नेप्सेको ओरालो यात्रा कायमै
नेपालबहस संवाददाता
बैशाख ३१, २०७७ बुधबार १९:४६:२१
३१ बैशाख, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्कटक एक्सचेन्जका अनुसार नेप्से २४.५८ अङ्कले घटेर एक हजार २०१.५७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि ५.३५ अङ्कले घटेर २६०.३२ मा पुगेको छ ।
परिसूचक दुई प्रतिशतले ओरालो लागेपछि नेप्सेले आजका लागि कारोबार बन्द गरेको हो । आज कूल ७४ कम्पनीका १० हजार ५२६ कित्ता शेयर रु ३६ लाख १३ हजार ५२३ मा खरिदबिक्री भयो । कारोबार भएका कूल ११ उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ २५.६५, व्यापार १२.६७, होटल ३.३८, विकास बैंक ७.९२, जलविद्युत् १८.०३, फाइनान्स ३.६३, निर्जीवन बीमा ५७.१७, उत्पादन ३४.२२, अन्य १८.७६, माइक्रोफाइनान्स २३.९६ र जीवन बीमा उपसमूहको शेयर १२९.९७ अङ्कले घटेको छ ।
कारोवर रकमका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी शीर्षस्थानमा रह्यो । सो कम्पनीको शेयर रु आठ लाख ६२ हजार ९५० मा खरिदबिक्री भयो । यस्तै नेपाल बैंकको रु तीन लाख ९८ हजार १९०, नबिल बैंक रु दुई लाख ८७ हजार १७०, नागरिक लगानी कोषको रु दुई लाख २९ हजार ८४०, प्रभु बैंकको रु दुई १५ हजार २० र छिमेकी लघुवित्त विकास बैंकको शेयर रु ९० हजार ४५० मा खरिदबिक्री भयो ।
आज सबैभन्दा बढी लक्ष्मी विकास बैंक र तारागाउँ रिजेन्सी होटल लिमिटेडका लगानीकर्ताले समान ३ र ३ प्रतिशतले गुमाए । यस्तै नागरिक लगानी कोष, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक र नाडेप लघुवित्त वित्तीय संस्थाको समान २.९९ र २.९९ र हिमालनय डिष्ट्रिलरी र नेपाल दूरसञ्चार कम्पनीका लगानीकर्ताले समान २.९७ प्रतिशतका दरले गुमाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार