ठाउँमा सशस्त्र प्रहरीले सीमामा निगरानी बढाएको छ ।
ट्युबमार्फत नेपाल आउने व्यक्तिले रु एक हजार ६०० देखि दुई हजार ५०० सम्म तिर्ने गरेका छन् । भारतले लकडाउन खुकुलो गरेर गाडी चल्न दिएपछि दैनिक सयौँ व्यक्ति दार्चुलाका सीमापारि आउन थालेका छन् । अर्काको देशमा रोग र भोक दुवैको समस्या भएपछि जोखिम मोलेर स्वदेश फर्किएको मालिकार्जुनका खिमसिंह धामीले बताए। अझै नदी तर्न नसकेर पारिपट्टि थुप्रै मान्छे रोकिएको उनले बताए ।
अझै पनि सीमावर्ती क्षेत्रमा थुप्रै नेपाली स्वदेश फर्कने तयारीमा छन् । दार्चुलाको लाली, जौलजीवि, धार्चुला आसपासका क्षेत्रमा पनि स्वदेश फर्कनका लागि नेपाली सीमामा पुगेको र उनीहरुको रातिको समयमा स्वदेश फर्किने तयारी गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार महिनामा एक हजार तीन सय किलो गाँजा बरामद
कात्तिक २०, २०८१ मंगलबार
सशस्त्र प्रहरी बलको मौजुदा कानुन परिवर्तन भएपछि संगठन चलायमान हुन्छः गृहमन्त्री
कात्तिक १३, २०८१ मंगलबार
यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवान हिरासतको शौचालयमा मृत भेटिए
कात्तिक १२, २०८१ सोमबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
कात्तिक १९, २०८१ सोमबार
अमेरिकी राष्ट्रपतिको तलब कति हुन्छ ?
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
पाकिस्तानमा आठ महिनादेखि तलब नपाएका शिक्षकहरू आन्दोलनमा
कात्तिक २०, २०८१ मंगलबार
आयुर्वेद चिकित्सालयमा बर्सेनी बिरामीको संख्या वृद्धि
कात्तिक २०, २०८१ मंगलबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
रौतहटसहित तराईमा छठ पर्व सुरु, आज पहिलो दिन नहाय खाय विधि गरिँदै
कात्तिक २०, २०८१ मंगलबार
धोबिखोला करिडोरमा फुलेका फूल
कात्तिक २०, २०८१ मंगलबार
पञ्चेश्वर परियोजनाको ‘डीपीआर’ शीघ्र पूरा गर्न आग्रह
कात्तिक २०, २०८१ मंगलबार